काठमाडौं १९ असार/ त्रिभुवन विश्वविद्यालयको ५८ औं वार्षिक दिवसका अवसरमा आइतबार आयोजित बैठकले ५५औं ग्रेसलिस्ट पारित गरेको छ । ग्रेसलिस्ट रजिस्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेका थिए ।
उक्त सूचीअनुसार २०७३ असार २ देखि २०७४ जेठ १७ सम्मका स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उपाधि हासिल गर्ने ६८ हजार २ सय ९२ जना छन् । सबभन्दा धेरै शिक्षाशास्त्र संकायतर्फ २६ हजार ३ सय ९०, व्यवस्थापनमा १८ हजार १ सय ५३, मानविकीतर्फ १३ हजार २ सय ३६ र कानुनतर्फ ११ सय ८ छन् ।
त्यस्तै, विज्ञान तथा प्रविधि ४ हजार ३ सय ५४, इन्जिनियरिङतर्फ २३ सय ९३, चिकित्साशास्त्र १९ सय ८७, कृषि र पशुविज्ञानमा ४ सय ३१ र वनविज्ञान अध्ययन संस्थानतर्फ २ सय ४० जना उपाधियोग्य भएका छन् । उनीहरूलाई आगामी पुसमा आयोजना हुने दीक्षान्त समारोहमा उपाधि प्रदान गरिनेछ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया