Edukhabar
विहीबार, २७ मंसिर २०८१
विचार / विमर्श

नेतृत्वविहीन नेपालको संस्कृत शिक्षा

मंगलबार, ०६ चैत्र २०७४

धेरै पहिले दार्शनिक कार्ल पोपरले भौतिक विज्ञानका वैज्ञानिकहरूको भेला गरे । भेला सुरु हुने बित्तिकै ‘एक घण्टामा आउँछु, केही सोचौँ है’ भन्दै पोपर भने बाहिरिए । केही समय पछि फर्केर सबैलाई के सोच्नुभयो भनी सोधे । तर्क भन्दा प्रमाणमा रमाइरहेका वैज्ञानिकहरू अल्मलिए । त्यस पछि पोपरले उनीहरूलाई तार्किक ज्ञान र भौतिक विज्ञानको सम्बन्ध बताए । तार्किक ज्ञान र भौतिक विज्ञानलाई हेर्ने विभेदपूर्ण दृष्टिकोणको व्याख्या समेत गरे । यस घटनाले पश्चिमी शैक्षिक प्रणालीमा तर्क शक्तिको आश्यकता मुखरित भयो । अचेल पश्चिमा शिक्षामा तार्किक ज्ञान र भौतिक विज्ञानलाई एकीकृत रूपमा लगिन्छ । भौतिक विज्ञानको प्रभावले गर्दा पाश्चात्य शिक्षामा तार्किक ज्ञानलाई व्यवहार परिवर्तन र अनुसन्धान केन्द्रित बनाइएको हो । पौरस्त्य शिक्षा भने ग्रन्थ केन्द्रित भइदिनाले ओलाचनाको केन्द्र विन्दुमा रहने गरेको छ ।

सत्य र तथ्य माथिको आस्थालाई परिपुष्ट पार्ने प्रवृत्ति ऋतम्भरा प्रज्ञा हो । ऋतम्भरा प्रज्ञाबाट तर्क जन्मिन्छ । यो ज्ञानको स्रोत हो । भौतिक विज्ञानसँग यसको सम्बन्ध विशिष्ट किसिमको हुन्छ । भौतिक विज्ञान र वैज्ञानिकहरू ठोस वस्तु वा त्यस सम्बन्धी समस्यालाई पर्खिरहेका हुन्छन् । यिनीहरूले तार्किक प्रमाणलाई विश्वास गर्दैनन् । विज्ञानले शङ्का गर्न सिकाउँछ भने ज्ञानले तर्कमा विश्वास गर्न सिकाउँछ । यी दुवै चिन्तनमा मनको अहम् भूमिका रहन्छ । पौरस्त्य दर्शनानुसार मन भनेको संस्कार हो । पाश्चात्य दर्शनानुसार मन भनेको विचारको सङ्ग्रह हो । संस्कार र विचार समाजबाट नै बन्छन् । यसकारण समाजले ज्ञान र विज्ञानको संयोजन गर्न सक्छ । वर्तमानमा हाम्रो समाज पश्चिमा संस्कृतिमुखी भइदिएकाले पौरस्त्य चिन्तन ओझेलमा पर्नु स्वाभाविक नै हो ।  

पौरस्त्य महर्षिहरू वेदलाई ज्ञान र विज्ञानको आदिम स्रोत मान्छन् । वेदमा साधना, सिद्धि र परमार्थका विविध क्षेत्र तथा विधि पाइन्छन् । वेदमा भौतिक विज्ञान पनि छ । अतः वेदलाई बुझ्न भौतिक विज्ञान पनि पढ्न आवश्यक छ । भौतिक विज्ञानले वेदलाई छोड्यो भने क्वान्टम फिजिक्सको सिकाइले पूर्णता पाउन सक्दैन । वेदले विज्ञान छोड्यो भने कर्मकाण्डमा आएर प्रयोग हुने गोत्र परम्परा तोडिन पुग्छ । यहाँ परम्परा तोडिएका भन्दा पर्ने प्रभावका बारेमा मन्थन हुन जरुरी छ ।

सगोत्रीय विवाहले अपवाद बाहेक वंशाणुगत तथा रङ नचिन्ने रोग लाग्न सक्छ । यस्तो जोडीको बच्चामा विचारधारा, रुचि र व्यवहारमा नयाँपन आउँदैन । फलतः बच्चामा रचनात्मकता कम हुन्छ । यस्तो प्रभाव एकै पुस्तामा नदेखिन पनि सक्ने भएकाले यस प्रति कम चासो आएको हुन सक्छ । दुई रङको मिश्रणबाट नयाँ रङ बन्ने र नबन्ने अवस्थालाई विज्ञानले पनि स्वीकारेको छ । वृद्धि र विकासको दृष्टिकोणबाट गोत्र परम्पराको मूल मर्मलाई डार्बिन लगायतका आधुनिक वैज्ञानिकहरूले स्वीकारेकै छन् । नेपाली समाजमा भने यसमा विश्वास कम गर्ने प्रवृत्ति मौलाएको पाइन्छ जसलाई आधुनिक शिक्षाले समेटेको पनि छैन ।

जसरी विपरीत दिशामा गइरहेको डुङ्गामा बस्ने व्यक्तिले रुख, पहाड आदि स्थिर वस्तुहरू दौडिरहेको देख्छ, त्यसै गरी अचल नक्षत्रहरूलाई हामीले पश्चिम तर्पm दौडिरहेका देख्छौँ भनी आर्यभट (वि.सं ५३३) ले सूर्यकेन्द्री सिद्धान्तमा बताए । तर आर्यभट भन्दा धेरै समय पछि आधुनिक खगोलविद् कोपर्निकसले सूर्यकेन्द्री सिद्धान्तको पुनव्र्याख्या गरे । ग्यालिलियोले दूरदर्शक यन्त्र निर्माण गरी ग्रहहरूको अक्ष परिक्रमणका बारेमा खोज सुरु गरे । उनले डाइलग्स कन्सनिङ्गदि टु प्रिन्सिपल सिस्टम अफदि वल्र्ड नामक पुस्तक मार्फत यसलाई पुष्टि गरे । यसै क्रममा केप्लरले ग्रहहरूको दीर्घ वृत्ताकार अक्ष हुन्छ भनी पुष्टि गरे ।

न्युटनले गुरुत्वाकर्षण सम्बन्धी विश्वप्रसिद्ध सिद्धान्त प्रतिपादन गरे, जसलाई वैज्ञानिक आविष्कारको चरमोत्कर्षता भन्ने गरिन्छ । दूरदर्शक यन्त्र निर्माणमा जर्मन नागरिक तथा बेलायतका राज ज्योतिषी हर्षेलको नाम छायामा परेको छ । यसर्थ वैज्ञानिक आविष्कारमा पौरस्त्य वाङ्मयको योगदान नै छैन भन्ने भ्रमले स्थायी मान्यता पाइआएको छ ।

वेदादिग्रन्थहरूमा पुष्पक विमानको प्रसङ्ग उल्लेख छ भने ज्योतिष शास्त्रमा गोलयन्त्र, फलक यन्त्र र नाडीबलय यन्त्रको वर्णन पाइन्छ । ज्योतिष शास्त्रमा वर्णित नाडीवलय यन्त्र र ग्यालिलियोको नाडीको गति नाप्ने यन्त्रका बीचमा समानता पाइन्छन् । त्यही तर्कलाई हरिहर अधिकारीले युवा मञ्चमा त्यही यन्त्रको आधारमा पछि ग्यालिलियोका छोराले भित्ते घडीको नमुना तयार गरे भनी लेख्नु भएको पनि छ । अतः वेद र विज्ञानलाई असम्बन्धित पक्ष भनी तर्क पेस गर्नु जायज मान्न सकिँदैन ।

सन् १९८४ डिसेम्बर ३ मा भारतको भोपालमा ग्याँस काण्ड भयो । Methyl Isocyanate (MIC) नामक उक्त विषालु ग्यासको चुहावटले करिब २५ सय मानिस तथा सात हजार जनावरले ज्यान गुमाए । करिब तीन लाख मानिसलाई यसले प्रत्यक्ष असर ग¥यो । उद्धारका क्रममा पीडित क्षेत्र मध्येकै एक घर भित्र भइरहेको गतिविधिले भने सबैलाई झस्कायो । त्यस घरबाट निरन्तर धुवाँ निस्किरहेको थियो । त्यहाँ मानिस जीवित थिए किन भने त्यस घरमा निरन्तर अग्निहोत्र यज्ञ भइरहेको रहेछ । यज्ञले वायु प्रदूषणको विषाक्त रसायनलाई पनि शुद्धीकरण गरी उनीहरूलाई बचाएको रहेछ । त्यस पछि अमेरिकाको यस विषयमा ठुलै चासो रहेको पाइन्छ । यजुर्वेदको चतुर्थ अध्यायमा यस्तो यज्ञको प्रसङ्ग रहेको छ ।

नेपाल संस्कृत शिक्षाको आदिम थलो मानिन्छ । यसले वेद र भौतिक विज्ञानलाई बुझ्न र उपयोग गर्न संस्कृत विद्यालयको व्यवस्थापन र सञ्चालन गरिआएको हो । वेद र आध्यात्मिक विज्ञानलाई उपयोग गर्न गुरुकुलीन शिक्षा प्रणालीलाई पनि निरन्तरता दिएको छ । विगतमा संस्कृत विद्यालयको उपलब्धि प्रभावकारी र लक्ष्योन्मुख बन्न नसकेकाले आलोचनाको केन्द्र पनि बन्न पुग्यो । त्यसैले स्वाध्याय परम्पराका मूर्धन्य व्यक्ति शिवराज कौडिन्यायन, गुरुकुलीन परम्पराका डा. रामानन्द गिरी र प्रवचन परम्पराका खेमराज केशवशरण सफल बने । वेद र भौतिक विज्ञानलाई जोडेर संस्कृत विद्यालयलाई सुधार गरेर लैजाने मतका अभियन्ता जनार्दन घिमिरे पनि चर्चाका केन्द्र विन्दुमा रहे । घिमिरेले वेद र विज्ञानलाई जोडी नयाँ शैक्षिक क्रान्तिका लागि संस्कृत ग्रामको सोच अघि बढाए । यस अवधारणाले संस्कृत शिक्षा मात्र नभएर आधुनिक शिक्षा समेतको परिवर्तनको आवश्यकतालाई उजागर गरिदियो । संस्कृतका उल्लिखित धरोहरहरू यही वर्ष ढले । संस्कृत शिक्षालाई परेको यो खडेरीमा नेतृत्वको विकास कसरी होला ? भविष्यको गर्भमा नै छुपेको छ ।

वेद र भौतिक विज्ञानको मेलको अभियान छिन्नभिन्न भएको छ । यसर्थ देश विदेशमा रहेका संस्कृतानुरागीहरूले चुप लागेर बस्ने अवस्था नै छैन । लक्ष्य विहीन कार्यशालाहरू प्रशस्त भइरहेका छन् । यस्तो अवस्थामा सही लक्ष्य र रणनीति निर्धारण हुनु नै आजको आवश्यकता हो । संस्कृतका हरेक क्षेत्रमा सुयोग्य नेतृत्व स्थापना गरौँ ।

[email protected]

प्रतिक्रिया