Edukhabar
मंगलबार, ११ मंसिर २०८१
गतिविधि

अस्थायी शिक्षकद्वारा ज्ञापन पत्र

सोमबार, ०८ जेठ २०७४

काठमाडौं – अस्थायी शिक्षक संघर्ष समितिले शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली काँग्रेसमा सभापति देउवा निवासमै गएर ज्ञापन पत्र बुझाउँदै सभापति देउवासँग भेटवार्ता  पनि गरेका थिए । आफ्नो माग पूरा गर्न सरकारलाई दबाब दिँदै आएको संघर्ष समितिले विभिन्न दलका नेताहरुसँग भेटेर कुराकानी गरी समस्याबारेमा अवगत गराएर उपयुक्त विकल्प निकाल्ने तयारी गरेको समितिका अध्यक्ष हेमनाथ चौलागाईले बताए ।
अध्यक्ष चौलागाइँले शिक्षक महासंघका अध्यक्ष बाबुराम थापालाई पनि ज्ञापन पत्र बुझाइएको र भेटवार्ता गरी अस्थायीको समस्या तत्काल समाधान गर्न सहयोग गर्न आग्रह गरिएको बताए । 

 

प्रतिक्रिया