Edukhabar
आइतबार, २५ कार्तिक २०८१
विचार / विमर्श

स्कुल नचलेका बेला घरमै पढाइलेखाइ

विहीबार, ३१ बैशाख २०७२
Dikendra Lal Dhakal

ऐले स्कुल नचलेका बेला आफ्ना बाबूनानीहरुलाई घरमै पढाइलेखाइमा लगाउन शुरु गर्नु भयो त ?

आज रमाइला हिसाब सिकौँ है !

भुरालाई कुनै जोड हिसाब दिनुहोस् । भुराले जोड गर्दछ । रमाइलो कुरो यो खेलको के हो भने हिसाब मिले नमिलेको भुरालाई आफैँ जाँच्ने तरिका सिकाउनु होस् । जस्तो:
६९१४
३०८४
२५१२
४१२०
------
१६६३०
अब जोडफल (उत्तर) ठीक छ कि छैन जाँच्न प्रत्येक तेर्सा पंति जोड्नोस् र एउटै अंक बनाउनोस् ।
६+९+१+४ = २० र यो २० लाई पनि एउटै अंक बनाउँदा २+०= २ हुनेभयो ।
अब प्रत्येक पंतिलाई तेर्सोमुखी यसरी नै जोडेर एउटै अंक बनाउनोस् ।
यसो गर्दा ठाडोमुखी २, ६, १, ७ निस्कन्छ । अब ठाडोमुखी २ +६+१+७जोड्नोस् । १६ अर्थात् एकै अंक हुने गरी १+६ जोड्दा ७ आयो ।
अब जोडफलका फलका प्रत्येक अंक जोडेर एकै अंक बनाउनोस् । १+६+६+६+३+०=१६ र १+६ गरिदा ७नै आयो । यसरी एउटै अंक आयो भने जोड हिसाब मिलेको हुन्छ । नत्र गल्ती छ दोहो-याएर हेर्नुपर्छ ।

तल हेर्नोस् ।
६९१४ = २० = २
३०८४ = १५ = ६
२५१२ = १० = १
४१२० = ७ = ७
------ -----
१६६३० =१६ = ७



अब एउटा हिसाब लेखेर प्रयास गर्नोस्, बुझिसकेपछि आफ्ना केटाकेटीलाई हिसाब लेखेर दिनोस् र जाँच्ने विधि सिकाउनोस् । अनि त १/२ घण्टालाई पुग्ने गरी धेरै हिसाब लेखेर दिनोस् । भुराले रमाई रमाई आफै मिले नमिलेको चेक गर्छन् । मिले खुशी हुन्छन् । नमिले फेरि गर्छन् ।

भोलि अर्को गणितको खेल सिकौँला ।

ढकालको फेसबुकबाट

प्रतिक्रिया