कक्षा बैठक
कक्षाकोठामा विद्यार्थीहरूलाई अनुशासित गर्न कक्षाको समय, नियम र काम उनीहरूकै सहभागितामा तयार गर्नु राम्रो हुन्छ । यसले विद्यार्थीहरूलाई जिम्मेवार बनाउन सहयोग गर्दछ । अस्थायी सिकाइ केन्द्रमा जिम्मेवार विद्यार्थीको वातावरण तयार गर्नका लागि केन्द्रको सुरुका दुई तिन दिनभित्र कक्षा बैठक गरेर केन्द्रको समय, नियम र कामहरू तयार गर्नुपर्छ । साथसाथै दैनिक नियमित रूपमा गरिने क्रियाकलापले बालबालिकालाई सामान्य जीवनमा फर्कन मदत गर्छ ।
कक्षाको स्तर अनुसार सहजकर्ता तथा शिक्षकले सहजीकरण र गराउने क्रियाकलापको चयन गर्नु पर्दछ । जस्तःै, शिशु कक्षा देखि कक्षा ३ सम्म समय, नियम तथा काम बारे शिक्षकबाट बढी सहजीकरण चाहिन्छ भने माथिल्लो कक्षामा विद्यार्थीहरूमा बढी छलफल आवश्यक हुन्छ । सामग्री विकासमा पनि माथिल्लो कक्षामा विद्यार्थीहरूलाई आपैmँ बनाउन लगाउनु पर्दछ ।
क) कक्षाको समय :
केन्द्रमा आउने, सिक्ने, बस्ने र फर्कने समयका सम्बन्धमा सबै विद्यार्थीले थाहा पाउन जरुरी हुन्छ । कक्षा बैठक गर्दै समय तालिका तयार गर्नुपर्छ । यस्तो तालिकालाई सजिलै बुझ्न सक्ने बनाउन सचित्र (घडी र कामसँग मिल्ने चित्र) सामग्रीहरू पहिले नै तयार गरेर राख्नुपर्छ ।
- कुट/कार्टुनमा चार्टपेपरले राखेर हाम्रो समय तालिका तयार गर्नुहोस् ।
- उक्त तालिकाको बिचमा एउटा ठुलोे घडी बनाएर टाँस्नुहोस् ।
- सबै विद्यार्थीसँग छलफल गर्दै केन्द्रमा आइपुग्ने समय, आएपछि गर्नुपर्ने कामको समय, टिफिनको समय, खाजा खाने समय, बस्ने ठाउँमा फर्कने समय आदि अलग अलग कार्डमा लेख्दै सम्बन्धित समयको नजिकै टाँस्नुहोस् ।
- सबैको सहमतिमा तयार भएको समय र तालिकालाई ताली बजाएर पारित गर्नुहोस् ।
- यो सामग्रीलाई सबैले देख्ने गरी कक्षामा झुण्डाएर राख्न लगाउनुहोस् ।
ख) कक्षाको नियम :
कक्षा बैठक गर्दै केन्द्रमा विद्यार्थी र शिक्षकले पालना गर्नु पर्ने नियम बनाउनु पर्छ । यसले विद्यार्थी र शिक्षकको अपेक्षा र व्यवहार पूरा गर्न मदत गर्दछ । यस्तै दुवै पक्षलाई जिम्मेवार बनाउँछ । विद्यार्थी कै सहभागितामा नियम बनाउँदा नियमलाई बुझाइरहन पर्दैन । पालना गर्नै पर्छ भन्ने आत्मानुभूति गराउँछ । कुनै अवस्थामा पालन हुन सकेन भने पनि उत्तरदायी तथा जवाफदेही भएर प्रस्तुत हुन सक्ने बनाउँछ । कक्षामा आपसी सद्भाव, सहयोग र सिकाइ वातावरण तयार हुन्छ । जसले जिम्मेवार, नैतिकवान र आदर्श नागरिक हुनका लागि डोहो¥याइरहन्छ । असल संस्कार विकास भएर घर परिवार र समुदायलाई नै रूपान्तरण गर्न मदत गर्दछ । नियम बनाउँदा सरल, छोटो र उनीहरूकै बोलीचालीका शब्द र भाषा प्रयोग गर्नु राम्रो हुन्छ । कक्षाको नियम बनाउन निम्नानुसार गतिविधिहरू गर्नु पर्ने हुन्छ :
- कुट/कार्टुनमा चार्टपेपर राखेर हाम्रो नियम तालिका तयार गर्नुहोस् ।
- विद्यार्थीहरूसँग कुराकानी गर्दैकुनै एउटा नियममा छलफल गरेर पारित गर्नुहोस् ।
- त्यसलाई मिल्दो कार्डमा लेखेर नियम तालिकामा टाँस्नुहोस् ।
- यसरी नै यो बैठकमा अत्यावश्यक २÷३ ओटा निमयहरूमा छलफल गर्दै पारित गरेर टाँस्नुहोस् ।
- सबैको सहमतिमा तयार भएको नियमहरूलाई ताली बजाएर पारित गर्नुहोस् ।
- यो सामग्रीलाई सबैले देख्ने गरी कक्षामा झुण्डाएर राख्न लगाउनुहोस् ।
- अर्को पटकको बैठकमा पहिलाको निमयहरूलाई समीक्षा गर्दै अरू आवश्यक नियमहरू थप्दै पारित गराउनुहोस् ।
ग) कक्षाको काम :
कक्षा बैठकबाट हाम्रो कक्षाकोठाको काम तालिका तयार गरी जिम्मेवारी बाँडफाँड गर्नुहोस् । विद्यार्थीले सक्ने काम उनीहरूलाई नै गर्न लगाउँदा उनीहरू जिम्मेवार हुन्छन् । यसले उनीहरूमा मिलेर काम गर्ने, कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा गर्ने, जिम्मेवारी वहन गर्न तयार हुने, कामको विभाजन गरेर काम गर्दाको फाइदा अनुभव गर्ने, सबैले सबै काम गर्न पालो पाउने, काममा ठुलोे र सानो भन्ने भावना नहुने जस्ता व्यवहारहरूलाई अभ्यास गरेर सिकाउँछ । कक्षाको काम तालिका र जिम्मेवारी दिने तरिका ः
- कुट/कार्टुनमा चार्टपेपर राखेर हाम्रो काम तालिका तयार गर्नुहोस् ।
- विद्यार्थीसँग कुराकानी गर्दै कक्षामा गर्नुपर्ने नियमित कामहरूको सूची बनाउनुहोस् । जस्तैः मनिटर वा लिडर, कक्षा सफा गर्ने, जुत्ता–चप्पल मिलाउने, सामग्री मिलाएर राख्ने, पानी ल्याउने, कक्षाका सामग्री ल्याउने–लाने, काम पर्खने आदि ।
- विद्यार्थीसँग छलफल गरेर माथिका कुन कुन कुरा गर्ने भनेर अन्तिम टुङ्गो लगाउनुहोस् ।
- प्रत्येक कामका लागि एउटा एउटा गोजी तालिका टाँस्दै जानुहोस् ।
- विद्यार्थीको नाम लेख्ने कार्डमा उनीहरूलाई नै आ–आप्mनो नाम लेख्न लगाउनुहोस् । नाम लेख्न नसक्ने भए चित्र वा सङ्केत बनाउन लगाउनुहोस् । नाम लेख्न सक्ने भएपछि त्यसैको अर्काेपट्टि लेख्न लगाउनुहोस् ।
- यस हप्ताका लागि कुन काम ककसले गर्ने तालिकाको गोजीमा विद्यार्थीको नाम क्रमशः राख्दै हात उठाउन लगाउनुहोस् ।
- यस हप्ता काम गर्न नपर्नेहरूलाई काम पर्खने गोजीमा राखिदिनुहोस् ।
- पालैपालो कुन काम कसरी गर्ने सम्बन्धित विद्यार्थीलाई भन्न लगाउनुहोस् । थप कुरा भए तपाईले पनि बताइदिनुहोस् ।
- यस तालिकालाई पनि कक्षामा देख्ने गरी राख्न लगाउनुहोस् ।
कक्षा बैठकलाई प्रत्येक शुक्रबार निरन्तरता दिनुहोस् । बैठकमा कक्षामा तयार गरेको कक्षाकोठाको समय, नियम, कामको समीक्षा गर्नुहोस् । सबैले समय पालना गरे नगरेको समीक्षा गर्नुहोस् । समय परिवर्तन गर्न आवश्यक भए सबैको सहमतिमा गराउनुहोस् । पहिला बनाएको निमयहरू पालना भए नभएको समीक्षा गर्नुहोस् । नियम पालना नगर्ने कोही भए उसको कुरा राख्न लगाउनुहोस् । अब पालना गर्नु भनेर प्रतिवद्ध हुन लगाउनुहोस् । आवश्यक भए केही नियमहरू छलफल गर्दै थप्नुहोस् । कक्षा कोठाको काम गर्ने अधिल्लो हप्ताका विद्यार्थीहरूलाई आ–आफ्नो अनुभव बताउन लगाउनुहोस् । धन्यवाद दिँदै यस हप्ताका लागि पालो पर्खनेबाट नाम तोकिदिनुहोस् । आवश्यक भए काम गर्ने तरिका सम्झाउने र सिकाइ दिनुहोस् ।
यसका अलावा कक्षा बैठकमा विद्यार्थीको उपस्थिति दिन, आप्mनो समस्या, पढाइ–लेखाइको अवस्था, आउने हप्तामा गर्ने कुरा र उनीहरूको जिम्मेवारी, विद्यार्थीको आशा–अपेक्षा आदि कुरामा पनि छलफल गर्नुहोस् । यसबाट विद्यार्थीहरू जिम्मेवार भई कक्षाका व्रिmयाकलापहरूमा नियमित हुने वातावरण तयार हुन्छ । कक्षामा निर्धक्क आफ्ना कुरा राख्ने, स्वयम् जिम्मेवार हुने, सिकाइ प्रक्रियामा सक्रिय विद्यार्थी हुने जस्ता गुणहरूको विकास हुन्छ । विशेषतः विपद् पछिको अवस्थामा, आप्mनो मनोसामाजिक समस्या राख्ने ठाँउ पाउँछन् । त्यसैले कक्षा बैठकलाई नियमित प्रव्रिmयाको रूपमा अभ्यास गर्नुहोस् र यसलाई सिकाइ व्रिmयाकलाप कै एउटा अङ्गको रूपमा विकास गर्दै लानुहोस् ।
कक्षाका नियमित क्रियाकलाप
परिचय : सिकाइ प्रव्रिmयामा शिक्षक विद्यार्थी बिच घनिष्ठ सम्बन्ध हुन अत्यावश्यक छ । यसका लागि कक्षामा गरिने कार्यहरूलाई स–साना क्रियाकलापमा ढाल्न आवश्यक छ । त्यस्ता क्रियाकलापहरू नियमित प्रकृतिका र विषयगत सिकाइ उपलब्धिमा आधारित हुन अनिवार्य हुन्छ ।
विपद्को अवस्थामा सञ्चालन गरिने अस्थायी सिकाइ केन्द्रमा बहुकक्षा र बहुस्तरका विद्यार्थीहरू एउटै कक्षामा राखेर सिकाउनु पर्ने अवस्था रहन्छ । यस समयमा शिक्षकले कक्षाको सुरुमा नियमित व्रिmयाकलापहरू गराउन आवश्यक हुन्छ । नियमित क्रियाकलापले विद्यार्थीहरूलाई विद्यार्थीताको सुनिश्चितता गराउँछ । यसले विद्यार्थीको अन्तरनिहित प्रतिभावको प्रस्फुटन गराउन, भाषा, सामाजिक र गणितीय सिप विकास गर्न सहयोग गर्छ । यस्तै कक्षाको सिकाइ वातावरण तयार गर्न सहयोग गर्दछ । नियमित व्रिmयाकलाप गराउन प्रत्येक दिनको सुरुमा २० देखि ३० मिनेटको समय छुट्याउनु पर्छ ।
उद्देश्य :
दैनिक रूपमा सञ्चालन गरिने व्रिmयाकलापहरूले विद्यार्थीहरूमा निम्नानुसारको सक्षमता विकास हुनेछ :
- अस्थायी सिकाइ केन्द्रमा विद्यार्थीहरूलाई सिकाइ वातावरण तयार गर्न,
- विद्यार्थीहरूको सिकाइ सुनिश्चित गर्दै उनीहरूमा भएको प्रतिभा प्रष्फुटन गराउन,
- भाषिक, सामाजिक, गणितीय तथा जीवन उपयोगी सिप विकास गर्न ।
क्रियाकलापहरू :
यस अन्तर्गत ६ ओटा व्रिmयाकलापहरू छन् । जसमध्ये १ देखि ५ सम्म क्रमश: गर्दै जानुपर्ने र ६ नम्बरको क्रियाकलाप चाहिँ सम्बन्धित विषयको समयमा गर्ने नियमित क्रियाकलाप हो । नियमित क्रियाकलापहरू दैनिक रूपमा सञ्चालन गर्न निम्नानुसार समय लाग्न सक्छ । यो समय विद्यार्थी सङ्ख्या र स्तर अनुसार तल माथि पनि हुन सक्छ । तर सबै क्रियाकलाप गराउनु राम्रो हुन्छ ।
क्र.सं क्रियाकलापको नाम अनुमानित समय
१शिक्षक विद्यार्थी अन्तरव्रिmया २ मिनेट
२सरसफाइ स्वमूल्याङ्कन ५ मिनेट
३शान्तिको कामना ५ मिनेट
४कथा वा कवितावाचन ५ मिनेट
५सन्देश वाचन र छलफल ३ मिनेट
६विद्यार्थी उपस्थिति जनाउने तरिका५/७ मिनेट
१. शिक्षक विद्यार्थी अन्तरक्रिया :
शिक्षक विद्यार्थी अन्तरव्रिmया भन्नाले सामान्य कुराकानी वा वार्तालाप हो ।यसलाई बढीमा २ मिनेटसम्म गर्नुहोस्। शिक्षक विद्यार्थी अन्तरक्रियालाई व्यवहारिक र जीवन्त बनाउन कोसिस गर्नुहोस् । यसका लागि फरक–फरक तरिका अपनाउनुहोस् । यस क्रियाकलापबाट कक्षाको वातावरण तयार गर्दै सबै विद्यार्थीहरूले आफ्नो दिलमा शिक्षक राख्ने बनाउँछ । अन्तरक्रिया गर्ने तरिका तल दिइएको छ :
- कक्षामा पुगेपछि विद्यार्थीलाई अभिवादन गर्दै आ–आप्mनो जबचार्ट अनुसारको कार्य गर्न सम्झाउनुहोस् ।
- तपाईले आज दिने शिक्षक सन्देश पाटीमा लेख्नुहोस् ।
- सबै विद्यार्थीलाई आप्mनो स्थानमा बस्न लगाएर शिक्षक विद्यार्थी अन्तरव्रिmया सुरु गर्नुहोस् ।
- अन्तरक्रियालाई प्रश्नोत्तरका रूपमा कुराकानीगर्दै जस्तै सबै जना आयौं ?, सबैलाई सञ्चौ छ ?, तिमीहरूलाई यो अस्थायी सिकाइ केन्द्र कस्तो लाग्छ ?, सबैले खानेकुरा खायौं ? आ–आप्mनो काम गरिसक्यो ? आदि जस्ता सामुहिक र केही विद्यार्थी विशेषसँग प्रश्नोत्तर पनि गर्नुहोस् ।
- सधैं एकै किसिमका कुराकानी नगर्नुहोस् । कक्षाको आवश्यकता र सन्दर्भसँग मिल्ने गरी फरक–फरक किसिमले कुराकानी गर्नुहोस् ।
२. सरसफाइ स्वमूल्याङ्कन :
विद्यार्थीहरूलाई दैनिक रूपमा व्यक्तिगत सरसफाइ गर्ने बानीको विकास गराउन यो व्रिmयाकलाप गराउन आवश्यक हुन्छ । भूकम्पले गर्दा बालबालिकाहरूको सरसफाइका आनी बानीमा परिवर्तन तथा सरसफाइमा सहज अवस्था नभएको हुन सक्छ । यसका लागि अस्थायी सिकाइ केन्द्रमा सरसफाइको बानी विकास गराउने गरी सरसफाइ स्वमूल्याङ्कन, आवश्यकता अनुसार प्रयोगात्मक कार्य, सरसफाइ सम्बन्धी खेलहरू खेलाउनु पर्छ । यसले उनीहरू आफू स्वस्थ रहन र परिवार तथा छरछिमेकमा पनि सरसफाइका कार्यहरू गर्न अभिप्रेरित गर्दछ । यसका लागि बढीमा ५ मिनेट समय लाग्न सक्छ । सरसफाइ स्वमूल्याङ्कन व्रिmयाकलापलाई कक्षामा सञ्चालन गर्ने तरिका :
- सरसफाइ सम्बन्धी चेक लिष्ट तालिकामा विद्यार्थीहरूको नाम लेख्नुहोस् ।
- चेक लिष्टमा रेजा लगाउने तरिका सिकाउनुहोस् ।
- सम्भव भए एक महिनाका लागि प्रत्येक विद्यार्थीको निम्नानुसारको तालिका बनाएर फाइलमा राख्ने व्यवस्था मिलाउनुहोस् ।
नाम : उमेर : महिना :
काम
गतेहात धुनेमुख धुनेदाँत माझ्नेनुहाउनेनङ काट्नेकेस कोर्नेलुगा धुनेघर आङ्गन सफा गर्नेकक्षा सफा गर्ने
- चेक लिष्टमा भए अनुसार प्रत्येक विद्यार्थीलाई रेजा लगाउन समय दिनुहोस् । समय बचाउन यसलाई कक्षामा आइपुग्ने वित्तिकै भर्न सकिने नियम बनाउनुहोस् ।
- जब चार्टमा सरसफाइ जाँच गर्ने कार्यलाई पालैपालो गर्ने गरी मनिटर पनि राख्नुहोस् ।
- सरसफाइ मनिटरले देखेको कुरा बताउन लगाउनुहोस् ।
- विद्यार्थीहरूलाई चेक लिष्टमा भएको व्यक्तिगत सरसफाइका कुराहरूलाई आधार बनाउँदै व्यक्तिगत तथा सामुहिक छलफल गराउनुहोस् ।
- आवश्यकतानुसार प्रयोगात्मक कार्य र सरसफाइ खेल पनि खेलाउनुहोस् ।
यो क्रियाकलाप खास गरी कक्षा १ देखि ३ लाई गराउन राम्रो हुन्छ । शिशु कक्षालाई सहजकर्ताले हेरिदिन सक्नुहुन्छ । अरू कक्षाहरूमा आवश्यकता अनुसार गराउन पनि सकिन्छ । यसले दैनिकीमा जान मदत गर्नुका साथसाथै, बालबालिका मार्फत् सरसफाइको सन्देश उनीहरूको भाइ बहिनी र घर परिवारमा पु¥याउन पनि सकिन्छ ।
३. शान्तिको कामना :
शान्तिको कामना गर्दा कक्षामा सम्मानकासाथ सिकाइको वातावरण तयार हुन्छ । शान्ति कायम गर्न म र हामी दुवैको भूमिका रहेछ भन्ने बुझाइ गराउँछ । शान्तिका लागि झैझगडा गर्न नहुने रहेछ भन्ने ज्ञान प्राप्त हुन्छ । शान्तिको प्रतीकले झैझगडा भइहाले पनि सचेत गराउँछ । शान्ति जस्तो अमूर्त कुरालाई गिलासमा राखेको पानी र फुलले जीवन्त प्रतीकका रूपमा सचेत गराउँछ । दैनिक रूपमा गरिने अभ्यासले शान्तिका लागि सबैका मनमा ठुलोे ठाउँ बनाउँछ । यसलाई सधैंका लागि आ–आप्mनो जीवनशैली र मूल्य मान्यताका रूपमा स्थापित गराउँछ । यसका लागि बढीमा ५ मिनेट समय लाग्न सक्छ । शान्तिको कामना गर्ने तरिका तल दिइएको छ :
- यो क्रियाकलाप गर्नका लागि एउटा शिशाको गिलास व्यवस्था गर्नुहोस् ।
- त्यो गिलासमा पानी र फुल राख्नुहोस् ।
- गिलासलाई सबैले देख्ने गरी कक्षाको अगाडि राख्नुहोस् ।
- कक्षाका सबै विद्यार्थीहरूलाई गोलो घेरामा उभिन लगाउनुहोस् ।
- विद्याथीहरूलाई दायाँ हात छातिमा राख्न लगाइ “शान्ति कोबाट सुरु हुन्छ” ?भनेर सोध्नुहोस् । उनीहरूलाई “शान्ति हामीबाटसुरु हुन्छ” भनेर जवाफ दिन लगाउनुहोस् ।
- फेरि “शान्ति कहाँबाट सुरु हुन्छ” यही प्रश्न गर्नुहोस् । यस पटक “शान्ति म भित्रबाटसुरु हुन्छ” भनेर जवाफ दिन लगाउनुहोस् ।
- तपाईले शान्तिको प्रतीकको रूपमा रहेको गिलासको पानी र फुललाई हातमा लिनुहोस् ।
- त्यसलाई तपाईको दायाँतर्फ रहेको विद्यार्थीलाई शान्ति ...... (उसको नाम) भन्दै गिलास दिनुहोस् ।
- उसलाई पनि दायाँतर्फको अर्को साथीलाई शान्ति ..... (साथीको नाम) भन्दै गिलास पास गर्न लगाउनुहोस् ।
- यसरी नै पालैपालो दायाँ बस्ने साथीको नाम भन्दै शान्तिको गिलास पास गर्न लगाउनुहोस् ।
- सबैको पालो पूरा भएपछि त्यस शान्तिको प्रतीक गिलासलाई कक्षामा सबैले देख्ने ठाउँमा राख्न लगाउनुहोस् ।
- अर्को दिनका लागि विद्यार्थीलाई नै शान्तिको कामना गराउने पालो तोकिदिनुहोस् ।
- यसरी नै दैनिक रूपमा फरक फरक विद्यार्थीलाई शान्तिको कामना गर्न लगाउनुहोस् ।
- विद्यार्थी बिच झैझगडा, भनाभन, द्वन्द्व भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई शान्तिको प्रतीक गिलास छुन लगाएर झगडा नगर्ने प्रतिवद्धता गर्न लगाउनुहोस् ।
४. कथा वा कविता वाचन
शिक्षकले सुनाउने कथा वा कविता वाचनलाई नियमित व्रिmयाकलापका रूपमा अभ्यास गराउनु पर्छ । यसका लागि प्रत्येक दिन ५ मिनेटको समय राख्न सकिन्छ । शिक्षकले सुनाउने कथाको स्रोत बाल उपयोगी कथाहरू र उनीहरूको पाठ्यपुस्तकहरू पनि हुन सक्छन् । आपैmँ रचेका कथा तथा कविता पनि सुनाउन सकिन्छ । एउटा कथालाई दैनिक पाँच मिनेटका दरले धारा बाहिक रूपमा सुनाउन सकिन्छ । दैनिक रूपमा कथा सुनाउनका लागि निम्नानुसारको प्रक्रिया अवलम्बन गर्नु राम्रो हुन्छ :
- कक्षा तथा स्तर अनुसार विद्यार्थीहरूलाई सुनाउन मिल्ने उपचारात्मक र सान्दर्भिक कथाहरू छनोट गर्नुहोस् ।
- केही उपयोगी लोक कथा तथा कविताहरू पनि आफँैले तयार गर्नुहोस् ।
- पाठ्यपुस्तकका कथा तथा कविताहरूलाई पनि छनोट गर्नुहोस् ।
- कक्षाको बिचमा सबै विद्यार्थीले देख्ने गरी कुर्सीमा बस्नुहोस् ।
- विद्यार्थी सबैलाई नजिकै बोलाउनुहोस् ।
- कथा वा कविताको किताब देखाउँदै चित्र भए छलफल गर्नुहोस् र एक एक वाक्य पढ्दै त्यसको सान्दर्भिक प्रश्नोत्तर पनि गर्नुहोस् ।
- यसरी नै पाँच मिनेटसम्म कथा सुनाउनुहोस् र बाँकी कथा अर्को दिन सुनाउँछु भन्नुहोस् ।
- अर्को दिन कथा सुनाउँदा पहिला सुनिसकेका कुरा छलफल गर्दै त्यसपछिको कुरामा अगाडि बढ्नुहोस् ।
- यसै गरी हरेक दिन पाँच मिनेटका दरले कथा सुनाउनुहोस् ।
कथा वाचनको व्रिmयाकलापलाई शिक्षक आफँैले गर्नुहोस् । यस्तै कहिले कहीँ अभिभावकहरूलाई बोलाएर पनि कथा भन्न लगाउन सक्नु हुन्छ । यसरी शिक्षकले कथा वाचन गर्दा विद्यार्थीहरूमा कल्पना शक्तिको विकास गराउँछ । सिर्जनशीलता बढाउँछ । कथाको भाव तथा क्षणहरूमा पु¥याउँछ । जसले गर्दा छुट्टै अनुभूति गराउँछ । शब्द उच्चारण र बोलचालमा त्यसको हाउभाउ बुझ्नसमेत मदत गर्दछ । यसले भाषाको सुनाइ, बोलाइ, पढाइ सिप विकास गर्न सहयोग गर्छ । यस्तै कक्षालाई रमाइलो वातावरण बनाइ राख्छ ।
विद्यार्थी स्वयम्लाई पनि कथा वाचन गर्ने व्रिmयाकलाप गराउन सक्नु हुन्छ । तर यसका लागि अलगै समय र सबैले कथा भन्न पाउने गरी कथा भन्ने पालो भएको तालिका बनाउनुहोस् । यस्तो तालिका पहिले नै तयार गर्नुहोस् । कहिले कहीँ कथा भन्ने व्रिmयाकलापलाई कुनै एक जना विद्यार्थीले कथाको एउटा वाक्य भनेर सुरु गर्न सकिन्छ । त्यसपछि अर्को विद्यार्थीलाई त्यसैसँग सम्बन्धित अर्को वाक्य थप्न लगाउन सकिन्छ । यसरी पालैपालो लहरैसँग एक–एक वाक्य भन्दै कथा पूरा गर्न लगाउन सकिन्छ । यसरी कथा भन्ने शैलीले विद्यार्थीमा सिर्जनात्मक क्षमता विकास गराउंँछ ।
कथा भन्ने क्रियाकलापलाई स्थानीय भाषा अर्थात् मातृभाषामा पनि गराउन सकिन्छ । कथा वाचन विद्यार्थीको उमेर सुहाउँदो हुनु जरुरी छ । त्यसै गरी कथा सकिएपछि त्यसबारे छोटो चर्चा–प्रश्नोत्तर गर्नु आवश्यक हुन्छ । प्रश्नोत्तर गर्दा कथामा मन परेका र मन नपरेका कुराहरू गर्न सकिन्छ । कथालाई नै आधार बनाएर सिर्जनात्मक लेखन, पुस्तक वा पाठमा आधारित व्रिmयाकलाप, नाटक तथा अभिनय गर्न लगाउन पनि सकिन्छ ।
५. सन्देश वाचन र छलफल :
शिक्षकले प्रत्येक दिन विद्यार्थीका लागि दिने खबर नै सन्देश वाचन र छलफल हो । शिक्षकको यो छोटो पाठयोजना पनि हो । प्रत्येक दिनसन्देश वाचन र छलफल गर्दा आज सर/मिसले के पढाउनु वा सिकाउनु हुन्छ भन्ने जिज्ञासालाई सामान्य रूपमा हल गर्न मदत गर्दछ । यस्तै शिक्षकले दिनभरी गराउने व्रिmयाकलापहरू थाहा पाउँछन् । यसले उनीहरूलाई शारीरिक र मानसिक रूपमा सिकाइ गर्न तयार गराउँछ । दैनिक रूपमा सन्देश वाचन र छलफलका लागि ३ मिनेटको समय छुट्याउन सक्नु हुन्छ । सन्देश वाचन र छलफलका लागि निम्नानुसारको प्रव्रिmया अवलम्बन गर्न सक्नुहुन्छ :
- कक्षाको सुरुमा नै आजको सन्देश कालो वा सेतोपाटीमा लेख्नुहोस् ।
- नियमित व्रिmयाकलापको यस चरणमा पुगेपछि पाटीमा लेखेको सन्देश पढेर सुनाउनुहोस् ।
- सन्देश पढिसकेपछि विद्यार्थीसँग छलफल गर्नुहोस् ।
- विद्यार्थी स्वयम्ले सन्देश पढ्न सक्ने भए दैनिक रूपमा पालो गरेर पढ्न लगाउनुहोस् ।
- सन्देशमा भएका कुराहरूमा छलफल भने तपाई स्वयम्ले नै गराउनुहोस् ।
- सन्देशलाई सकेसम्म दिन भर कक्षामा राखिराख्नुहोस् ।
शिक्षकको सन्देश लेख्दा दैनिक रूपमा मिति, बार, सम्बोधनलाई फरक–फरक तरिका अपनाउनुहोस् । सन्दर्भ मिल्ने गरी त्यस दिन कुनै चाडपर्व, उत्सव, दिवस, घटना, खबर, जानकारी वा सूचनामध्ये कुनै एउटा कुरालाईउल्लेख गरेर एउट सन्देश बाक्य लेख्नुहोस् । यस्तो सन्देश वाक्य हरेक दिन फरक–फरक वा त्यसको प्रकृतिअनुसार केहीपटक दोहो¥याएर पनि लेख्न सक्नु हुन्छ । सन्देश वाक्य लेखिसकेपछि त्यस दिन गरिने व्रिmयाकलापहरू क्रमशः लेख्नुहोस् ।अन्त्यमा सकारात्मक अन्त्य गर्दै सन्देश लेख्नेको सम्बोधन लेख्नुहोस् । यसलाई पूर्व तयारीका रूपमा पहिला आप्mनो डायरीमा लेखेर राख्न सक्नु हुन्छ ।
सन्देशमा प्रयोग गरिने शब्द तथा वाक्यहरू सरल, छोटो, शुद्ध, सफा र देखिने हुनुपर्छ । वाक्य लेख्दा बढीमा ५ देखि ७ शब्दको हुनुपर्छ । छोटो वाक्यमात्र विद्यार्थीले सहजै बुझ्न सक्छन् । एउटा असल सन्देशमा फरक–फरक तरिकाले मिति, बार, सम्बोधन, सान्दर्भिक सूचना, सन्देश वा जानकारी, दिनभरी गरिने व्रिmयाकलापहरू, प्रेशकको नाम सहित सरल, छोटो वाक्य, शुद्ध, सफा र देखिने गरी लेखिएको हुन्छ । यस्तै कुनै पनि समयमा सहजै हेर्न र अध्ययन गर्न सकिने गरी डायरी वा कापीमा अभिलेख पनि राखिएको हुन्छ ।
चाडपर्व, दिवस, उत्सव, सूचना जस्ता कुरा सम्बन्धित समयमासन्देश वाक्यको रूपमा शिक्षक सन्देशमा राखेर कुराकानी गर्दा विद्यार्थीलाई सहजै अनुभव भई बुझ्नलाई सजिलो हुन्छ । यस्तै सान्दर्भिक र व्यवहारिक सिकाइ हुन्छ । दैनिक रूपमा गरिने सन्देश वाचन र छलफल प्रव्रिmयाबाट विद्यार्थीहरूमा भाषाको सुनाइ, बोलाइ र पढाइ सिपको विकास भइरहेको हुन्छ । यस्तै लेखाइको शैली पनि सिकिरहेका हुन्छन् । साथै समायोजन र रूपान्तरण गर्ने क्षमता विकास हुन्छ । शिक्षकका लागि यो व्रिmयाकलाप सिकाइको पूर्व तयारी पनि हो । यस्तै शिक्षकले डायरीमा राखेको अभिलेख स्वमूल्याङ्कन र अनुगमनको औजार पनि हो । यसबाट सम्मानका साथ सिकाइमा बल मिल्छ ।
६. विद्यार्थी उपस्थिति जनाउने तरिका :
प्रत्येक दिन फरक फरक विषयको समयमाव्रिmयाकलाप गरेर हाजिरी गराउन सकिन्छ । नेपाली विषयको समयमा हाजिरी गर्ने हो भने नेपाली विषयको सिकाइउपलब्धि, विद्यार्थीको सिकाइ स्तर र कक्षा अनुसार अक्षर, शब्द, वाक्य भन्न लगाएर हाजिरी गर्न सकिन्छ ।
यसरी हाजिरी गर्दा सिकाइ पुनरावलोकन तथा मूल्याङ्कन हुन्छ । यस्तैनयाँं कुरा सिकाउने, नयाँ नयाँ कुरा खोज्ने वातावरण सिर्जना गराउँछ । यसरी हाजिरी गर्दा बढी समय लागेपनि विद्यार्थीले दिगो सिकाइ गर्छन् । नयाँ कुराबाट हाजिरी गर्ने भन्ने वित्तिकै चुनौतीको सामना गर्ने, खोज तथा अन्वेषण गर्ने बानीको विकास हुन्छ । शब्द भण्डार, सूचना तथा जानकारीहरू हासिल पनि गर्दछन् ।
हाजिरी गर्ने प्रक्रिया :
- भोली कुन विषयमा केबाट हाजिर गर्ने हो अघिल्लो दिन नै विद्यार्थीहरूलाई जानकारी दिनुहोस् ।
- तपाईले हाजिरी रजिष्टर लिएर हाजिरी बोलाउनुहोस् ।
- एउटै कक्षामा फरक फरक कक्षाका विद्यार्थी भए कुन कक्षाले केबाट हाजिरी गर्ने बताइ दिनुहोस् ।
- हाजिरी रजिष्टरमा उपस्थिति जनाउँदा अङ्कबाट राख्नुहोस् जस्तै : १, २, ३.....
- कक्षा अनुसार अर्को दिन हाजिर गर्ने विषय र त्यसमा बोल्नु पर्ने कुरा सम्झाउनुहोस् ।
हाजिरीलाई व्रिmयाकलाप बनाउनका लागि विषय, कक्षा र सिकाइ उपलब्धिलाई आधार बनाएर केबाट हाजिरी गराउन सकिन्छ तयारी गर्नुहोस् । जस्तै अक्षर, मात्रा, शब्द, अङ्क, साथीको नाम, ठाउँ, जनावर, फलफुल, तरकारी, लगाउने लुगा, बस्ने ठाउँ, बा–आमाको नाम, महिना, बार आदि । सानो कक्षाका लागि पकेट बोर्डमा अक्षर, शब्द, अङ्क आदि जस्ता कार्डहरू राख्न लगाएर हाजिरी गराउन पनि सक्नु हुन्छ । यसरी हाजिरी गर्दा उनीहरूको सिकाइ मूल्याङ्कन पनि भइरहेको र नसके तुरुन्त पुनः अभ्यास गर्न पाउने भएकाले उपचारात्मक सिकाइ सहयोग पनि पाइरहेको हुन्छ । व्रिmयाकलापमा आधारित भएर हाजिरी गर्दा बढीमा ५/७ मिनेट लाग्न सक्छ ।
साभार : शैक्षिक जनशक्ति विकास केन्द्रले प्रकाशन गरेको विपद् पश्चातको लागि शिक्षण सहयोगी सामग्री भाग १ मनोसामाजिक सहयोगी र सिकाइ तत्परता विद्यालय खुलेको पहिलो तथा दोश्रो हप्ताका लागि क्रियाकलापहरु बाट ।
प्रतिक्रिया