Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

जानकी कलेज सञ्चालकलाई कारवाहि गर्न गृहलाई पत्राचार

सोमबार, २८ असार २०७२

काठमाडौं २८ असार / जानकी मेडिकल कलेज जनकपुरका सञ्चालकलाई ठगीको अभियोगमा कारवाहि हुने भएको छ । शिक्षा मन्त्रालयले कलेजलाई कारवाहि गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको हो । कलेज खुलाएर पठन पाठन गर्न शिक्षा मन्त्रालयले पटक पटक निर्देशन दिदाँ पनि वास्ता नगरेपछि पत्राचार गरेको मन्त्रालयले जनाएको छ ।  

शुल्क लिएर पनि पठन पाठन नगरेको हुँदा कानून बमोजिम कारवाहि गर्न पत्राचार गरेका छौं, मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालले भने, हामीले विज्ञप्ति प्रकाशन देखि पटक पटक निर्देशन र आग्रह गर्दा पनि केही नलागेपछि गृहलाई पत्राचार गरेका हौं । 

कलेजले  ३ सय १७ जना विद्यार्थीबाट लाखौं रुपैंया असुलेर पनि पठन पाठन गरेको छैन ।  कलेज झण्डै एक बर्ष देखि बन्द छ ।

आईतबार बसेको व्यवस्थपिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकले कलेज सञ्चालनमा देखिएको अवरोधबाट सिर्जित समस्याको समाधान गर्न कारवाहिको निर्देशन दिएको थियो । 

प्रतिक्रिया