Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

विद्यालयको रकम हिनामिना गर्ने अध्यक्षलाई मुद्धा

विहीबार, ०७ साउन २०७२

काठमाडौं ७ साउन / धादिङ्को भुमेस्थान ९ स्थित लाटीदेवी निम्न माध्यामिक विद्यालयका पूर्व अध्यक्ष विरबहादुर तामाङ्ले विद्यालयको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा हालेको छ । 

अधेरी झार्लाङ सामुदायिक उपभोक्ता समितीका अध्यक्ष समेत रहेका तामाङ्गले विद्यालयको पूर्वाधार निर्माण, शिक्षक तलव  लगायतका शिर्षकमा निकासा भएको रकम हिनामीना गरी हानी नोक्सानी पुर्याएको अख्तियारको दावी छ । उनी उपर २ लाख ३८ हजार ८ सय ९८ रुपैंया विगो सहित विशेष अदालतमा मुद्धा हालेको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया