Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

त्रिविको चरम लापरवाही : १९५ उत्तरपुस्तिका नै हराए

सोमबार, १९ असार २०७४

काठमाडौं १९ असार/त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्ण कार्यालयले स्नातकोत्तर तह पहिलो बर्षको परीक्षा दिएका एक सय ९५ जना परीक्षार्थीको उत्तरपुस्तिका हराइदिएको छ ।

धोबीचौरस्थित पब्लिक युथ क्याम्पसमा एमबीएस प्रथम बर्षको परीक्षा दिएका एकाउन्टिङ विषयको उत्तरपुस्तिका हराएको हो । चैतमा परीक्षामा सहभागी तीन सय परीक्षार्थीमध्ये एक सय ९५ जनाको नतिजामा अनुपस्थित आएपछि रहस्य खुलेको छ ।

गत साता सार्वजनिक नतिजामा अनुपस्थितको घटनालाई परीक्षा नियनत्रण कार्यालयले सुरुमा गोप्य राखेर परीक्षार्थीलाई परीक्षामा हाजिर नगरेका कारण अनुपस्थित आएको र फेरी परीक्षा दिनुपर्ने बताएको थियो । 
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया