Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

१२ कक्षाको रिजल्ट साउनमा परिषद्को (बार्षिक क्यालेन्डरसहित)

मंगलबार, २२ असार २०७२

भक्तपुर, २२ असार/  उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्प प्रभावित सात जिल्लामा १२ कक्षाको परीक्षा भइरहेको छ । मंगलबार शैक्षिक कार्यतालिका सार्वजनिक गरी साउन मसान्तभित्र १२ कक्षाको नतिजा प्रकाशति गर्ने जनाएको छ । यो सूचना अनुसार ३७ दिन भित्र नतिजा सार्वजनिक गरिसक्नु पर्ने हुन्छ । गत वर्ष बैशाखमै परीक्षा सकाउदा त असोज अन्तिममा नतिजा प्रकाशित गरेको थियो । यस वर्ष साउन अन्तिम सातामा कसरी सम्भव होला ? 

‘१२ कक्षाको साइन्सको नतिजा जसरी भएपनि साउनमै गर्छौ,’उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायण कोइरालाले भन्छन,‘सम्बन्धित महाशाखालाई आवश्यक जनशक्ति र स्रोत साधन के चाहिन्छ ? दिन्छौ भनेका छौ । नतिजा चाहि साउन भित्रै गर्न निर्देशन दिएका छौ । क्यालेन्डर अनुसार काम गर्छौ ।’ 

विज्ञान संकायको नतिजा चाडै प्रकाशित गरेपनि अरु संकायको पनि साउन भित्रै प्रकाशित गर्ने उनले बताए । यस वर्ष भूकम्पले गर्दा परीक्षा ढिलो सुरु भएको थियो । अझ भूकम्प प्रभावित सात जिल्लामा असार १४ देखि कक्षा १२ को परीक्षा सुरु भएको हो । गत वर्ष विज्ञान बिषयको नतिजा असोजमा पनि सार्वजनिक नभएपछि अभिभावक संघले परिषद्का पदाधिकारीलाई घास उपहार दिएका थिए । 

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा भने कातिक मसान्त भित्रै गर्ने बार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । 

यस वर्ष कक्षा ११ को कक्षा सुरु साउन १५ देखि सुरु गर्ने भएको छ । त्यस्तै १२ कक्षाको साउन २ देखि गर्ने भएको छ । 

त्यस्तै विद्यार्थीले रजिष्टेशन फारम भदौ मसान्तभित्र भर्नु पर्ने हुन्छ । 

परीक्षा आवेदन फारम माघ १ देखि मसान्तसम्मको अवधि तोकिएको छ । अहिले भर्ना भएका कक्षा ११ का विद्यँर्थीको परीक्षा ०७३ वैशाख अन्तिम साता र १२ कक्षाको परीक्षा वैशाख पहिलो साता लिने भएको छ । 

प्रतिक्रिया