Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

सीटीइभीटीको उपाध्यक्षमा बस्नेत

शुक्रबार, ०१ साउन २०७२

काठमाडौं १ साउन / सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) को उपाध्यक्षमा डा. कुलबहादुर बस्नेतलाई नियुक्ति गरेको छ । शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले उनलाई नियुक्ति गरेको हो । उनी सीटीइभीटीको स्थापना कालदेखि कार्यरत छन् । 

२५ बर्षअघि कर्णाली प्राविधिक शिक्षालयको प्रशिक्षकबाट जागिर सुरु गरेका उनले कोरियाबाट प्राविधिक बिषयमा विद्यावारिधी गरेका हुन् । 

सिफारिस समितिले उपाध्यक्षमा बस्नेत, हरी प्रधान र जयबहादुर टण्डनको नाम सिफारिस गरेको थियो ।  

बैठकले त्रिभुवन र संस्कृत विश्वविद्यालयमा लामो समय करारमा काम गरेका भारतीय शिक्षकलाई निवृत्ति भरण दिएर विदा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले एडुखबरलाई जानकारी दिए । 

पाँच देखि १० बर्षसम्म सेवा गरेका शिक्षकलाई आधा महिना बराबरको, १० देखि १५ बर्ष सेवा गरेकालाई एक महिना बराबरको र १५ बर्ष भन्दा माथि सेवा गरेकालाई डेढ महिना बराबरको तलव निबृतिभरणका रुपमा दिइने भएको हो । 

यस्तै बैठकले संविधानको मस्यौदामा सुझाव संकलन गर्न साउन ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मस्यौदामा जनताको सुझाव लिन उक्त २ दिन सबै निर्वाचन क्षेत्रमा अन्र्तकृया कार्यक्रम राखिएको छ । ३ गते आईतबार ईदको विदा परेकोले शनिवार सहित यस पटक लगातार ४ दिन सार्वजनिक विदा पर्ने भएको छ । 

प्रतिक्रिया