Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

सूर्यविनायक नगरपालिका पूर्णसाक्षर घोषणा

बुधबार, ३० असार २०७२

भक्तपुर ३० असार / सूर्यविनायक नगरपालिकालाई साक्षर घोषणा गरिएको छ । नगरपालिको साक्षरता प्रतिशत ९६.३० भएकोले साक्षर घोषणा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बुधबार भएको कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले साक्षर नगरपालिका घोषणा गरेका हुन् । 

२०७१ सालमा सञ्चालन भएको साक्षरता कार्यक्रमका आधारमा नगरपालिकामा बसोवास गर्ने ४० हजार ५ सय १ जनसंख्या मध्ये ३९ हजार २ सय ३० जना साक्षर भएको कार्यालयसंग तथ्याङ्क छ । 

युनेस्केको परिषाभा र अन्र्तराष्ट्रिय मान्यता बमोजिम कुल जनसख्याको जम्मा ९५ प्रतिशत नागरिक साक्षर भए पछि उक्त क्षेत्रलाई पूर्ण साक्षर घोषणा गर्न सकिने प्रचलन छ । यहि आधारमा घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए । 

नगरपालिकामा अझै १ हजार २ सय ७१ जना निरक्षर छन् । घोषणा कार्यक्रममा सहभागि सरोकारवालाहरुले बाँकी रहेका निरक्षरलाई साक्षर बनाउन र सवै वालवालिकालाइ निशुल्क तथा अनिवार्य आधारभूत शिक्षाको सुनिश्चित गर्न प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा प्रतिबेदन पेश गर्दै जिशिअ शर्माले ती निरक्षर नागरिकहरुलाई साक्षर पार्न जिल्ला र नगरपालिकाले अपनाउदै आएका रणनीतिहरुलाइ निरन्तरता दिनु पर्ने बताए । विगतमा साक्षरता कक्षा र निरन्तर शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएका सामुदायिक अध्ययन केन्द्रहरुलाई आप्mनो कार्यमा अझै प्रभावकारी पार्नु पर्ने र समुदायिक अध्ययन केन्द्रहरुलाई सवैको सहयोगको अवश्यकता पर्ने उनको भनाई छ । 

साविकको कटुञ्जे, नँखेल, चित्तपोल र सिपाडोल गा.वि.स.हरुलाई मिलाएर सूर्यविनायक नगरिपालिका बनाईएको हो । 

भक्तपुरमा यस अघिनै साविक बालकोट गा.वि.स. जिल्लाको पहिलो साक्षर गा वि.स. घोषणा भैसकेको छ । यस्तै मध्यपुर थिमी नगपालिका पनि साक्षर नगरपालिकाको रुपमा घोषित भैसकेको छ । साक्षरता अभियान सञ्चालन गर्ने सस्था तथा समुदायिक अध्ययन केन्द्रहरुले उपलव्ध गराएको तथ्यांकको आधारमा भक्तपुरको साक्षरता प्रतिशत ९६.७३ पुगिसकेको छ । जिल्लालाई नै साक्षर घोषण गर्ने उद्देश्यलाई मूर्तरुप दिन सूर्यविनायक नगरपालिकाले  पूर्णसाक्षर सूर्यविनायक नगरपालिका घोषणा गरिएको शर्माले बताए । 

प्रतिक्रिया