Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि जापान सरकारको सहयोग

शुक्रबार, २५ असार २०७२

काठमाडौं २५ असार / विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि जापान सरकारले नेपाललाई २४ करोड ९९ लाख रुपैंया अनुदान दिएको छ । 

अर्थ मन्त्रालयमा भएको सहयोग सम्बन्धि सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि जापानी राजदूत मासासी ओगोवाले हस्ताक्षर गरे ।  

अनुदान सम्झैतामा भने अन्र्तराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख समेत रहेका अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र नेपाल स्थित जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग जाईकाका चुतोमु सिमीजुले हस्ताक्षर गरे । सम्झौता अनुसार शिक्षा मन्त्रालय र जाइकाले विद्यालय क्षेत्र सुधार कार्यक्रम विस्तार योजना कार्यान्वयन गर्ने छन् । उक्त अनुदान रकम साक्षरता तथा निशुल्क एवं अनिवार्य शिक्षाका लागि खर्च गरिने छ । 

जापानी राजदूतले भूकम्पबाट शिक्षा क्षेत्रमा भएको क्षतीलाई अनुदान रकमले सहयोग पुर्याउने आशा ब्यक्त गरे । 

प्रतिक्रिया