युवाहरुलाई लागूऔषध दूव्र्यसनको लतबाट टाढा राख्ने र महिलाहरुलाई शसक्तिकरणको बाटोमा लग्ने काममा व्यस्त दल वैद्य भोजपुरका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । उनी कविता पनि लेख्छन् । सामाजिक चेत र मानवताको कुराले छोएपछि कविता लेख्न मन लाग्ने बताउने वैद्यले मानविकीमा स्नातक गरेका छन् । विक्रम सम्वत २०२३ सालमा भोजपुरको तरौंदी, ¥याङमा बुवा शेरबहादुर र आमा विष्णुकुमारी वैद्यको कोखबाट जन्मिएका बैद्यको गरिबीका कारण पढ्न नपाएका नानीबाबुहरुको कथा लुकेको कविता 'वनफूल' यो साताको शिक्षा साहित्यमा :
पानीका थोपाहरु
अनुहारभरि छ्यापेर
स–साना औंलाहरुमा
जुठो गिलास च्यापेर
हुलका हुल– मेरी वनफुल
फक्रन्छ यो शहरमा हरेक बिहान ।
कसैको,
सपनाको फुल हो
या हो अँध्यारोको भुल
रछ्यान, अगेना र जुठेल्नो
भको छ स्कुल
मेरी बनफुल ।।
कालो / सेतो र पानीदार
भुँईमा
साबुन पानीले सिञ्चित
मेरी बनफुल
ढाडिएका हात÷चिरिएका पाद
मस्काई रहन्छ रहर
हरदिन – हररात
मेरी बनफुल ।
‘... भर्ना खुल्यो– भर्ना खुल्यो,
अँग्रेजी माध्यममा पठन–पाठन’
लेखिएको तुल
मेरी बनफुल
टाँसेर निधारमा
केही सीता र गाली गीता
साहुनीकी छोरी
स्कुल गकि, हेरिरहन्छ रमिता
मेरी बनफुल ।
प्रतिक्रिया