Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

निमावि लाईसेन्सको नतिजा प्रकाशित (नतिजाको लिंक सहित)

शुक्रबार, ०१ साउन २०७२


भक्तपुर १ साउन /
शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक विद्यालय तहको अध्यापन अनुमतिपत्र लाईसेन्सको नतिजा सार्वजनिक भएको छ । 

परीक्षामा सम्मिलित ९० हजार २३ जना परीक्षार्थी मध्ये २८ हजार २ सय ९२ जना उत्तीर्ण भएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए । यो ३१ दशमलव ४३ प्रतिशत हो । 

७ सय १९ जनाको परीक्षा रद्ध भएको छ । परीक्षा गएको फागुन १७ गते भएको थियो । 

परीक्षाका लागि ९८ हजार २७ जनाले फारम भरेका थिए । 

मुस्ताङ्बाट परीक्षामा सहभागी २२ जना मध्ये १ जना पनि उत्तीर्ण नभएको मरहठ्ठाले जानकारी दिए । 

हाल सम्म करीब ६ लाख जनाले अनुमतिपत्र प्राप्त गरेको आयोगले जनाएको छ ।

नतिजा आयोगको वेभसाईट http://www.tsc.gov.np/site/results  बाट थाह पाउन सकिन्छ ।

प्रतिक्रिया