Edukhabar
शुक्रबार, ०४ असोज २०८१
विचार / विमर्श

आयोग उच्चस्तरीय, शिक्षा चाहिँ निम्नस्तरीय

आइतबार, १५ चैत्र २०७१

- पुष्पराज दुवाडी / सामुदायिक विद्यालयको शैक्षिक अवस्था, प्रशासनिक अवस्था, नीति नियम र शैक्षिक मुल्याङकन बारेमा हामीले यति धेरै कुरा सुनि सकैका छौं की कुरामात्र सुनेर सुधार हुने भए आधा सुधार त आफै हुने थियो । तर हामी सबै एक अर्कालाइ दोष देखाउन हरदम तयार छौ । हामीले आज सम्म सोचेका छौ ? विद्यालयको शैक्षिक सुधार कसको लागी आवश्यक छ ? कसले यस विषयमा ध्यान दिएको छ ?

सामुदायिक विद्यालय सरकारले मागेर ल्याएको विदेशी सहयोग र स्थानीय जनताले आफ्नु आधा छाक काटेर दिएको श्रमदान र सहयोगमा  चलिरहेको छ । त्यही विद्यालयमा न त्यो विदेशीले शैक्षिक अवस्थाको बारेमा चासो दिन भ्याएको छ न त स्थानिय जनताले आफ्नु बालबालिकाको शैक्षिक अवस्था माथि ध्यान दिन सकेका छन् । चासो कसैलाई दिन परेको छैन केवल कुरामा कुरा हुन्छ ।

सामुदायिक विद्यालयमा पढाउने अधिकांस शिक्षकका छोरा छोरी निजि तथा उत्कृष्ट शैक्षिक अवस्था र व्यवस्थापन भएका विद्यालयमा पढ्छन । उनीहरुलाई सामुदायिक विद्यालय सुधार नभएर के जान्छ ? आफ्नु छोरा छोरी राम्रै विद्यालयमा पढेका स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सदस्यका छोरा छोरी  गाउमै र सदरमुकामका निजि विद्यालयमा पढ्छन । उनीहरुलाई विद्यालयमा आफ्नो राजनैतिक अभिष्ट पुरा गर्दै आसे पासेका लागि जागिर दिलाएर भर्ति केन्द्र बनाउन पाए किन चाहियो सुधार ?

श्रोत व्यक्ति, विनिलाई सरकारी विद्यालय पुग्न त कठिन छ । जिल्लामै बसेर फोनबाटै तथ्याङ लिन पाएकै छन् । जागिर राम्रैसँग चलेकै छ छोरा छोरी काठमाडौमा राम्रा विद्यालयमा पढेकै छन् । आफुलाई जागिर र छोराछोरीलाई गुणस्तरीय शिक्षा मिलेकै छ । किन चाहियो सुधार ? जिल्लाका कुन जिल्ला शिक्षा अधिकारीले आफ्नु छोराछोरी सरकारी विद्यालयमा पढाएका छन् ?

देशका मन्त्री, सचिव , उपसचिव कस्का चै छोरा छोरी सरकारी विद्यालयमा अध्ययन गर्छन र सुर्धान प¥यो सामुदायिक विद्यालय ? नीति नियम र शिक्षा प्रणालीको तय गर्ने स्थानमा कुन सरकारी विद्यालयको अभिभावकहरु रहेका छन् ? अभिभावक त के कुरा दुइ चार दशक अध्यापन गरेर विद्यालयमा भोगेका समस्याहरुको जानकार शिक्षकलाई कुनै नीति निर्माण र उच्चस्तरीय आयोगमा समावेश गरिएको छ ?

अतः जतिनै उच्चस्तरीय आयोग बनाए पनि, दुर दराजमा बस्ने अभिभावक, समस्या र समाधानका साक्षि बनेका शिक्षकलाई त्यो स्थानमा नपु¥याए सम्म आयोग मात्रै उच्चस्तरीय बन्छ शिक्षा चाहिँ निम्नस्तरीय बन्दै जानेछ ।

- ढोला ७ धादिङ


प्रतिक्रिया