Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

शिक्षा नियमावली छिटै

शुक्रबार, ०१ बैशाख २०७४

काठमाडौं १ बैशाख/शिक्षामन्त्री डीआर पौडेलले सबैले लामो सयदेखि प्रतिक्षा गरिरहेको शिक्षा नियमावली छिट्टै स्वीकृत हुने बताएका छन् । उनले नियमावलीलाई मन्त्रीपरिषद् बैठकले सामाजिक समितिमा पठाउने निर्णय गरेको जानकारी दिँदै भने, समितिले छिट्टै नै नियमावली स्वीकृत गर्नेछ ।
समितिको आगामी बैठकको मिति भने तोकिसकेको छैन । मन्त्रीपरिषद् बैठकले शिक्षा नियमावलीको मस्यौदामा जिल्लाको व्यवस्था रहेको र त्यसलाई संघीय संरचनाअनुसार परिमार्जन गर्न सामाजिक समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
ग्त असार १५ गते शिक्षा ऐन संसोधन भएपछि सो अनुरुपको शिक्षा नियमावलीको मस्यौदा तयार भए पनि मन्त्रीपरिषद्बाठ स्वीकृत हुन नसक्दा शिक्षा क्षेत्रमा समस्या सिर्जना हुन पुगेको छ । मुख्य गरी अस्थायी शिक्षकलाई बिदा दिने र नयाँ स्थायी शिक्षक नियुक्ती गर्ने प्रक्रिया नियमावली आउन नसक्दा अवरुछ हुन पुगेको छ ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया