काठमाडौं २ बैशाख/नयाँ शैक्षिक सत्र सुरु हुन अब केही दिनमात्र बाँकी रहँदा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले भने यो वर्ष पनि पाठ्यपुस्तक अभावको सामना गर्नुपर्ने भएको छ ।
समयमै पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पढाइमा समस्या उत्पन्न हुँदै आएको छ भने यो समस्या यो वर्ष पनि दोहोरिने देखिएको छ ।
प्रत्येक वर्ष सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तकको अभाव खेप्नुपरेपछि त्यसको असर अध्ययन र सिकाइमा पर्न गेको शिक्षक बताउँछन् । रुपन्देही जिल्लामा पनि विगतमा वर्षदेखि नै पाठ्यपुस्तकको अभाव संस्थागत विद्यालयको तुलानमा सामुदायिक विद्यालयमा धेरै नै देखिएको छ ।
अभिभावक संघ नेपाल रुपन्देहीका अध्यग लोकनाथ ज्ञवालीले विद्यालय तहमा निःशुल्क शिक्षाको घोषणा गरेको सरकाले विगतका वर्षमा जस्तै योपटक पनि शैक्षिक सत्र सुरु हुँदासम्म विद्यार्थीको हातहातमा पुस्तक पुर्याउने कुरामा शंका उत्पन्न भएको बताए ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया