सूत्रसाहित्य भाषा विस्तारको आधार हो । संस्कृत र अङ्गे्रजी भाषामा सूत्रसाहित्य छन् । संस्कृतको सूत्रसाहित्य भाषिक प्रयोगमा अधिक प्रचलनमा छ । यही सूत्रसाहित्यलाई उपयोग गरी संस्कृतमा विश्वका अन्य भाषाका तुलनामा सबैभन्दा बढी अर्थात् एक खर्ब दुई अर्ब अठहत्तर करोड पचास लाख शब्दहरू बन्छन् । संस्कृतको मौलिकता भनेकै पर्यायवाची शब्दको प्रचुरता हो । यस भाषामा हात्ती शब्दकै सयभन्दा बढी पर्यायवाची शब्द छन् । गणित र विज्ञानका क्षेत्रमा संस्कृतको सूत्रसाहित्य ग्रन्थमा सीमित छ । यस प्रयोगमा आएका सूत्रलाई पश्चिमाले आफ्नो बनाइसकेका छन् ।
अङ्ग्रेजीको सूत्रसाहित्य गणित र विज्ञानका विषयक्षेत्रमा लोकप्रिय छन् । यसमा भाषिक सूत्रसाहित्य अस्तित्वमा आइसकेको छैन । त्यसैले पश्चिमाहरूले विश्वव्यापी रूपमा भाषिक क्षेत्रमा चासो, सक्रियता र लगानी बढाएका छन् । सूत्रसाहित्यको अभावमा शब्दभण्डार बढाउन आगन्तुक शब्दको सङ्ग्रहका रूपमा कोश निर्माण गरिरहेका छन् । यस व्रmममा नेपालमा पनि विदेशी अभ्यास र ढाँचा प्रशस्त भित्रिएका छन् । यसको पहिलो प्रभाव नेपाली भाषामा पर्नु स्वाभाविक नै हो । नेपाली संस्कृतका खर्बौँ तत्सम शब्दबाट टाढिएको छ । फलतः आफ्नै सूत्रसाहित्य नभएको नेपाली भाषाको मौलिक यथार्थलाई मनन नगरी भाषाका लागि विदेशीको ढाँचा अनुकरण गर्दा हामी कहाँ पुग्छौँ भन्ने अनुत्तरित प्रश्न छ । दक्षिणी छिमेकी भारतमा उर्दु र अङ्ग्रेजीको चेपुवामा परी हिन्दी भाषा अपेक्षित विकास र विस्तारबाट टाढियो । उत्तरतर्फको छिमेकीले चिनियाँ भाषालाई अङ्ग्रेजी र मातृभाषाको अनावश्यक प्रभावबाट टाढै राख्यो । नेपाली भाषा पनि हिन्दी र अङ्ग्रेजीको चेपुवामा पर्ने निश्चित छ ।
खोलावारि न पारिको अवस्था
दुनियाभरका ९७ प्रतिशत भाषामा संस्कृतका तत्सम शब्द रहेको तथ्य संयुक्त राष्ट्रसङ्घले प्रस्तुत गरेको छ । नासाका वैज्ञानिकअनुसार अन्तरिक्ष यात्रीलाई संस्कृतमा पठाएको सन्देश जस्ताको तस्तै पुग्छ जुन हालसम्म अन्य भाषामा हुन सकेको छैन । संस्कृतको सूत्रसाहित्य यसको मूल कारण हो । भौतिक विज्ञानले अङ्ग्रेजीका विज्ञान र गणितका विषयक्षेत्रमा प्रचलित सूत्रसाहित्य उपयोग ग¥यो । उ अन्तरिक्षमा सयर गर्न सफल भयो तर अङ्ग्रेजीसँग भाषाको सूत्रसाहित्य थिएन । त्यसैले भौतिक विज्ञानका उपलब्धिहरूको पूर्णता लागि संस्कृत भाषा निर्विकल्प बन्न पुगेको देखिन्छ ।
अन्य भाषाको तुलनामा संस्कृतमा थोरै शब्दमा वाक्य बन्छन् । यसमा बीजाक्षरी परम्परा रहेको छ । नासाले यसलाई पृथ्वीमा बोलिने स्पष्ट भाषा भन्छ । कम्प्युटरबाट गणितीय समस्या समाधान गर्ने विधि ब्नियचष्तजmक पनि संस्कृतकै देन हो । आधुनिक भौतिक विज्ञानमा चमत्कार गर्न सफल पश्चिमा वैज्ञानिकहरूले अङ्ग्रेजी लगायतका कुनै पनि भाषामा यो उपलब्धि हासिल गर्न असफल रहिआएका छन् ।
बोलीचालीलाई मानक भाषा बनाउन लिपि, व्याकरण र कोश चाहिन्छ । सिर्जनामा उपागम थप्दा होस् वा नयाँ मोड दिँदा, भाषामा नयाँ मान्यता आवश्यक हुन्छ । संस्कृतलाई व्यवस्थित गरी नयाँ मोड दिँदा पाणिनीले तत्समीकरणमा आधारित व्याकरण तयार पारे । त्यसपछि संस्कृतका कोश स्थिर बनी आफ्नो वाङ्मयलाई संरक्षण गर्न सफल रहे । पाणिनीले त्यसबेला वैज्ञानिक सोच राखेका थिए । फलतः १९८७ जुलाइमा निस्केको फोब्स पत्रिकाले संस्कृत भाषालाई कम्प्युटर सफ्टवेयरका लागि सबैभन्दा उपयुक्त भाषा भनी लेख प्रकाशन ग¥यो । त्यसैका आधारमा नासाले छैटौँ र सातौँ जेनेरेसनका कम्प्युटरमा संस्कृतलाई समावेश गर्ने तथ्य सार्वजनिक ग¥यो । यस्तो कम्प्युटर सन् २०३४ सम्ममा बजारमा आउने अनुमान छ ।
संस्कृतले आफ्नो विस्तारका लागि अन्य भाषा जन्मायो । ग्रिक, हिन्दी, मैथिली, नेपाली लगायतका भाषाको विकासमा संस्कृत भाषा आधारभूमि बन्यो । पञ्चायतपछि नेपालमा विशेष प्राथमिकता पाएको नेपाली भाषा संस्कृतको सीमाभित्र रहेन । लक्काजवान नेपाली अंशसहित संस्कृतभन्दा भिन्नै बस्न खोज्यो । अङ्ग्रेजीरूपी रूपवतीप्रतिको आकर्षणले सम्मोहित बन्न पुग्यो तर यथार्थ बुझेन । संस्कृतलाई लगाइने गरेको कपोलकल्पित मृतभाषाको भ्रममा फस्यो । लन्डन र आयरल्यान्डमा अनिवार्य विषय बनेको तथ्यसँग अनभिज्ञ रह्यो वा बुझेर पनि नबुझेझैँ ग¥यो । परिणामतः नेपालीले अर्को सही व्याकरण पाएन । हिज्जे, व्याकरण र शब्द मानकीकरणको विवादमा रुमलिन पुग्यो । अहिले नेपाली भाषा न खोलावारि छ, न खोलापारि पुग्न सकेको छ । अङ्ग्रेजीको भेलले कति बेला बगाउने हो, थाहा छैन । संस्कृतलाई उसकै सूत्रसाहित्यका कारण आधुनिक सूचनाप्रविधिले पनि उपयोग गर्न बाध्य छ तर नेपालीको भविष्यका बारेमा यसै भन्न सकिने अवस्था छैन ।
भाषिक विकासमा गतिशून्यता
अङ्ग्रेजी आगन्तुकसहितको तद्भवीकरणतर्फ ढल्केको छ । यसका शब्दकोश परिवर्तनशील छन् । अतः पश्चिमाहरूलाई पाणिनीको जस्तै सोचको खाँचो छ । यस अवधारणाका सूत्रधार चम्स्की हुन् । चम्स्की पाणिनी व्याकरण असल प्रशंसक पनि हुन् । बिडम्बना के छ भने संस्कृतको बाटामा लम्किएको अङ्ग्रेजीको पदचापमा नेपाली भाषा पनि छ तर नेपालीसँग अङ्ग्रेजीलाई पछ्याउने शक्ति र शैली छैन । नेपालीका विज्ञहरूलाई यसप्रतिको चिन्ता र चासो पनि छैन ।
नेपाली मौलिकता संस्कृतसँग सम्बन्धित छ अर्थात् मौलिकताका क्षेत्रको मुहान संस्कृत नै हो । संस्कृतले वर्ण र शब्दलाई मन्त्र तथा तन्त्रसँग तादात्म्य गरेको छ । अमेरिकामा रहेको अन्तर्राष्ट्रिय वैदिक हिन्दु विश्वविद्यालयले संस्कृतका वर्ण तथा शब्दको उच्चारण अभ्यासले जिब्राको सबै मांसपेशीको उपयोग भई रक्तसञ्चार सुचारु हुने तथ्य उजागर गरेको छ । यसर्थ स्पिच थेरापीका लागि संस्कृतलाई उपयोगी मानिन्छ । यसर्थ संस्कृतले भाषा मात्र नभएर बहुउपयोगी माध्यम पनि हो ।
नेपाली भाषाले उल्लिखित वैज्ञानिक आधारलाई चटक्कै बिर्सिएको छ । संस्कृत र नेपालका अन्य भाषाबाट आउने शब्दरूको प्रभाव र उपयोगमा ध्यान नै नदिई ह्रस्वदीर्घमा मात्र खेल्ने प्रवृत्तिले नेपालीको भाषिक विकासमा गतिशून्यता आएको छ । हिज्जे नियमको फन्फन्ती घुमाइलाई जीवन्त भाषाको सूचक मानिएको छ तर विश्व्यापी रूपमा अङ्ग्रेजीको दबदबा छ । त्यसैले अधिकांश नेपाली अङ्ग्रेजीको मोहमा डुबेका छन् । सहरी क्षेत्रको बोलीचाली नेपाङ्ग्रेजीमय भइरहेको छ । यसर्थ नेपालीे शब्दकोशमा अङ्ग्रेजीबाहेकका शब्द शोभाका लागि मात्र रहने खतरा बढ्दो छ । नेपालीभाषी बाहेकका मातृभाषीले पनि नेपाली भाषाका पक्षमा बोल्न छाडिसकेका छन् । करिब १२३ भाषा रहेको नेपालमा माध्यम भाषा बनेको नेपाली अङ्ग्रेजी सहयात्री बनेको छ तर मातृभाषाको सहधर्मी बन्न सकेको छैन ।
अवस्था, नीति र सिकाइको घनचक्कर
नेपालमा बहुभाषिक समाजको बाहुल्यता छ । समाजमा भाषिकाको प्रयोग पनि उल्लेख्य छ । कतिपय मातृभाषी सिकारुले समाजमा नेपाली र स्कुलमा अङ्ग्रेजी बोल्नैपर्ने बाध्यता छ । प्रारम्भिक तहबाट नै नेपालीको दोस्रो वा तेस्रो भाषा अङ्ग्रेजीले नेपाली र मातृभाषाभन्दा बढी प्राथमिकता पाएको छ । मातृभाषामा शिक्षा नपाए सिकारुले सिकाइमा बढी शक्ति खर्चनुपर्ने तथ्यलाई भुलिएको छ । भाषिका र मातृभाषाबाट माध्यम भाषासम्मको स्थानान्तरण र रूपान्तरणको नीति बनेको छैन ।
संवैधानिक भाषा आयोग बनेको छ तर यसले निष्कर्ष निकालिसकेको छैन । यस्तो तरल अवस्थामा पहिलो भाषाका रूपमा अङ्ग्रेजीलाई उपयोग गर्ने प्रवृत्ति बढ्दो छ । त्यसै पनि मातृभाषासँग सघन समन्वय गर्न नसकेको नेपाली अङ्ग्रेजीको पेलाइमा परेको छ । मातृभाषा ठुलाको सेपले कक्रिएको छ । मातृभाषी अभिभावकले सिकारुलाई नेपाली र अङ्ग्रेजी दुवैमा उचित पृष्णपोषण दिन सकिरहेका छैनन् । अतः विद्यालय शिक्षा ट्युसन र अधिक सामग्रीको मारबाट शिथिल छ ।
अनुकरणको दीर्घकालीन प्रभाव
औपचारिक शिक्षामा पाठकसङ्ख्या धेरै हुन्छ । यसमा सबैखाले भाषिक अभियन्ताको आँखा लाग्ने गर्छ । यसर्थ अङ्ग्रेजी तथा मातृभाषाको उपयोगमा सरोकारवाला र अभियन्ताबीच विरोधाभाष पनि देखिन्छ । विज्ञले टुङ्ग्याउने भाषाका हिज्जेका नियम तल्ला कक्षामा पुगेका छन् । कलिला सिकारु अङ्ग्रेजीका वर्णगत ध्वनिका विभेदमा अभ्यास गरिरहेका छन् । नेपाली तथा अन्य भाषाका आफैँले मानकीकरण गरेका शब्द उल्लेख्य रूपमा छैनन् । यसर्थ नेपालीले बाह्रखरी र कोश प्रयोगलाई आधार बनाउन बाध्य छ ।
वर्तमानमा अङ्ग्रेजी भाषामा यथेष्ट शब्दभण्डार रहेकाले यसले प्रचलित शब्द र बारम्बार दोहोरिने शब्दलाई आधार बनाएको छ । हालका दिनमा अङ्ग्रेजीका ती मान्यता तथा अभ्यास नेपाली भाषासम्म पनि आइपुगेको छ । ती पनि कक्षाकोठामा पुगेका छन् । नेपालीमा ध्वनि तथा अक्षर संरचनाविनाको शब्दकोश छ । तर अङ्ग्रेजीमा यस्तो समस्या छैन । यसले नेपालीको कोशसँग विद्यार्थी विमुख हुन थालेका छन् । अतः अनुकरण गर्दा आफ्नो यथार्थ स्थिति, आफ्नो क्षमता, सिकारुको मनोविज्ञान र दीर्घकालीन प्रभावबारे हेक्का राख्न आवश्यक छ । अङ्ग्रेजीमा राम्रो होला तर हामी त्यो स्तरमा छौँ कि छैनौँ भनी आत्मसमीक्षा गर्ने बेला भएको छ ।
मौलिकपनाको उपेक्षा
मात्रा र अर्धाक्षरीविनाको अङ्गे्रजी भाषामा एउटै समूहमा स्वर र व्यञ्जन छन् । मात्रा र अर्धाक्षरीसहितको नेपालीमा स्वर र व्यञ्जनको भिन्नै समूह छ । नेपालीका शब्दमा वर्णको संयोजन मात्र नभई एकीकरण हुन्छ । यसर्थ नेपालीमा विद्या लेखिन्छ तर अङ्ग्रेजी मान्यतामा व्÷व्इद्य्आ लेख्नुपर्छ । विगतमा ह्रस्वदीर्घको फेरबदलका व्रmममा यसलाई पनि घुसाइयो । यो अनावश्यक विवाद मात्र थियो ।
हाल नेपाली भाषामा द्ध, द्य र द्द लगायतका संयुक्तवर्णलाई सङ्केतीकरण र विसङ्केतीकरण गर्ने अभ्यासलाई जोड दिईँदैन । अतः द्ध ध्दसँग, द्य धसँग तथा द्द दसँग समरूप भई बुद्धको बुध्द, विद्यालयको विधालय एवम् उद्देश्यका उदेश्य उच्चारण हुने गरेका छन् । क्यार्नि त नि अनि ? (के गर्ने त नि अनि ?), गाई मा¥यो खायो (गाई म¥यो, खाएँ) जस्ता कथ्यप्रयोगलाई मानक भाषामुखी अभ्यास गरिएको छैन । नेपालीबाहेकका अन्य भाषा उल्था प्रणालीबाट ग्रसित छन् । त्भलक जबक तबपभल जष्क ाबतजभच, जभ ष्क मयष्लन खभचद (कालले उसको बुबालाई लग्यो, उ क्रिया गरिरहेको छ ।) जस्ता समस्याबाट सिकारु पीडित छन् । यस्तो अवस्थामा पश्चिमाहरूको ढाँचालाई नै वैज्ञानिक र व्यावहारिक मानी मौलिकपनाको उपेक्षा गर्नु आत्मघाती कदम पनि हुन सक्छ । हामीले आफ्नो मौलिकपनामा टेक्नुको हामीसँग विकल्प छैन ।
अन्तमा,
भाषामा ध्वनि पहिचान र उच्चारण पहिलो सर्त हो । यसलाई लिखित साक्षर र निरक्षर दुवैले उपयोग गर्छन् । त्यसपछि लिखित साक्षर बनाउँदा वर्ण तथा शब्दको सङ्केतीकरण र विसङ्केतीकरण हुनु सान्दर्भिक हुन्छ । पाणिनीले यही तथ्यलाई मनन गरी अइउण्, ऋलृक् जस्ता सूत्रका माध्यमबाट वर्ण, प्रत्याहार, उच्चारण स्थान र प्रयत्नको व्यवस्था गरेका थिए । उच्चारणमा हुने ह्रस्वदीर्घको भेद बताएका थिए । संयुक्त÷दीर्घ स्वर (आ, ई, ऊ, ए, ओ, ऐ, औ), हलन्त वर्ण, संयुक्त व्यञ्जन तथा मात्राको प्रयोगलाई ध्यान दिई सन्धि नियम बनाएका थिए ।
नेपालीको ठुलो वर्णमालासम्म आइपुग्दा संयुक्त वर्ण र मात्राको उपयोगलाई ध्यान दिएको देखिन्छ । त्यसपछि यो पक्ष छायामा परेको छ । अङ्ग्रेजीमा भने हलन्त वर्ण र मात्राको प्रयोग गरिएको छैन । तर नेपालीमा अङ्ग्रेजीका मान्यतालाई आधुनिकता र विकास मान्ने सशक्त मत छ । यसर्थ अङ्ग्रेजीको ढाँचा अनुकरणले तीव्रता पाएको छ । यहाँ चिन्ता मान्यता परिवर्तनभन्दा नियमको सम्मिश्रणबाट हुने परिस्थितिको हो । यसै पनि थोरै शब्दमा सीमित नेपाली घोगा नलाग्ने मकैको कल्कलाउँदो बोट नबनोस् भन्ने नै हो ।
तल्ला कक्षामा नेपाली भाषामा पनि अङ्ग्रेजीकै जसरी एकल विधागत अभ्यास पनि थालिएको छ । एउटै विधामा मात्र अभ्यास गराउँदा समग्रतामा भाषा साहित्यबाट विमुख हुन सक्छ । वाङ्मयविनाको भाषा टिक्नै सक्दैन । वाङ्मय, शब्दभण्डार र मौलिकतामा कमजोर नेपाली भाषालाई प्रतिस्थापन गर्न सहज हुन्छ । यसर्थ नेपाली भाषाका लागि सोचौँ, आफ्नो मतको घमण्ड त्यागौँ । नेपाली भाषाका लागि सही नीति लिऔँ । गुमेपछिको सोच काम लाग्ने छैन । सबैलाई चेतना भया ।
प्रतिक्रिया