Edukhabar
शुक्रबार, ०४ असोज २०८१
विचार / विमर्श

विद्यालय सुधारका उपाय

आइतबार, २९ चैत्र २०७१

Bharat Raj DahalBharat Raj Dahal

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बर्षेनी घट्दै गएका छन् । विद्यार्थी कम भएपनि राज्यको लगानी भने बर्षेनी बढदै गएको छ । नतिजा पनि खस्किएको छ ।

०६६ को एसएलसीम ५८ प्रतिशत विद्यार्थी उतिर्ण भएकोमा गत वर्ष २८ प्रतिशत मात्रै उतिर्ण भए । यसले पनि सामुदायिक विद्यालयको अवस्था स्पष्ट पारेको छ । कतिपय जिल्लामा विद्यार्थी कम भएको विद्यालय अर्को विद्यालयमा गाभ्ने थालिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु, निजी विद्यालयमा आकर्षण बढ्दो छ । निजीको नतिजा पनि राम्रो छ । एसएलसीको नतिजा विश्लेषण गर्ने हो भने ८५ प्रतिशत भन्दा कम छैन । सामुदायिक विद्यालय बिग्रनुमा शिक्षकलाई दोष दिन्छन् । के शिक्षकले नपढाएकै कारण विद्यालय खस्किएको हो ? सुधार गर्न के गर्नु पर्ला ? विद्यालय सुधार गर्ने भन्ने सरकारी स्तरबाट छलफल समेत भएको छैन । तर, एक शिक्षकले विद्यालय सुधार गर्न के गर्ने भन्ने योजना आफनो फेसबुकमा राखेका छन् । उनको स्टाटस अनुसार काम गर्ने हो भने सामुदायिक विद्यालय सुधार गर्न सकिन्छ । 

विद्यालय सुधारका लागि यसो गरे कसो होला ? 

१  कक्षाको सम्पुर्ण जिम्मेवरी सुम्पने गरी कक्षा शिक्षकको व्वस्थपना गर्ने

२ प्रत्येक कक्षामा छात्रा र छात्र दुई दुई जना र कक्षा शिक्षकको कक्षा व्यवस्थापन समुह बनाउने 

३ हरेक शुक्रवार प्रत्येक कक्षाको अतिरिक्त कृयाकलापका लागि शिक्षकहरु तोक्ने र अतिरिक्त कृयाकलापमा उत्कृष्ठ हुने बिद्यार्थीलाई पुरस्कार दिने।

४ सबै कक्षा र सबै विषयमा कापि र किताबको सरसफाई , नियमितता, र जतन जगेडाका लागि नियमित चेक जाच गरी रेकर्ड राख्ने र त्यसैको आधारमा मुल्यान्कन समेत गर्ने ।

५ कक्षा कोठामा विषयगत सामाग्रीहरु राख्ने व्यवस्था गर्ने । 

६ जथाभावि लेखिएका कुराहरु रङ् लगाइ मेटाउने र लेख्ने पहिचान गरी दण्ड दिने ।

७ हाजिरी कुनै पनि समयमा गर्ने र कम्तिमा दुइ चोटि चेक गरी प्रत्येक् कक्षाको उपस्थिति सख्या बोर्डमा लेख्ने । 

८ कक्षा छोडी भाग्ने र अनुपस्थित हुने बाट शुल्क उठाई त्यहि कक्षाको लागि चाहिने सामाग्री खरीद गर्ने ।

९  अंग्रेजी माध्यमको कक्षा शुरु नेपाली माध्यमको भन्दा एक घन्टी अगाडी गरिएमा खाजा खान, पानी पिउन र ट्वाइलेट जान सहज हुने कारण फरक फरक समयमा टिफिन गर्न फरक समयमा घन्टी शुरु गर्ने ।

१० कक्षा ९ र १० लाई कुनै पनि किसिमको बिदा नदिइकन अतिरिक्त शुल्क लिएर राम्रो खाजाको व्यवस्था स्कुलले नै गरी बिहान ८ बजे देखी बेलुका ५ बजे सम्म बिध्यालय भित्रै रहने व्यवस्था गर्ने ।

११  क्यान्र्टीन्मा बिद्यार्थीलाई उपर्युक्त हुने खाना (नास्ता नियमित हुने व्यवस्था मिलाउने। 

१२ कक्षा शिक्षकले बिद्यार्थीको अभिभावक संग नियमित सम्पर्क हुने व्यवस्था मिलाउने।

१३  सबै शिक्षकहरुलाई विद्यालयको गतिविधिको जानकरी दिनुको साथै समान तरीकाले सहभागी र जिम्मेवार हुने किसिमले कामको जिम्मेवारीहरु दिने व्यवस्था मिलाउने ।

१४  प्रत्येक दिन एकजना अभिभावक विद्यालयमा आउने र आफ्नो बच्चाको गतिविधि बारेमा कक्षा शिक्षक संग  छलफल गर्नु पर्ने नियम बसाल्ने। 

१५ अनुपस्थित शिक्षकको खालि हुने घन्टी पहिलो घन्टी लाग्नु अगाडि नै खट्नु पर्ने शिक्षकलाई जानकरी गराउन स्टाफ रुममा बोर्डमा लेखिनु पर्ने । 

१६ शिक्षकहरुलाई कामको आधारमा पुरस्कृत र जिम्मेवारीमा हेरफेर गरिरहनु पर्ने।

१७। काम र जिम्मेवारी अनुसारको भत्ताको व्यवस्था गरिनु पर्ने। 

१८ बिद्यालयले गर्ने आम्दानी र खर्चको जानकारी शिक्षकहरुलाई पनि गराउनु पर्ने । 

१९ सबै कक्षा र सबै बिषयमा कक्षा कार्य र गृहकार्यको मुल्यांकन बापतको अंक को आधर मात्रै कक्षा चढाउने नियम बनाउनु पर्ने। 

२० मिति तोकेर परीक्षा लिने चलन बन्द गरिनु पर्ने। 

२१  सबै शिक्षकलाई शिक्षक निर्देशिका र बिद्यार्थिको रेकर्ड रख्न मिल्ने खालको डायरी उपलब्ध  गराइनु पर्ने। 

२२ तल्लो कक्षामा अनिवार्य ग्रेड टिचिङ्ग् लागु गरी ग्रेड टिचरलाई उपर्युक्त भत्ता दिइनु पर्ने । 

२३  ग्रेड टिचरलाई आफ्नो अनुकुल किसिमले कक्षा सन्चालन गर्न छुट दिइनुपर्ने । 

२४  रुटिङ्को बाडफाड बराबर हुनु पर्ने ।

२५ कामको जिम्मेवारी पनि बराबर हुने किसिमले गरिनु पर्ने ।

२६ शिक्षक्लाई अध्यनशील बनाउन र खाली पिरियडमा स्टाफ रुममा अनावस्यक गफ गर्ने वातवरण कम गर्न इन्रटनेटको व्यवस्था हुनु पर्ने । केहि निश्चित  ठाउहरुमा सिसिक्यामाराले अनुगमन गर्ने व्यवस्था गरीनु पर्ने ।

३१ बिद्यार्थीको ड्रेस हेर्नुअघि शिक्षकको पनि ड्रेस हेरिनु पर्ने। 

३२ बिद्यालय कम्पाउन्ड भित्र कुनै पनि बाहानामा कसैलाई पनि चुरोट , खैनी, पराग, पान र रक्सी खाने र ख्वाउने चलन पुर्णत बन्द गर्नु पर्ने । 

३३  ५० जना भन्दा बढीको कक्षा नबनाउने प्रतिबद्धता आउनु पर्ने ।बिद्यार्थीहरुलाई बिभिन्न विधामा पुरस्कारको व्यवस्था गरी नियमित पुरस्कृत गर्ने परिपाटी चलाउनु पर्ने।

३४ विद्यार्थीबाट जानिजानि पुर्याइने क्षेतिपुर्ति उसैबाट गराइनु पर्ने।

३५  बिषय गनेर कक्षा उतिर्ण गराउने चलन पुर्ण त बन्द गरी निरन्तर मुल्यांकनको आधारबाट माथिल्लो कक्षामा लान सकिने नियम लागु गरिनु पर्ने ।

३६ बिद्यार्थीको रिपोर्ट लिन अभिभावक अनिवार्य रुपमा बिद्यालय आउनु पर्ने नियम लगाउने। 

 

३७ घन्टी तानेर पढाउने चलन बन्द गर्नु पर्ने, खाली घन्टीमा बिद्यार्थीलाई खेल्न, पुस्तकालय जान दिनु वा कुनै शिक्षक पठाइ कक्षा कार्य गर्न लगाउने गर्नु पर्छ ।

प्रतिक्रिया