Edukhabar
शुक्रबार, ०४ असोज २०८१
विचार / विमर्श

थेसिस लेख्ने तरिकाको १२ औं भाग

मंगलबार, ०८ बैशाख २०७२

- डा. मनप्रसाद वाग्ले / थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् ।  नियमित कक्षा लिएका हुदैंनन्  । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा बर्षौदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन्  । यसअघिका भागको लागि यहाँ क्लिक गर्नु होस् : थेसिस लेख्ने तरिका : ११थेसिस लेख्ने तरिका / थेसिस लेख्ने तरिका (भाग आठ देखि १०) / थेसिस लेख्ने तरिका (भाग सात)

Lesson 12 (Methodology 3...)

गएका ११ lesson ले पक्कै पनि proposal लेख्ने कुरामा केही मद्दत भयो नै होला भन्ने आसा गर्दै आजको lesson 12 सुरु गर्दैछु/

Types of Research

Methodology chapter मा अझै धेरै कुरा गर्न बाँकी छ/ हामीले quantitative वा qualitative research का बारेमा धेरै चर्चा गर्यौं/ research को अर्को पक्ष पनि छ त्यो हो Mixed method research/ यसको अर्थ हुन्छ तपाईं आफ्नो थेसिस मा दुवै थरी कुरा मिसाउन चाहनु हुन्छ/ कसैले यसमा पनि quantitative heavy र qualitative कम गर्न र कसैले quantitative कम र qualitative heavy पनि बनाउन सक्छन/ दुबैको उत्तिकै सन्तुलन मिलाएर पनि यस्तो थेसिस लेख्न सकिन्छ/ Mixed Method छान्ने हरुले आफ्नो Research questions design गर्दा नै यसको हेक्का राख्नु पर्ने हुन्छ/ कुन research question quantitative र कुन qualitative data लिने भनेर/ त्यसैले सबैभन्दा पहिले तपाइँ कुन research गर्ने हो टुंगोमा पुग्नु पर्ने हुन्छ/ Mixed method नै गर्ने भए पनि quantitative part मा randomness and/or representativeness भने हुनै पर्छ है/

यदि तपाईं quantitative research गर्न चाहनुहुन्छ भने कुन प्रकारको quantitative हो त्यस तर्फ बिचार गर्नुस/ जस्तो survey, cross sectional, case study के हो त तपाइंले गर्न खोज्नु भएको, त्यसमा स्पष्ट हुनु आवश्यक छ किनभने त्यसले तपाइंको बाँकी काममा सघाउंछ/ त्यस्तै यदि तपाईं qualitative research गर्न चाहनु हुन्छ भने कुन प्रकारको qualitative हो त्यसमा स्पष्ट हुनु जरुरी छ/ जस्तो Ethnography, Phenomenology, Case study,के हो त? यसैले तपाइंको बाँकी काम लाइ एउटा स्पष्ट मार्ग तिर लैजान्छ/

Unit of analysis

तपाइंले जुनसुकै research छनौट गर्नु भए पनि भोली data analysis गर्दा unit of analysis के हो भन्ने कुरा आजै निर्क्यौल गर्नु पर्छ/ Unit of analysis भन्नाले तपाइंको data व्यक्ति प्रधान हो की संस्था प्रधान हो की कुनै समूह बिशेष प्रधान हो भन्ने कुरा ठहर गर्नु हो/ यसले तपाईंको data collection tool र process मा सघाउ पुरयाउँछ/

(क्रमस:…)

प्रतिक्रिया