Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

शिक्षकको अवस्था नाजुक

शुक्रबार, ०९ असार २०७४

काठमाडौं ९ असार/ आमरण अनसन बसेका अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका सदस्यको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ ।

राजधानीको भद्रकालीमा २ असारदेखि अनशन बसेका पाँच शिक्षकको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हो । आमरण अनसन बसेका कृष्णप्रसाद यादब, जितबहादुर गुरुङ, कलावती जोशी, कलु केसी र सुलेका कायस्थको स्वास्थ्य नाजुक हुँदै गएको हो । विभिन्न चार बुंदे मागसहित पाँचदिन सम्म आमरण अनशन बस्दासमेत सरकारले बेवास्ता गरेको आन्दोलन परिचालन समितिका केन्द्रीय सदस्य पदम लोहारल बताए ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

 

प्रतिक्रिया