विद्यालयको प्रार्थना सकेर विद्यार्थीहरु आआफ्नो कक्षामा छिरे । शिक्षकहरु पनि हाजिरी खाता र हिजो जाँचेका अभ्यास पुस्तिका च्यापेर आआफ्नो समय तालिका अनुसार कक्षामा प्रवेश गरे ।
निलकण्ठ सर पाँच कक्षामा छिर्नु भो । कक्षामा तीसजना विद्यार्थी थिए । अँग्रेजीमा सबै विद्यार्थीले अभिवादन गरे, गुड मर्निङ सर । सरले पनि गुड मर्निङ भन्दै सिट डाउन भन्नु भो । सबै विद्यार्थी बसे ।
निलकण्ठ गुरु हाजिर बोलाउन थाल्नु भो, रोल नं. वट, टु.... । यस्तैमा पछाडिको बेञ्चबाट एउटा आवाज आयो, सर मे आई गो टु टवाइलेट?
भर्खर बाहिरबाटै आएका विद्यार्थीले गृहकार्य नगरेको हुनाले सजायबाट बच्नका लागि बाहिर जाने बहाना बनाइरहेको छ भन्ने सोचेर गुरुले भन्नु भो, नो ।
गुरुले हाजिरी सकेर पाठ पढाउनु भो । दोस्रो घण्टी लाग्यो । गुरु अर्को कक्षामा जानुभयो । एकछिनमा राधे सर पाँच कक्षामा छिर्नु भो । कक्षामा निक्कै हल्लीखल्ली छ । सर... कस्तो गन्हायो भन्दै विद्यार्थी बाहिर भाग्न थाले ।
यस्तैमा त्यही कक्षाको रबिन सरको नजिक आएर भन्छ, सर, आईएम सफर्ड फ्रम डाइरिया ।’
अघि उही थियो निलकण्ठ गुरुसँग बाहिर जान पाउँ भनी बिन्ती गर्ने ।
प्रतिक्रिया