जुनबेला नेपाल द्वन्द्वग्रस्त थियो ,सम्पूर्ण कार्यालय सदरमुकाम र सुरक्षित स्थानमा सारियो तर विद्यालय गाउँमै रहे शिक्षक असुरक्षाका बाबजुद पसिनाको आधा मूल्य द्वन्दलाई चढाएर सेवामा तल्लीन रहे।१८ बर्ष सम्म शिक्षक आयोग नखुल्दाको कहालीलाग्दो रिक्ततालाई परिपुर्ति गरि आफ्नो उर्जाशील उमेरको आहुती दिएका शिक्षक आज न्यायको पर्खाइमा आमरण अनसनको अवस्थामा छन्।तर राज्य पक्षको न्यायिक आँखा र सञ्चार माध्यमको मुखपत्र बन्न नपाउनु कस्तो बिडम्बना ।
खबरदार!!!! घमण्ड कसैले नगरे बेश किनकि सदनका सुकुमार कोटधारी,न्यायाधीश अनि राज्यका हरेक निकायका कर्मचारी शिक्षकले सिकाएका क ख ....पढेर नै त्यहाँ आसीन छन्।
तर आज जुनरुपमा शिक्षकको मनोबल गिराउने काम भएको छ त्यो पक्कै न्यायोचित छैन।
आत्महत्या गर्न नसकेर खाएको जागिर कदापि हैन ,शिक्षकबिनाको संवृद्दि देख्ने भ्रष्ट विचार आजै अन्त्य गरौं।
शिक्षकको हीत गर्छौं भन्ने पेशागत संगठनले उचित कदम चालोस्।
जय शिक्षक,,,,,,,,,,,,,,,,,,,जय मातृभूमि ।।।
प्रतिक्रिया