Edukhabar
शनिबार, ०८ मंसिर २०८१
विचार / विमर्श

के फरक छ स्नातकोतर र एस एल सी परीक्षामा ?

मंगलबार, ११ चैत्र २०७०

- देवीराम आचार्य

अहिले एस एल सी परीक्षा चलिचरहेको छ । पत्रपत्रिकामा चिट चोराउदै गरेका निरीक्षक निश्कासनमा परेको देखि चिट चोर्ने विद्यार्थी र केन्द्राध्यक्षहरु कारवाहीमा परेका समाचार छापिएका छन् भने ठूलो परिमाणमा बरामद गरिएका चिटहरुको थुप्रो लागेका तस्विर पनि देखिएका छन् । चिट चोराउन केन्द्रको बाहिर भिड लागेका अभिभावक र प्रहरीबीच झडप भएको खवर समेत आएको छ । नेपालको शिक्षा प्रणालीमा विकसित भएको चिट सार्ने पद्धतिको विकास एस एल सीमा मात्र सीमित छैन । खाली पद्धति र प्रक्रिया मात्र फरक देखिन्छ । मैले विगत २ वर्षको स्नातकोत्तर तहको परीक्षामा सहभागि हुँदा गरेको अनुभव र करिब ३ / ४ वर्ष एस एल सी परीक्षाकै अनुगमन गरेको आधारमा यो आलेख तयार भएको छ ।
खै के रहर लागेको हो आफैलाइ थाहा छैन तर फुर्सदको समय सदुपयोग गर्ने बहानामा २ वर्ष पहिले समाजशास्त्र विषयमा भर्ना भएको थिए । सोही क्रममा यो वर्ष बेफुसर्दी भएर प्रथम र दितिय गरी तीनवटा विषयको परीक्षामा सहभागी भइयो जसले एस एल सी परीक्षाका दृश्यहरुको याद दिलाइरहेको छ । सबैलार्इ पत्यार नलाग्न सक्छ र अस्वभाविक पनि हो तर यो वास्तविकता जुन मैले यस वर्षा माघ महिनामासञ्चालन भएको प्रथम र दितिय वर्षको परीक्षामा सहभागि हुँदा अनुभूति गरे ।
एस एल सी परीक्षामा परीक्षार्थीहरु जसरी चिट चोर्न लालायित हुन्छन र सबैले गाइड गेसपेपर वा स साना कागजका टुक्राहरुमा चिट बनाएर कक्षा कोठामा लैजान्छन सोही कुरा स्नातकोतर तहका परीक्षार्थीमा पनि लागू हुने रहेछ । चार घण्टाको परीक्षा समयमा गार्डले एकजना परीक्षार्थीबाट पाँच पटक चिट खोसेको देख्दा मलाइ आफैलाइ लाज लागेर आयो । एकजना महिला सज्जनले करिब १५० पेजको सोलुसन नै फस्टाएर लेखेको देख्दा जिब्रो टोक्नु सिवाय अरु के गर्नु र । परीक्षाको कक्षा कोठा एस एल सी परीक्षाको भन्दा फरक थिएन । कोठामा भएका ३६ जना विद्यार्थीमध्ये २५ जनाभन्दा बढी विद्यार्थीहरु एकआपसमा कुराकानी गर्ने र चिट सार्ने कार्यमा व्यस्त थिए । ४ घण्टाको अवधिमा ३ पटक शौचालय जाने परीक्षार्थी पनि थिए । परीक्षा समाप्तीपश्चात शौचालय पुग्दा २, ३ क्वीन्टलको परिमाणमा सोलुसनऽ किताब र चिटको थुप्रो लागेको थियो । ठिक यस्तै दृश्यहरु एस एल सी परीक्षाको बखत देख्न पाइन्छ । फरक केही थोरै कुरामा मात्र हुन्छ एस एल सी परीक्षामा केन्द्रको बाहिर पनि चिट चोराउन बस्नेको भीड हुन्छ तर स्नातकोतरमा त्यो थिएन । एस एल सी मा गार्डहरु केही हदसम्म चिट सार्ने काममा र कोही मान्छे आउदा संकेत गरेर चिट लुकाउन सहयोगी हुन्छन तर स्नातकोतरमा लाजलाग्दो गरी देखियो र कोही मान्छे आउदै गरेको रहेछ भने चिट खोस्ने प्रयास गर्छन गार्डहरु । अझ रमाइलो त के हुने रहेछ भने गार्डहरु चिट खोस्न खोज्ने तर परीक्षार्थी दिन नमान्ने र सामान्य वादविवाद जस्तो पनि हुने । सायद त्यो दिन दितिय वर्षको लैङ्गिकता र महिला भन्ने विषयको जाँच थियो एकजना अधवैसै निरीक्षकले मेरो पछाडिको बेञ्चमा बसेका परीक्षार्थीलाइ भाइ बढि भयो है भनेको सुनेपछि पछाडि फर्किदा उनी र निरीक्षक केही वार्गेनिङ गर्दै रहेछन । निरीक्षकले तिमिले धेरै चिट सारीसक्यै अब नसार भन्ने कुरा गर्दै थिए भने परीक्षार्थी एउटामात्र सार्ने कुरा गर्दै थिए । कति रमाइलो दृश्य देख्न पाइने रहेछ बानेश्वरक मिनभवन क्याम्पसमा । आर आर क्याम्पसमा शक्ति र राजनीति विषयको जाँचको दिन पल्लो लाइनमा बसेकी एकजना छात्राले प्रश्नपत्र बाडेर नसक्दै चिट निकालेर सार्न लागेको देखेर आफै लज्जित भएको म दोस्रो वर्षको मिनभवनमा त्यति आश्चर्य लागेन । गत वर्ष क्षेत्रपाटीको पब्लिक युथमा गरेको अनुभव पनि यी अनुभवहरुसँग नै मेल खान्छ ।
हलमा बसेर आफुले परीक्षा दिइरहदा अरुले गरेका कुरा र देखिएका दृश्यले आफै एस एल सीमा सहभागी हुँदाको दृश्य याद आयो । मैले एस एल परीक्षामा सहभागी हुँदाको अवस्था भन्दा पनि अझ बढी भएको जस्तो लाग्यो । म सदरमुकामको केन्द्रबाट परीक्षामा सहभागी भएको थिए । मलाइ अहिले पनि त्यो बेलाको याद आँउछ गणित विषयको परीक्षाको दिन सिडीओ आउने हल्लाले तर्षित भएर सँगैको साथिले आट गरेर सार्दा आफु डराएर गोजीमा भएको ज्यामितिय समस्याको चिट सार्न नसक्दा थोरै नम्बरमै चित बुझाउनु परेको । इमान्दार भएर भन्दा अंग्रेजी विषयको दिन एउटा भककबथ र विज्ञानको दिन एउटा हिसाब  चिट मैले पनि गरेको थिए । त्यसबाहेक मैले एस एल सीमा चिट गरिन र त्यस पछिका परीक्षामा कहिले पनि परीक्षा कोठामा चिट सार्ने काम गरेको छैन ।
प्रश्नपत्र र बजारका सोलुसन हरुमा पनि एस एल सी सँग स्नातकोतरसँग सम्बन्ध रहेछ । एस एल सी कै जस्तै गरी विभिन्न सोलुसन पाइने र त्यसबाट प्रश्न पनि फस्ने कस्तो अचम्म । पाठ्यपुस्तक त नपढे पनि हुने । तह स्नातकोतर तर प्रश्नको प्रकृति पनि उस्तै परीभाषा लेख्नुहोस, भनेको के हो, व्याख्या गर्नुहोस आदी आदि । आफू भने खुबै जान्ने भएर कुनै पनि पाठको परिभाषा याद गरेको थिएन तर पहिलो २० अंकभारकै प्रश्न परिभाषा लेख्नुहोस भनेर आयो भने अर्को १० अंकको प्रश्न भनेको के हो भन्ने थियो । अचष्तष्त्रगभ गर्ने,बलबथिशभ गर्ने स्तरको प्रश्न नै नहुने स्नातकोतर तहको दुर्दशा  छ । पाठ्यक्रम हेर्ने हो भने एउटा च्याप्टरमा १५ देखि २० वटासम्म सन्दर्भ सामग्री अध्ययन गर्ने गरी तयार गरिएको छ तर प्रश्नको स्तर भने अत्यन्तै सतहि कुनै समिक्षा गर्न नपर्ने सिधै घोकेको भरमा मात्र पनि लेख्न सकिने देखिन्छ । सोलुसन अथवा गेसपेपरबाट करिब करिब सबै प्रश्नहरु पर्ने भएपछि पढ्ने झन्झट नै किन गर्ने र । चिट चोरेर पास गर्ने स्नातकोतर तह पछि नेपालको उच्चस्तरको जनशक्ति कस्तो हुने होला रु कहिले बन्द होला यस्तो गाइजात्रा । पहिले पहिले भन्ने भारतको विहार त अब नेपालमै देख्न पाइने भएको रहेछ । हुन त हाम्रो कअजययष्लिन नै यस्तै भएको छ । जो स्नातकोतर तहमा चिट गरिरहेका थिए सायद ति सबै त्यस्तै खालको एस एल सी, ं२ र स्नातकबाट आएका थिए होला ।
प्राध्यापक महोदयले कहिले होला पाठ्यपुस्तकबाट मात्र नभइ विश्लेषणात्मक प्रश्न निकाल्ने । स्नातकोतर तहमै पाठ्यपुस्तक पढाउने प्रवृति अन्त्य कहिलेहुने होला रु बजारको १००, २०० पेजको सोलुसन पढेर पास गर्न सकिने स्नातकोतर तह त्यो पनि त्रिभुवन विश्वविद्यालय । कता जादैछ हाम्रो उच्च शिक्षा ?

प्रतिक्रिया