Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

विद्यालयमा अनियमितता गर्ने विरुद्ध २३ लाखको मुद्धा

शुक्रबार, ०१ साउन २०७२

काठमाडौं १ साउन / नवलपरासीको एक विद्यालयमा आर्थिक अनियमितता भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना विरुद्ध मुद्धा हालेको छ । 

नवलपरासीको त्रिवेणी सुस्ता १ मा रहेको नारायणी गण्डकी साधारण तथा संस्कृत उच्च माध्यामिक विद्यालयका अध्यक्ष र प्रधानाध्यापक सहितको मिलेमतोमा आर्थिक हिनामिना भएको अख्तियारको दावी छ । अख्तियारले प्रधानाध्यापक प्रदिप कुमार चौधरी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु रमेश चन्द्र रौनिया, शंकर बहादुर सिंखडा संयोजकहरु शुकदेव ढुङ्गाना र देव बहादुर थापा विरुद्ध मुद्धा हालेको हो । 

उनीहरु सबै संग गरि २३ लाख ६२ हजार ८ सय ९४ रुपैंया २७ पैसा विगो सहित विशेष अदालतमा मुद्धा हालेको अख्तियारले जनाएको छ । 

यी मध्ये अख्तियारले प्रधानाध्यापक चौधरीलाई ७ लाख ३२ हजार ४ सय ६५ रुपैंया ७८ पैसा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रौनियारलाई ७ लाख ३ हजार २५ रुपैंया ३३ पैसा, संयोजक देव बहादुर थापालाई ४ लाख १० हजार ७ सय ८५ रुपैंया ९८ पैसा विगो सहित मुद्धा हालेको छ । 

यस्तै विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सिंखडा विरुद्ध २ लाख ५८ हजार ३ सय ८ रुपैंया ५९ पैसा र संयोजक ढुङ्गाना विरुद्ध २ लाख ५८ हजार ३ सय ८ रुपैंया ५९ पैसा विगो कायम गरि मुद्धा हालेका अख्तियारले जनाएको छ । 

उनीहरुले मिलोमतोमा विद्यालयलाई विभिन्न आर्थिक बर्षमा भवन लगायत पूर्वाधार निर्माणको लागी सरकारी अनुदानको रुपमा प्राप्त रकम हिनामिना गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको भन्दै अख्तियारले मुद्धा हालेका हो । 

प्रतिक्रिया