Edukhabar
सोमबार, १० मंसिर २०८१
विचार / विमर्श

थेसिस लेख्ने तरिका : ११

शनिबार, ०५ बैशाख २०७२

- डा. मनप्रसाद वाग्ले / थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् ।  नियमित कक्षा लिएका हुदैंनन्  । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा बर्षौदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन्  । यसअघिका भागको लागि यहाँ क्लिक गर्नु होस् :  थेसिस लेख्ने तरिका / थेसिस लेख्ने तरिका (भाग आठ देखि १०) / थेसिस लेख्ने तरिका (भाग सात)

Lesson 11 (Methodology 2...)

गएको पाठमा हामीले Methodology chapter मा लेखिनु पर्ने ४ महत्वपूर्ण कुराहरुका बारेमा चर्चा गरयौं/ आज तीनै ४ पक्षलाई पून: प्रष्ट्याउने कोशिस गर्दैछु/ सबैभन्दा पहिले तपाइंले आफ्नो position clear गर्नु जरुरी हुन्छ/ त्यो भनेको तपाइंको दृष्टिकोण मा सत्य भनेको के हो? अर्थात तपाइंको Ontology के हो? यसले तपाइंको पूरै research लाइ guide गर्छ/ तपाईं एउटै मात्र सत्यमा बिश्वास गर्नु हुन्छ भने तपाइंको research positivism/post positivism ढाँचाको बन्न पुग्छ र तपाईं quantitative research मार्फत बजारमा उपलब्ध सूचना संकलन गरेर सत्य प्राप्ति तिर लाग्नु हुन्छ/ होइन यदि तपाईं सत्य एउटै हुँदैन यो त बिचार र भावना अनि सामाजिक परिवेश अनुसार फरक फरक हुन्छ भन्ने बिश्वास गर्नु हुन्छ भने तपाइंको research non-positivist ढांचाको बन्न पुग्छ र तपाईं qualitative research मार्फत समाजको स्थिति, मानिसका बिचार र बुझाइ, फरक संस्कृतिका फरक प्रसंग जस्ता सूचना संकलन गर्नु हुन्छ र कसका लागि के सत्य हुन्छ भन्ने कुरा पत्ता लगाउन तिर लाग्नु हुन्छ/
त्यस्तै knowledge लाइ तपाइंले कसरी ब्याख्या गर्नु हुन्छ भन्ने कुराले पनि तपाइंको research लाइ प्रभाव पारेको हुन्छ/ जसलाई तपाइंको Epistemology भनिन्छ/ यदि तपाईं मान्छेमा भएका ज्ञानलाई मापन गर्न सकिन्छ भन्ने बस्तुगत ज्ञानमा बिश्वास गर्नुहुन्छ भने तपाइंको research ले survey को माध्यमबाट वा सूचनाका लागि तयार पारिएका अन्य tool बाट संख्यात्मक तथ्याङ्क संकलन गर्छ / अनि तथ्याङ्कशास्त्रीय बिधि प्रयोग गरेर ज्ञानको मापन गर्न खोज्छ र त्यसलाई ठूलो समूह वा क्षेत्र का लागि त्यही ज्ञानको सामान्यीकरण गर्छ/ होइन तपाईंको बिचारमा ज्ञान मापन गर्ने बिषयनै होइन यो त interaction, discourse, वा कुराकानीका आधारमा जे देखिन्छ त्यहीनै हुन्छ भन्ने बिषयगत ज्ञान अर्थात subjectivity मा बिश्वास गर्नुहुन्छ भने तपाइंको research ले interview, Focus Group Discussion, Observation जस्ता tool को प्रयोग बाट सूचना संकलन गर्छ र त्यसै अनुरुप ज्ञान प्राप्ती तिर अगाडि बढ्छ/
तेस्रो कुरा तपाइंले आफ्नो research को credibility प्रमाणित गर्नु पर्ने हुन्छ/ Quantitative research भए tools को reliability र validity अनि सम्पूर्ण प्रक्रियाको बस्तुनिष्ठता पुष्टि गर्नु पर्छ/ Qualitative research को credibility पुष्टि गर्ने आफ्नै आधारहरु छन्/ यसका बारेमा पछिल्ला lesson मा छलफल गर्दै गरौंला/
चौथो पक्ष भनेको Ethical concern हो/ तपाइंले जुनसुकै research गरे पनि तपाइंको इमान्दारिता आवश्यक पर्छ/ यसमा खासगरी तपाइंको सूचना संकलन कार्य पारदर्शी एबम बिना जोरजबर्जस्ती सम्पन्न भएको प्रमाणित हुनुपर्दछ/ अझ अगाडि भन्नु पर्दा सूचनादाताको स्वेच्छिक स्वीकृती बिना तपाईं सूचना संकलन गर्न सक्नुहुन्न/ अझ तपाइले उनीहरु सित अन्तर्वार्ता वा समूह छलफल गर्नु भएको छ भने त तपाइंले उक्त सूचना विश्लेषण गरिसकेपछि उनीहरु संग भेटेर उनीहरुले भन्न खोजेको र तपाइंले विश्लेषण गरेको कुरो एउटै हो की होइन भनेर बिमर्श समेत गरेर एकिन गर्नु पर्ने हुन्छ/ (क्रमस:….)

प्रतिक्रिया