Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

प्राविधिक विषय पढाउने उच्च मावि छनौट प्रकृया शुरु

विहीबार, २४ असार २०७२

भक्तपुर २४ असार / उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा ११ र १२ मा प्राविधिक विषयको पठन पाठन सञ्चालन गर्न इच्छुक उच्च माविलाई विषय थपको प्रकृया शुरु गरेको छ ।  कक्षा ९ र १० मा प्राविधिक विषय पढाएका उच्च माविको कक्षा सञ्चालन गरिरहेका विद्यालयहरुलाई आवेदन दिन १५ दिनको म्याद दिईएको छ । यसै बर्षबाट शुरु भएको प्राविधिक एसएलसी उत्तीर्ण विद्यार्थीको पठन पाठन कसले गर्ने भन्ने बारेमा लामो समय विवाद भएको थियो । 

के थियो त विवाद ? प्राविधिक शिक्षाका बारेमा मन्त्रालयले नैतिकता गुमायो : सिटिईभिटि

विवादमा प्राविधिक शिक्षा : टंकनाथ शर्मा समितिको सुझाव सहित

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सिटिईभिटी र परिषद् विचको विवाद अन्त्य गर्दै शिक्षा मन्त्रालयले परिषद्लेनै पढाउने निर्णय गरेको थियो । 

गत सोमबार शिक्षा मन्त्रालयले गरेको निर्णयका आधारमा परिषद्ले आवेदन माग गरेको हो । आवेदनका साथमा प्रस्तावित शिक्षकहरुको योग्यता एवं कम्तिमा ३ बर्ष अध्यापन गराउने प्रतिबद्धता पत्र पेश गर्नु पर्ने छ । यस्तै विद्यालयलाई कक्षा ९ र १० मा प्राविधिक विषय पढाउन दिएको स्विकृतिको प्रमाण, भौतिक पूर्वाधार, जनशक्ति, श्रोत ब्यवस्थापन, सम्बन्धनको प्रमाण लगायत आवश्यक विवरण पेश गर्नु पर्ने छ । हाल प्राविधिक विषयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको संख्या सहित कक्षा ११ र १२ मा सञ्चालन गर्न चाहेको विषयबारे ब्यवस्थापन समितिको निर्णय पेश गर्नु पर्ने परिषद्ले जनाएको छ । 

प्रतिक्रिया