Edukhabar
मंगलबार, ११ मंसिर २०८१
खबर/फिचर

नियमित विद्यालय पठाउने अभिभावकलाई पो पुरस्कार !

विहीबार, ३१ चैत्र २०७३

भक्तपुर– एक त सरकारी विद्यालय त्यसमा पनि नियमित विद्यालय पठाउने अभिभावक कमै फेला पर्ने गर्दछन्, तर महाँकालेश्वर प्रावि चित्तापोलका अभिभावक आफ्ना नानीहरुलाई नियमित विद्यालय पठाउन थालेका छन् ।
नियमित विद्यालय पठाउने अभिभावक र नियमित विद्यालय आउने विद्यार्थीलाई सूर्यविनायक नगरपालिकाका प्रवीण ढुँगेलले पुरस्कृत गर्ने भएपछि उक्त विद्यालयमा विद्यार्थीको नियमितता बढेको शिक्षक वताउँछन् । सामुदायिक विद्यालयवाट नै गुणस्तरीय शिक्षा दिन सके सबैमा शिक्षाको पहुँच हुन सक्ने भन्दै आफूले नियमित विद्यालय आउने विद्यार्थी र नियमित विद्यालय पठाउने अभिभावकलाई सम्मान र पुरस्कृत गर्न थालेको ढुँगेलले बताए । उनले विद्यालयको वार्षिकोत्सवमा विद्यालयका २८ विद्यार्थी र अभिभावकलाई पुरस्कृत गरेका हुन् । 
यसरी विद्यार्थीलाई र अभिभावकलाई पुरस्कृत गर्दा सामुदायिक विद्यालयमा आफ्ना नानी पढाउन प्रेरणा मिल्ने प्रध्यानाध्यपक कृष्णहरी कार्कीको भनाइ छ । 
यसैबीच सो विद्यालयलाई सानुरत्न फाउन्डेसनले एक लाख रुपैयाँ सहयोग गरेको छ । विद्यालयको २८ औं वार्षिकोत्सव कार्यक्रममा विपन्न वर्गका विद्यार्थीलाई विद्यालय पहँुच पुर्याउनका लागि आफूहरुले एक लाख रुपैयाँको सहयोग गरेको फउन्डेसनका अध्यक्ष माधब खत्रीले बताए । उनका अनुसार समाजमा विद्यालय पहुँच भन्दा बाहिर कोही नहुन् भनी महाँकालेश्वर स्कुलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । आफ्नो स्वगीय हजुरआमा रत्न खत्री र आमा सानुको सम्झना स्वरुप  विद्यार्थीहरुलाई सहयोग गरेको उनको भनाइ छ । खत्रीका अनुसार भक्तपुरमा फाउन्डेसनले ५० जना विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्ति प्रदान गर्ने निर्णय स्वरुप महाँकालेश्वर प्राविका ३० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । 

 

प्रतिक्रिया