थेसिस लेख्ने तरिका थाहा नहुदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित कक्षा लिएका हुदैनन् । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुदा बर्षैदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन् । यसअघि भाग सातसम्म प्रकाशित भइसकेको छ । (भाग एक देखि ६ सम्म हेर्न यहा क्लिक गर्नुहोस्-थेसिस लेख्ने तरिका भाग सात हेर्न यहा जानुहोस्-भाग सात)
Lesson 8 (Conceptual Framework)
यस भन्दा अगाडिका ७ खण्डमा हामीले research proposal तयार पार्दा पहिलो दुई chapter Introduction part र Review of Literature part कसरी लेख्ने भन्ने बारेमा परिचय पायौं ।
तेस्रो chapter भनेको परम्परागत ढाँचामा Methodology chapter हो,तर त्यो chapter शुरु गर्नु अगि तपाईंको आफ्नो research कसरी अगाडि बढ्छ र research questions को answer कसरी प्राप्त हुन्छ भन्ने बारेमा स्पष्ट हुनु जरुरी छ । तपाइंले दोस्रो chapter मा गर्नु भएको theoretical review र तेस्रो chapter मा गर्नु हुने methodological process लाइ कसरी तपाईंका variables/research problem संग सम्बन्धित बनाएर अगाडि बढाउँदा तपाइंले आसा गर्नु भएको output निस्कन्छ भन्ने सोच र त्यसको ब्याख्या वा चार्ट नै conceptual framework हो/ यसमा तपाईंले ३ कुरा बिचार गर्नु पर्यो ।
१. तपाइंको theory
२. तपाईंको methodology र
३. तपाइंको output
यी तीन कुरालाई तपाईं कसरी संयोजन गरेर अगाडि बढ्नु हुन्छ? भन्ने प्रश्नको जवाफ नै तपाइंको conceptual framework हो । यसले तपाईंको अनुसन्धानको एउटा रुपरेखा तयार पारिदिन्छ र तपाईं त्यही गोरेटो हुँदै सहज रुपमा आफ्नो गन्तव्यमा पुग्न सफल हुनुहुन्छ । यसलाई तपाइंको research को एउटा मानसिक चित्रण भन्दा पनि फरक पर्दैन जसले तपाईंलाइ प्रशस्त मार्ग निर्देश गर्छ ।
Lesson 9 (Quantitative र Qualitative Research मा फरक)
Methodology chapter सुरु गर्नु अगि तपाईं कुन प्रकारको अनुसन्धान गर्न चाहनु हुन्छ भन्ने बारेमा थाहा पाउनु जरुरी छ/ Quantitative की Qualitative ? फरक के छ त ?
Quantitative Research
अङ्क कै गणना गर्छ कि चित्र तालिका बरु मापन अङ्क कै हुन्छ मान्दैन बिचार अरु जे छ त्यो नै हो सत्य अन्य कुरा नकार्दछ तथ्यांकले जे नै भन्छ त्यही मात्र सकार्दछ । बस्तुगत ज्ञानमा लिप्त सत्य एक छ आखिर सत्यता खोज्न निस्कन्छ मापन गर्न खातिर तथ्यांक शास्त्रीय बिज्ञ थिच्दै मेसिन दंग छ दुनियाँ हाँकदछ हेर आविष्कार अनन्य छ ।
Qualitative Research
बिचार विमर्श गर्छ कि त्यो गहन छलफल जे निस्कन्छ बिचार त्यो मान्दछ है अत्युत्तम मानिस मानिस बीच बिचार फरक निरन्तर स्वाभाविक स्थिति भित्रै ज्ञान लिन्छ । शिरोपर बिषयगत ज्ञानमा लिप्त बिचार बोक्छ आखिर सत्यता एकमा होइन अनेक खोज्न खातिर स्थिति मामिला बुझ्छ ब्याख्या सोही अनुरुप जस्ताको तस्तैनै बुन्छ धारणा सोच प्रारूप Quantitative Counting numbers making figures Data demand stat measures What you see is exact picture Nothing beyond that is real Mean median variance and mode Correlation t test Anova more Reality is out there single it out Knowledge is objective find it out Do you know what this on earth It is nothing but Quan research Qualitative Thinking perception ideas more Meet human subjects and explore Value bound and holistic focus Theories evolved in naturalistic locus Understanding human interpretations Reality change in perception Biography case study ethnography Phenomenology and grounded theory Do you know what this on earth It is nothing but Qual research
Lesson 10 (Methodology)
Methodology भन्नाले अनुसन्धान बिधि मात्र नभई त्यो भन्दा अलि बढी कुरा जनाउँछ । त्यसैले Methodology र Method मा फरक छ/ Methodology भन्नाले तपाइंको thesis को बैज्ञानिक र सैद्धान्तिक पक्ष बुझिन्छ भने Method भन्नाले field work कसरी गर्ने, sample कसरी छनोट गर्ने र विश्लेषण कसरी गर्ने भन्ने मात्र बुझिन्छ । यसरी हेर्दा Method भनेको Methodology को एउटा भाग मात्र मान्न सकिन्छ । Methodology मा तपाइंले ४ वटा मुख्य भाग लेख्नु पर्ने हुन्छ ती हुन्:
१. सैद्धान्तिक पक्ष: यसलाई कसैले philosophical premise पनि भन्दछन । जस अन्तर्गत सत्य (truth) लाइ हेर्ने तपाइंको दृष्टिकोण के हो? अर्थात तपाइंको ontology के हो? तपाइंको विश्वासमा ज्ञानको सृजना कसरी हुन्छ? अर्थात तपाइंको epistemology के हो ? यी दुइ कुरामा प्रष्ट नभई तपाइंको Methodology अगाडि बढ्दैन । किनभने तपाईं बाहीर जे छ त्यो नै सत्य मान्नु हुन्छ अनि ज्ञान मापन गर्न सकिन्छ भन्ने बिश्वास गर्नु हुन्छ भने तपाइंको thesis quantitative हुन्छ । तर सत्य एउटै हुँदैन यो त मानिसका बिचार र बुझाइ अनुसार फरक फरक हुन्छ भन्ने बिश्वास तपाइंको हो र ज्ञानको निर्माण बिषयगत हुन्छ भन्ने कुरा बिश्वास गर्नु हुन्छ भने तपाइंको thesis qualitative हो भन्ने बुझ्न सकिन्छ । त्यस्तै sample मा लिइएको तथ्यांकले जे देखाउंछ त्यो population मा हुबहु लागु गर्न सकिन्छ वा सामान्यीकरण गर्न सकिन्छ भन्ने तपाइंको विश्वास हो भने तपाईं quantitative research गर्दै हुनुहुन्छ जहाँ फरक बिचारको गुञ्जायस रहन्न । अर्थात् तपाइंको thesis value free हुन्छ/ तर आफ्ना informants संग लिइएको सूचनाहरु सामान्यीकरण का लागि नभई प्रत्येकका बिचारलाई महत्व दिंदै व्याख्यात्मक प्रस्तुती गर्ने र जे देखिन्छ त्यसलाई informants कै विचारका रुपमा thesis तयार पार्न चाहनु हुन्छ भने त्यो value laden हुन्छ र तपाइंको thesis qualitative प्रकृतिको बन्छ ।
२. बिधि पक्ष: यसमा तपाइंले आफ्नो अनुसन्धान ढांचा, अनुसन्धानको प्रकार (qualitative की quantitative), तपाइंको population and sample (quantitative भए) अनि तपाइंको informants (qualitative भए), सूचना वा तथ्यांक संकलनका लागि tools के के, कसरी सूचना वा तथ्यांक सकलन गर्ने हो, र त्यसको विश्लेषण कसरी गर्ने भन्ने कुरा स्पष्ट पार्नु पर्छ/ Quantitative भए representative sample र randomeness आवस्यक पर्छ भने qualitative भए सानो समूह वा व्यक्तिमै पनि अध्ययन गर्न सकिन्छ ।
३. गुणात्मकता अर्थात quality standard: तपाईंको thesis गुणस्तरको छ र त्यसमा शंका गर्नु पर्दैन भन्ने प्रमाण के हो त्? कसरी तपाइंको thesis ले त्यस्ता अविश्वासका पाटाहरुलाई पाखा लगाउने काम गरेको छ त? तपाइले त्यस्तो बिस्वास जगाउन के के काम गर्नु भयो त्? जस्ता प्रश्नको उत्तर यसमा आवस्यक पर्छ ।
४. नैतिकता/निस्पक्षता वा Ethical concerns: तपाइले अनुसन्धानका दौरान गर्नु भएका काम कुराहरुले कतै तपाइंको इमान्दारिता माथि प्रश्न उठाउने त होइनन? तपाईं कसरी अरुले पत्याउने किसिमले आफ्ना research design बनाउनु हुन्छ? उदाहरणका लागि के तपाइंले आफ्नो data का लागि कसैलाई बाध्य पार्नु भएको त् छैन? त्यसो हो भने तपाइंको thesis मा नैतिकताको प्रश्न देखियो ।
Methodology Chapter को यो सामान्य परिचय हो । यसलाई अर्को lesson मा पुन: प्रष्ट पारिनेछ/ (क्रमस:)…
प्रतिक्रिया