Edukhabar
सोमबार, १० मंसिर २०८१
विचार / विमर्श

शिक्षक विद्यार्थी सम्बन्ध विकासका क्रियाकलाप

मंगलबार, २६ जेठ २०७२

विनाशकारी भूकम्पले सिर्जना गरेको आपत्कालीन अवस्थामा शिक्षक तथा विद्यार्थीहरूमा परेको मानसिक पीडामा मलहम लगाउँदै विद्यालयहरू सञ्चालनमा ल्याउन सक्दो सहयोग पु¥याउन शैक्षिक जनशक्ति विकास केन्द्रले शिक्षण सहयोगी सामग्री प्रकाशन गरेको छ । विद्यार्थीलाई बालमैत्री क्रियाकलापका माध्यमबाट बिस्तारै नियमित शिक्षण सिकाइ क्रियाकलापमा प्रवेश गराउने उद्देश्यले शैक्षिक जनशक्ति विकास केन्द्रले प्रकाशन गरेको सामग्रीले भूकम्पपछिको आपत्कालीन अवस्थामा शिक्षक विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायत सरोकारवालाहरूलाई सुरक्षाको) आवश्यक प्रवन्ध मिलाउन सघाउने अपेक्षा गरिएको छ । विद्यालय सञ्चालनका सुरुका क्रियाकलापहरू सञ्चालन गर्न शिक्षकहरूलाई सहजीकरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको केन्द्रले जनाएको छ ।

पुस्तकको पहिलो भाग प्रकाशन गरिएको छ ।

सम्बन्ध विकासको लागि शिक्षकले ध्यान दिनु पर्ने कुरा :

- ध्यान दिएर अरूको कुरा सुन्ने  ।
- आफू धैर्य बनी कम बोल्ने तर धेरै सुन्ने  ।
- अरूलाई सम्मान र माया गर्ने वा सहयोगी भावना राख्ने ।
- इमान्दारीता, विश्वासिलो र गोपनयीता कायम गर्न सक्ने  ।
- सहज व्यक्तित्व भएको मानिस, सजिलै भेटन कुरा गर्न र विश्वास गर्न सकिने स्वभाव राख्ने  ।
- अरूको भावना र पीडालाई बुझ्ने, समानुभुति ९भ्mउबतजभतष्अ० भावना राख्ने  ।
- समस्यालाई बुझ्ने, विश्लेषण गर्ने, समाधान खोज्ने (आफूले आफ्नै किसिमको) निर्णय थोपर्ने होइन सहयोगी भूमिका निर्वाह गर्ने ।
- समावेशी शिक्षण सिकाइ वातावरण तयार गर्ने

१. विद्यार्थीलाई स्वागत

अस्थायी सिकाइ केन्द्रको वा सुरक्षित विद्यालयका सुरुका दिनमा विद्यार्थी र अभिभावकलाई स्वागत गर्नु राम्रो हुन्छ । यसरी स्वागत गर्दा स्थानीय संस्कार, संस्कृति, धर्म, मूल्य र मान्यताअनुसार नै मौलिक तरिका अपनाउन सक्नुहुन्छ । जस्तै ः अविरको टीका लगाएर, फुल दिएर, माला लगाएर, मिठाइ÷खाने कुरा दिएर, स्वागत लेखेको कार्ड दिएर आदि ।

स्वागतलाई जीवन्त र हृदयस्पर्सी बनाउन सकियो भने उनीहरूलाई भएको आघात विर्सन मद्दत गर्दछ । विद्यार्थी र अभिभावकलाई स्वागत व्रिmयाकलाप गराउन निम्नानुसारको तरिका अपनाउन सकिन्छ :

- विद्यार्थीका अभिभावकसँग सल्लाह गरेर कक्षा सुरु गर्ने दिन निर्धारण गर्नुहोस् ।
- कक्षा सुरु भएको पहिलो दिनमा उहाँहरूलाई पनि निमन्त्रणा गर्नुहोस् ।
- स्वागत कार्यव्रmममा उपस्थित अभिभावकहरूलाई आ–आप्mनो नानीहरूसँगै बस्न लगाउनुहोस् ।
- पालैपालो विद्यार्थी र सम्बन्धित अभिभावकलाई कक्षाको अगाडि बोलाएर तपाईले तय गरेको विधि र तरिका अपनाएर स्वागत गर्नुहोस् ।
- स्वागतको व्रिmयाकलाप पूरा भएपछि सामान्य परिचय गर्न लगाउनुहोस् ।
- केही अभिभावकहरूलाई आ–आप्mनो विचार प्रस्तुति गर्न लगाउनुहोस् । साथै केन्द्रमा सधै पठाउने प्रतिवद्धता समेत जाहेर गर्न लगाउनुहोस् ।
यसरी कक्षामा अभिभावक र विद्यार्थीलाई स्वागत गर्दा एकअर्कोमा सम्मान गर्ने वातावरण तयार हुन्छ । यसलाई समय समयमा आवश्यकतानुसार फरक फरक तरिकाबाट अभ्यासमा ल्याइरहन पनि सक्नु हुन्छ ।

२. एक–आपसमा परिचय

कक्षाका विद्यार्थीहरू बिच एकआपसमा नामबाट नै चिन्ने गरी परिचय व्रिmयाकलाप गराउनुहोस् । यस्तो व्रिmयाकलापमा तपाई पनि विद्यार्थीसँगै सहभागी हुनुहोस् । यसले तपाईलाई पनि सबै विद्यार्थीको नामबाटै बोलाउने क्षमता विकास गराउँछ । नामबाट बोलाउँदा माया गरेको अनुभूति
हुन्छ । सबैले सबैलाई चिन्नु भनेको समान अस्थित्व स्थापित हुनु पनि हो । यसरी कक्षामा सबैको समान इज्जत र सम्मान भएको वातावरण तयार गर्नुहोस् । यस्तै विद्यार्थीलाई तपाई भनेर सम्बोधन गर्नुहोस् र उनीहरूलाई पनि सोही भन्न लगाउनुहोस् । यसरी कक्षामा मानवीय मूल्य, मान्यता,
आत्मियता र सहयोगको भावना जागृत गर्ने खालका व्रिmयाकलापहरू पनि गर्नुहोस् । एक आपसमा चिनजान गराउने समय समयमा थरीथरीका व्रिmयाकलापहरू गराउन सक्नुहुन्छ ।

क) हातबाट परिचय :

- सबै विद्यार्थीहरूलाई एक एक ओटा एफोर साइजको पानामा आ–आप्mनो हातको चित्र बनाउन लगाउनुहोस् ।
- उक्त हातका औंलाभित्र आपूmलाई चिनाउन चाहिने पाँच ओटा कुरा (नाम, ठेगाना, रुचि, कक्षा, उमेरलेख्न लगाउनुहोस् ।
- मैनकलरले उक्त हातको चित्रलाई रङ भर्न लगाउनुहोस् ।
- हातमा तयार गरेको परिचय पालै पालो प्रस्तुत गर्न लगाउनुहोस् ।
- सबैको पानालाई सङ्कलन गरेर पुस्तक बनाउनुहोस् ।

ख) नाम खेलबाट परिचय


- सबै विद्यार्थीहरूलाई गोलो घेरामा उभिन लगाउनुहोस् ।
- कुनै एक विद्यार्थीलाई आप्mनो नाम भन्न लगाउनुहोस् ।
- सको दायाँ उभिने विद्यार्थीलाई अघि नाम भन्ने साथीको नाम भनेर आप्mनो नाम भन्न लगाउनुहोस् ।
- तेस्रो विद्यार्थीलाई परिचय गरेको दुई जना साथीको नाम व्रmमशः भनेर मात्र आप्mनो भन्न लगाउनुहोस् ।
- यसरी एवम् प्रकारले अगाडि परिचय भएका साथीको नाम भन्दै आप्mनो नाम भन्ने अभ्यास सबैको पालो नपुगेसम्म गराउनुहोस् ।
यसरी नै व्रिmयाकलाप तथा कक्षा अनुसार निम्नानुसार परिचय गराउन सकिन्छ :

ग) घेरामा हात मिलाउँदै परिचय

घ) चित्रका टुव्रmा दुई जना बिच मिलाएर जोडी बनाएर परिचय

ङ) अक्षर, शब्द, वाक्यको दुई भागलाई मिलाएर जोडी बनाइ परिचय

च) घडीबाट परिचय

छ) आप्mनो तस्विर बनाएर परिचय

ज) आपूmलाई चिनाउने विशेषणलाई आप्mनो नामको अगाडि राखेर परिचय ।

अस्थायी सिकाइ केन्द्रका सामग्रीहरूको परिचय

अस्थायी सिकाइ केन्द्र वा सुरक्षित कक्षाको ठामा सकेसम्म स्थानीय, सङ्घ संस्था तथा नेपाल सरकारबाट उपलब्द हुन सक्ने खेल तथा सिकाइ सामग्री राख्नुपर्दछ । यस्ता सामग्रीको परिचय विद्यार्थीलाई गराउँदा, शिक्षकले विद्यार्थीलाई विश्वास गरेको भान हुन्छ र सम्बन्ध विकास
हुन्छ । विद्यार्थीलाई जिम्मेवार बनाउँछ । कक्षामा प्रयोग हुने कतिपय सामग्री नौला र नवीन हुन सक्छन् । त्यस्ता सामग्रीका बारेमा स्वयम् शिक्षकले नै जान्नुपर्ने पनि हुन सक्छ । जब विद्यार्थीले सामग्रीको बारेमा जानकारी पाउँछ तब उसको मनमा भइरहेको जिज्ञासा पूरा हुन्छ ।
यसैले सुरुमा नै कक्षामा प्रयोग हुने सामग्रीको चिनारी र बेलाबेलामा त्यसको सही प्रयोगका लागि सचेत गराउनुहोस् ।

क्रियाकलापहरु :

- अस्थायी सिकाइ केन्द्रमा प्रयोग गरिने सामग्रीहरू एक–एक गर्दै विद्यार्थीहरूलाई चिनाउनुहोस् ।
- यसरी चिनाउँदा त्यसको नाम, किन चाहिन्छ र कसरी प्रयोग गर्नुपर्छ बताएर वा आवश्यक भएर प्रयोग गर्न लगाएरै सिकाउनुहोस् ।
- यस्तै कुन कुन सामग्री शिक्षकले मात्र र दुवैले प्रयोग गर्न सकिन्छ त्यो पनि प्रष्ट गर्नुहोस् ।
- यस्तै कक्षाका सामगी्र जतन र व्यवस्थापन गर्ने जिम्मेवारी पनि विदयथीर्ह रूलाई नै दिनुहोस् ।
- जब चार्टमा यो कामलाई पनि राख्नुहोस् । यसले विद्यार्थीलाई जिम्मेवार बनाउँछ । शिक्षकलाई पनि सजिलो हुन्छ ।

कक्षामा प्रयोग हुने सामग्रीहरू जस्तै : स्थानीय स्तरमा बनेका तथा किन्न पाइने खेलौना, कालो वा सेतोपाटी, चक, पकेट बोर्ड, फ्लास कार्ड, क्यालेण्डर, खेल सामग्री, कपषा कोठाको नियम, समय, जबचार्ट, हाजिरी खाता, प्रगति अभिलेख, पाठ योजना, मेटाकार्ड, मैनकलर, साइनपेन,
विद्यार्थीको कापी, किताब, पेन्सिल, इरेजर, पेन्सिल कटर, आदि हुन सक्छन् ।

सम्बन्ध विकासमा बाधा पुग्ने, गर्न नहुने कुराहरू

- असुरक्षित र होहल्ला भएको ठाउँमा मनोसामाजिक सहयोग दिनु हुन्न ।
- एक अर्काप्रति भेदभावपूर्ण व्यवहार गर्न हुँदैन । केटी, केटा, यो जात र त्यो जात वा त्यो समूह र यो समूह भन्नु हुँदैन ।
- समूहमा बस्दा एक जनाको मात्र कुरा सुन्ने अथवा व्यक्ति र समूह विशेषको पक्षमा बोल्ने गर्नु हुँदैन ।
- आफूमात्र बोल्ने अरूको कुरा नसुन्ने गर्नु हुँदैन ।
- अरूले भनेका कुरालाई बेवास्ता गर्ने, बोल्दै गरेको बिचमा आपूmले बोलेर बाधा दिने गर्नु हुँदैन ।
-  कसैलाई दोष, आरोप प्रत्यारोप लगाउने काम गर्नु हुँदैन ।
- अरूको भावनामा आँच आउने किसिमका शब्द बोल्नु हुँदैन ।
- कडा, ठाडो र रुखो बोलीले बोल्नु हुँदैन ।
- असत्य र भ्रामक कुराहरूको सूचना दिने, अनावश्यक आस्वासन दिने काम गर्नु हुँदैन ।
- पिडित व्यक्तिलाई अझ पीडा बल्झाउने गरी प्रश्न गर्नु हुँदैन ।
- नितान्त व्यक्तिगत कुरा गोप्य राख्नुपर्छ । शिक्षकले सबैको सामु भन्न बाध्य गराउने र भनेका कुरा सबैलाइ फैलाइदिने गर्नु हुँदैन ।
- आफ्नो व्यक्तित्वमा तडक भडक नदेखाउने  ।
- सबैले बुभ्mने भाषामा बिस्तारै सहज र सरल तरीकाबाट बोल्ने । आफूले धेरै जाने जस्तो विदेशी भाषाको प्रयोग नगर्ने, स्पष्टसँग नभनी जटिल भाषाको प्रयोग नगर्ने ।
- पीडामाथि पीडा थपिदिने कार्य विलकुल नगर्ने ।

साभार : शैक्षिक जनशक्ति विकास केन्द्रले प्रकाशन गरेको विपद् पश्चातको लागि शिक्षण सहयोगी सामग्री भाग १ मनोसामाजिक सहयोगी र सिकाइ तत्परता विद्यालय खुलेको पहिलो तथा दोश्रो हप्ताका लागि क्रियाकलापहरु बाट ।

प्रतिक्रिया