काठमाडौं २४ असार/ खोटाङको रुपाकोट मझुवागढी नपा १४ बुइपाको जगदम्बा माविका विद्यार्थीले जिल्ला शिक्षा अधिकारीलाई विद्यालयमै बोलाई आफ्नै शिक्षकको पोल खोलिदिएका छन् ।
सो विद्यालयका विद्यार्थीले हालै जिशिअ ज्ञानमणि नेपाललाई विद्यालयमै बोलाई शिक्षण सिकाइमा बेवास्ता गरी आफ्नो भविष्यमाथि खेलवाड गर्ने शिक्षकको प्रत्यक्ष रुपमा गुनासो गरेका हुन् ।
उक्त विद्यालयका शिक्षक समयमा विद्यालय नआउने, चार नबजीकनै विद्यालयमा छाड्न्, विद्यालय आउँदा पनि नपढाउने, मादक पदार्थ सेवन गरे विद्यालय आउने, आफ्नो कुरा नसुन्ने, विद्यार्थीलाई नआवश्यक गाली गर्ने, कुटपिट गर्ने जस्ता गलत कार्य गर्ने केही शिक्षकलाई विद्यार्थीले जिशिअलाई पोल लगाएका थिए । गलत शिक्षकलाई पटकपटक गुनासो राख्नका साथै प्रअलाई जानकारी गराउँदा बेवास्ता गरिएपछि जिशिअलाई नै बोलाउनु परेको विद्यार्थीको भनाइ छ ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया