Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

प्रधानाध्यापकलाई अख्तियार

सोमबार, २८ असार २०७२

काठमाडौं २८ असार / इलामको महमाई गाविसमा रहेको विन्ती विनायक प्राविका प्रधानाध्यापक प्रेम वहादुर नेम्वाङ सुव्वाले आर्थिक अनियमितता गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा हालेको छ । 

विद्यालयमा जाने पाठ्यपुस्तक, छात्रबृत्ति, लगायतका अनुदान रकममा हिनामिना गरेको अख्तियारको दावी छ । आर्थिक बर्ष २०४६ ६५ देखि २०६७ ६८ सम्म विभिन्न मितिमा विद्यालयका लागि निकासा भएको रकम हिनामिना गरेको अभियोग सहित विशेष अदालतमा मुद्धा हालेको अख्तियारले जनाएको छ । 

उनलाई ५ लाख ७२ बहत्तर हजार ६ सय ६४ रुपैयाँ विगो कायम गरी  मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया