काठमाडौं ९ असार/ व्यापक राजनीतिक दबाबका कारण चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम) ले गरेको सिफारिश र प्राध्यापक डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताविपरीत त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले निजी मेडिकल कलेजेको पीजी(एमडी/एमडीएस) अध्ययनका लागि ३१ लाख रुपियाँ तोकेको छ ।
पीजी अध्ययनका लागि २६ लाख ८० हजार रुपियाँ लिनुपर्ने भन्दै आईओएमले गरेको सिफारिश र २० लाख रुपियाँभन्दा बढी नलिने गरी सरकारलेडा. केसीसँग गरेको सम्झौताविपरीत कार्यकारी परिषद्ले शुल्क तोकेको हो ।
डा.केसी र सरकारको सम्झौतापछि गठित डा. केदारभक्त माथेमा संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदनले सरकारी मेडिकल कलेजमा पीजीको शुल्क निःशुल्क गर्ने र निजी मेडिकल कलेजको पनि बिस्तारै घटाउँदै लग्नुपर्ने सुझाव दिएको छ ।काठमाडौं विश्वविद्यालयले समेत आफूबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजमा २२ लाख ८० हजार रुपियाँ तोकेको छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया