काठमाडौं १८ असार / शिक्षा मन्त्रालयले ७५ वटै जिल्ला शिक्षा अधिकारीलाई तत्काल नहटाउने भएको छ । जिल्ला शिक्षा अधिकारीले स्थानीय तहमा खटिएका शिक्षा सेवाका कर्मचारीलाई सहजीकरण र उनीहरुको काममा समन्वय गर्न तत्काललाई नहटाउने निर्णय गरेको हो।
हाल स्थानीय निकायमा खटिएका शिक्षाका कर्मचारीले जिल्ला शिक्षा अधिकारीसँगै सहजीकरण गरी सम्पूर्ण काम गर्नुपर्ने भएकाले हाललाई जिशिअलाई नहटाउने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरि लम्सालले मुख्य सचिवको संयोजकत्वमा गठित समितिले ७ सय ४४ वटै स्थानीय निकायको व्यवस्थापन नहुन्जेलसम्म जिशिअलाई नहटाउने निर्णय भएको जानकारी दिए ।
नेपाल समाचारपत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया