पुस्तक नभएको भए मानिसले संसारमा सबैभन्दा भरपर्दो मित्र गुमाउँथ्यो । किनभने पुस्तक नै मानिसको सबैभन्दा भरपर्दो मित्र हो । पठन सँस्कृतिको बारेमा मेरो जुन विचार छ त्यो विचार अरुसँग नमिल्न पनि सक्छ । पठन सँस्कृति एकप्रकारको सिकाइ हो जसमा मेरो गहिरो चासो छ । सिक्ने प्रवृत्तिको पछाडी जोडिएको एउटा विधि पढ्नुु पनि हो । पढेर जान्ने, बुझ्ने सिक्ने हुन्छ । सिक्नको लागि अरु तरिकाहरु पनि हुन्छन् त्यसमध्येको एउटा महत्वपूर्ण तरिका पढ्नु पनि हो ।
सुनेर, पढेर, हेरेर, गरेर, सोचेर जस्ता कुराहरुमा आफूलाई अभ्यस्त राखेर मानिसले जीवन सम्पूूर्णताको लागि केही सिक्नको लागि बिताउनुपर्छ । सबैका आआफ्नै रुचिका विषयहरु हुन्छन् । मेरो रुचिको विषय भनेको इतिहास सँस्कृति हो । इतिहास र सँस्कृतिको बारेमा पढ्न म एकदमै रुचाउँछु ।
अहिले म दोहो¥याएर पर्ल एस. डकको गुड अर्थ भन्ने पुस्तक पढ्दै छु । जुन फिक्सनमा छ । म फिक्सन पढ्न एकदमै रुचाउँछु । अर्को भनेको स्लामिक धर्मका ग्रन्थहरु पनि पढ्दै छु ।
मैले पढ्न सुरु गरेको भनेको रामायण र महाभारतबाट हो । मेरी आमाले म सानो हुँदा नै त्यो किताव पढ्न दिनुभयो । जसरी बुझेपनि मैले पढेँ तर पछि पनि दोहे¥याएर, ते¥याएर धेरै पटक ती ग्रन्थहरु पढेँ ।
मैले धेरै कितावहरु पढेको छु । त्यसमा पनि विपी कोइरालाका उपन्यासहरु, धु्रवचन्द्र गौतमका उपन्यासहरु, बालकृष्ण समका नाटकहरु मनपर्छ त्यस्तै अंग्रेजीमा ओ एभ्रीका कथाहरु, युथ अल्स्रोयका कथाहरु, विलियम वर्डस्वथका कविताहरु, सेक्सपियरका केही नाटकहरु एकदमै मन परेका छन् । जहाँ इच्छा त्यहाँ उपाय भनेको जस्तै मैले पढ्नको लागि जसरी भएपनि समय निकाल्छु । मेरो प्राथमिकतामा पढाइ पनि परेको हुनाले केही न केही पढेकै हुन्छु ।
मैले पुस्तक छनोट गर्दा आफ्नो रुचिको आधारमा छनोट गर्छु । जुन पुस्तकले इतिहासको बारेमा सम्बन्ध राखेको हुन्छ म त्यस्ता पुस्तकहरु खोजेर भएपनि पढ्न थाल्छु । मैले नेपाली मात्र नभएर अरु भाषाको किताहरु पनि पढ्ने प्रयत्न गरेको छु । ती पुस्तकहरु मलाई बुझ्नको लागि समय लाग्छ तर विभिन्न लेख, कथा र कविताहरु अन्य भाषाको पनि पढ्छु । पढ्न मन लागेको पढ्न नपाएका धेरै कितावहरु छन् । भर्खरै प्रकाशनमा आएका कितावहरु खासै पढ्न भ्याएको छैन तर पढ्ने इच्छा एकदमै छ ।
आफूले चाहेको जति सबै किताव एउटा जुनीमा पढेर कहिल्यै पनि सकिदैन । तै पनि मैले किताव पढ्नको लागि सकेसम्म प्रयत्न गर्छु । केही कितावहरु दोहो¥याएर पढ्ने इच्छा पनि छ । भागवत किताव जति समय पढ्यो उति चोटि राम्रोसंग बुझिन्छ । मैले सिनेमा बनाएकै कितावहरु बसन्ति र सेतोबाघको कुरा गर्नुपर्दा पनि पहिलो पटक पढ्नुभन्दा दोस्रो पटक दोस्रो पटकभन्दा तेस्रो पटक तेस्रो भन्दा चोथौ पटक मैले राम्ररी बुझ्ने मौका पाएँ । यसरी पढ्दा आफूलाई एकप्रकारको नौलो अनुभुति भइरहेको हुन्छ ।
विपी कोइरालाको सुम्निमा एकपटक पढ्दा भिन्न तरीकाले बुझियो, पछि फेरी भिन्न लाग्यो । विभिन्न लेखकहरुका उपन्यासहरु एकचोटि भन्दा पटक पटक पढ्दा त्यसलाई भिन्न भिन्न किसिमबाट बुझिन्छ । पढाइमा चासो राख्ने मान्छेको मनोविज्ञानमा यस्तै कुराहरु खेल्छन् । पुस्तक पढेर बुझिसके पछिको मजा र त्यसको प्रभाव बेग्लै किसिमको हुन्छ ।
कुनै कितावको फिल्म बनाउँदा धेरै कुरामा ध्यान पु¥याउनुपर्छ किनभने पुस्तकलाई नै सिनेम्याटिक बनाउनुपर्छ । यो काम भनेको एउटा गम्भिर चुनौतीलाई सामना गर्नुसरह हो ।
कलाकार शाहसंगको कुराकानीमा आधारित
फोटो : गुगल
प्रतिक्रिया