बालगीत
गीत सङ्गीत सबैलाई मन पर्छ । गीत सङ्गीतले बालबालिकाको बौद्धिक, शारीरिक, संवेगात्मक र सामाजिक विकास गरिरहेको हुन्छ । गीत तथा कविताबाट बालबालिकाको भाषिक सिपको विकास हुन्छ । गीतले बालबालिकालाई मनोरञ्जन दिन, गाउँने सिप प्राप्त हुनका साथै उनीहरूकोे मनमा भएको डर त्रास हटाई रमाइलो वातावरण बनाउन सहयोग गर्दछ ।
गीत १ः गोलो गोलो बनाएर
१.परिचय
यस बालगीतबाट बालबालिकामा विभिन्न अङ्गको नाम जानकारी हुने, अङ्ग सञ्चालन हुने, अभिनय आदि क्षमताको विकास हुन्छ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.लय मिलाएर गीत गाउँन,
ख.अङ्गको नाम बताउन,
ग.निर्देशित अभिनय गर्न ।
३.पाठ्यव्रmमसँग सम्बन्ध
शरीरको चाल, मांशपेशीय विकास, भाषिक विकास, चालबाट अभिव्यक्ति
४.शिक्षण सामग्री
गीत लेखिएको चार्ट, बाजाहरू, गीत रेकर्ड गरेको मोवाइल
५.शिक्षण प्रक्रिया
क.बालबालिकालाई गोलो घेरामा उभ्याउनुहोस् । आपूm पनि त्यही घेरामा उभिनुहोस् ।
ख.पहिले हाउभाउसहित गीत गाउँनुहोस्् । अनि बालबालिकालाई पछिपछि गाउँन र हाउभाउ गर्न (नाच्न) लगाउनुहोस् ।
कपाल माथि गर, कपाल तल गर, गोलो गोलो बनाएर गाईको सिङ्ग
आँखा माथि गर अाँँखा तल गर, गोलो गोलो बनाएर बिरालोको आँखा
नाक माथि गर नाक तल गर, गोलो गोलो बनाएर सुङ्गुरको नाक
मुख माथि गर मुख तल गर, गोलो गोलो बनाएर माछाको मुख
६.मूल्याङ्कन
क.गाईको सिङ्ग कसरी बनाउने ?
ख.बिरालोको आँखा कस्तो हुन्छ ?
ग.माछाको मुख बनाऊ ।
गीत २ः बिउ
१.परिचय
यस बालगीतबाट बालबालिका बोटबिरुवाको विकास बारे जानकारी पाउँछन् ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.बालगीत लय मिलाएर गाउँन,
ख.बिउ कसरी उम्रन्छ बताउन,
ग.फुल कसरी फुल्छ बताउन ।
३.पाठ्यव्रmमसँग सम्बन्ध
भाषिक विकास, चालबाट अभिव्यक्ति धारणा विकास
४.शिक्षण सामग्री
गीत लेखिएको चार्ट, बाजाहरू, गीत रेकर्ड गरेको मोवाइल
५.शिक्षण प्रक्रिया :
क.बालबालिकालाई गोलो घेरामा उभ्याउनुहोस् । आपूm पनि त्यही घेरामा उभिनुहोस् ।
ख.पहिले हाउभाउसहित गीत गाउँनुहोस्् । अनि बालबालिकालाई पछिपछि गाउँन र हाउभाउ गर्न (नाच्न) लगाउनुहोस् । गीतको बारेमा प्रश्न पनि सोध्नुहोस् ।
बिउ बिउ बिउ रोपेर पानी पानी पानी हालेर
एक दिन, दुई दिन चुप चुप चुप
सरर सरर फुलको कोपिला
फुलको फुलको फुलको कोपिला
फेरि फेरि पानी हालेर
एक दिन, दुई दिन अ. अ. अ. ....
फव्रmी फव्रmी ठुलो फुल फुल्यो
६.मूल्याङ्कन
क.फुल कसरी फुल्छ ?
ख.फुल फुल्नलाई के के चाहिन्छ ?
गीत ३ः पानी
१.परिचय
यस बालगीतबाट अभिनय गर्न, गीत गाउँन, विभिन्न अनुकरणात्मक शब्द सुन्न, अभिनय गर्न सहयोग पु¥याउँदछ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.बालगीत लय मिलाएर गाउँन
ख.वातावरणको बारेमा बताउन,
ग.नयाँ शब्द भन्न
३.पाठ्यक्रमसँग सम्बन्ध
चालबाट अभिव्यक्ति, भाषिक विकास, धारणाको विकास
४.शिक्षण सामग्री
गीत लेखिएको चार्ट, बाजाहरू, गीत रेकर्ड गरेको मोवाइल
५.शिक्षण प्रक्रिया :
क.बालबालिकालाई गोलो घेरामा उभ्याउनुहोस्् । आपूm पनि त्यही घेरामा उभिनुहोस् ।
ख.पहिले हाउभाउ सहित गीत गाउँनुहोस्् ।
ग.अनि बालबालिकालाई पछिपछि गाउँन र हाउभाउ गर्न (नाच्न) लगाउँनुहोस् ।
पानी प¥यो, पानी प¥यो, तप तप तप, तप तप तप
पानी प¥यो तप तप, पानी प¥यो तप तप......रुझेको छु, रुझेको छु ।
गड्याङ गुडुङ गड्याङ गुडुङ सुन्यौ कि ? सुन्यौं कि ?
आकाश गर्छ डुङ डुङ आकाश गर्छ डुङ डुङ......डराको छु, डराको छु ।।
पानी प¥यो, पानी प¥यो, तप तप तप, तप तप तप
पानी प¥यो तप तप, पानी प¥यो तप तप......रुझेको छु, रुझेको छु ।
६.मूल्याङ्कन
क.पानी कसरी पर्छ ?
ख.आकाश कसरी कराउँछ ?
ग.पानी पर्दा कस्तो आवाज आउँछ ?
गीत ४ः अनुहार
१.परिचय
यस बालगीतबाट बालबालिकाले रमाइलो अभिनय गर्न, गाउँन, सङ्ख्याको जानकारी पाउन सहयोग गर्दछ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.१ देखि ५ सम्म गन्ती गर्न,
ख.बालगीत लयबद्ध तरिकाले रमाइलोसँग गाउँन ।
३.पाठ्यक्रमसँग सम्बन्ध
गन्ती, भाषिक विकास, चालबाट अभिव्यक्ति
४.शिक्षण सामग्री
गीत लेखिएको चार्ट, बाजाहरू, गीत रेकर्ड गरेको मोवाइल
५.शिक्षण प्रक्रिया :
क.बालबालिकालाई गोलो घेरामा उभ्याउनुहोस्् । आपूm पनि त्यही घेरामा उभिनुहोस् ।
ख.पहिले हाउभाउ सहित गीत गाउँनुहोस्् ।
ग.अनि बालबालिकालाई पछिपछि गाउँन र हाउभाउ गर्न (नाच्न) लगाउनुहोस् ।
मेरो अनुहार
–इन्जला थारु
१. एक एक एक
नाक मेरो एक ।
२. दुई दुई दुई
कान मेरा दुई ।
३. तिन तिन तिन
रिक्साको पाङ्ग्रा तिन ।
४. चार चार चार
गाईको खुट्टा चार ।
५. पाँच पाँच पाँच
एउटा हातको औँला पाँच ।
६. शून्य शून्य शून्य
मेरो पुच्छर छैन शून्य ।
६.मूल्याङ्कन
क.रिक्सामा कति ओटा पाङ्ग्रा हुन्छन् ?
ख.हातमा कति ओटा औँला हुन्छन् ?
गीत ५ः औँला
१.परिचय
यस बालगीतबाट औँलाको नाम चिनारी, गायन, धन्यवाद, अवस्थाको जानकारी दिन सहयोग गर्दछ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.पाँच आँैलाको नाम बताउन,
ख.सामान्य आदरार्थी शब्द (धन्यवाद, नमस्कार) प्रयोग गर्न
३.पाठ्यक्रमसँग सम्बन्ध
औँलाको नाम भन्न, चालबाट अभिव्यक्ति, भाषिक विकास, सुनाइ एकाग्रता
४.शिक्षण सामग्री
गीत लेखिएको चार्ट, बाजाहरू, गीत रेकर्ड गरेको मोवाइल, औँले पपेट
५.शिक्षण प्रक्रिया :
क.बालबालिकालाई गोलो घेरामा उभ्याउनुहोस्् । आपूm पनि त्यही घेरामा उभिनुहोस् ।
ख.जुन औँलाको गीत गाउँने हो त्यसै औँलामा पपेट लगाउनु होस्् ।
ग.पहिले हाउभाउ सहित गीत गाउँनुहोस्् ।
घ.अनि बालबालिकालाई पछिपछि गाउँन र हाउभाउ गर्न (नाच्न) लगाउनुहोस् ।
ङ.शिक्षकले गीत गाइसकेपछि बालबालिकाको नाम लिएर गीत गाउँदै आज तिमीलाई कस्तो छ भनेर सोध्न सकिन्छ ।
च.पपेट विना पनि औँला देखाउँदै यो गीत गाउँन सकिन्छ ।
बुढी औँला कहाँ छौ ? बुढी औँला कहाँ छौ ? म यहाँ छु, म यहाँ छु
आज तिमीलाई कस्तो छ, आज तिमीलाई कस्तो छ, जाती छु धन्यवाद । जाती छु धन्यवाद ।।
भागेर लुक, भागेर लुक, भागेर लुक, भागेर लुक ।
चोरी औँला कहाँ छौ , चोरी औँला कहाँ छौ ? म यहाँ छु, म यहाँ छु
आज तिमीलाई कस्तो छ । आज तिमीलाई कस्तो छ, जाती छु धन्यवाद । जाती छु धन्यवाद ।।
भागेर लुक, भागेर लुक, भागेर लुक, भागेर लुक ।
माझी औँला कहाँ छौ ? माझी औँला कहाँ छौ ? म यहाँ छु, म यहाँ छु ।
आज तिमीलाई कस्तो छ आज तिमीलाई कस्तो छ, जाती छु धन्यवाद । जाती छु धन्यवाद ।।
भागेर लुक, भागेर लुक, भागेर लुक, भागेर लुक ।
साइली औँला कहाँ छौ ? साइली औँला कहाँ छौ ? म यहाँ छु, म यहाँ छु ।
आज तिमीलाई कस्तो छ आज तिमीलाई कस्तो छ, जाती छु धन्यवाद । जाती छु धन्यवाद ।।
भागेर लुक, भागेर लुक, भागेर लुक, भागेर लुक ।
कान्छी औँला कहाँ छौ ? कान्छी औँला कहाँ छौ ? म यहाँ छु, म यहाँ छु ।
आज तिमीलाई कस्तो छ आज तिमीलाई कस्तो छ, जाती छु धन्यवाद । जाती छु धन्यवाद ।।
भागेर लुक, भागेर लुक, भागेर लुक, भागेर लुक ।
सबै औँला कहाँ छौ ? सबै औँला कहाँ छौ ? म यहाँ छु, म यहाँ छु ।
आज सबैलाई कस्तो छ ? आज सबैलाई कस्तो छ ?
जाती छौँ, नमस्कार । जाती छौँ, नमस्कार ।
भागेर लुक, भागेर लुक, भागेर लुक, भागेर लुक ।
६.मूल्याङ्कन
क.चोरी औँला देखाऊ ।
ख.कान्छी औँला देखाऊ ।
ग.सबै औँलाको नाम भन ।
खेलहरू
आपत् विपद्पछिको अवस्थामा ३–४ वर्षका बालबालिकालाई खेलको माध्यमबाट बाल व्यवहारलाई सामान्यीकरण गर्दै सिकाइमा अभ्यस्त गराउन सकिन्छ । बाल मनोविज्ञानमा आधारित त्यस्ता धेरै खेलहरू छन् जसले बालबालिकालाई मनोरञ्जन मात्र होइन सिकाइ तथा प्राकृतिक विपद्बाट परेको आघातलाई समेत बिस्तारै कम गर्दै लान्छ र उनीहरू सामान्य अवस्थामा फर्कन्छन् । तसर्थ, यहाँ सहजकर्ताहरूका लागि केही दस (१०) उपयुक्त खेलहरू प्रस्तुत गरिएको छ जसलाई प्राकृतिक विपद्पछि छिटोभन्दा छिटो बालबालिकालाई भेला गराई १–२ घण्टासम्म मनोरञ्जनात्मक तरिकाले ज्ञान आर्जन गराउन मद्दत गर्दछ ।
अ.फरक छुट्याउने÷समूह मिलाउने खेल
१.परिचय
यो खेल सामान्य तथा वरपर पाइने ठोस वस्तुहरू जम्मा गरी ती विभिन्न वस्तुहरूलाई एकै ठाउँमा राख्ने र छुट्याउने गरी खेलाउन सकिन्छ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.बालबालिकाले आपूmलाई मन पर्ने वस्तुहरू आपैmँले जम्मा गर्न,
ख.ती जम्मा गरिएका वस्तुहरू मिसाउन, उस्तै उस्तै छुट्याउन, फरक बताउन ।
३.पाठ्यव्रmमसँग सम्बन्ध
खोज्ने र प्रयोग गर्ने सिपको विकास हुन्छ ।
४.शिक्षण सामग्री
पाँच किसिमका वस्तु (पात, ढुङ्गा, काठको टुव्रmा, फुल, कागज)
५. शिक्षण प्रव्रिmयाः
क. सबै बालबालिकालाई ३–४ मिनेटको समय दिएर पाँच किसिमका वस्तुहरू खोज्न लगाउने ।
ख. ल्याएका वस्तुहरू आप्mनै हात वा खल्तीमा राखी गोलो घेरामा सबै बालबालिकालाई बसाउने ।
ग. सबैलाई पालैपालो आप्mनो अगाडि राखिएको वस्तुहरू हेर्न लगाउने ।
घ. सबैलाई पालैपालो बोलाइ आ–आप्mना वस्तुहरू एक ठाउँमा (बिच ठाउँमा) मिसाउन लगाउने ।
ङ. ३–४ जना बालबालिकालाई बिचमा बोलाएर उस्तै उस्तै वस्तुहरू एक ठाउँमा राखी छुट्याउन लगाउने, जस्तै– काठको टुव्रmा, ढुङ्गा, पात, कागज, फुल इत्यादिको अलग अलग वस्तुहरूका समूह हुन सक्छ ।
च. उस्तै आकारका, उस्तै साइजका वस्तुहरू एकातिर मिलाउन लगाउने । यसैगरी ढुङ्गा तथा काठका टुव्रmाहरूलाई साइजको आधारमा ठुलोबाट सानो र सानोबाट ठुलो मिलाएर राख्न लगाउने ।
छ. उस्तै रङ्का फुल र फरक रङ्का फुल छुट्याउन लगाउने ।
ज. त्यसपछि सबै बालबालिकालाई आपूmले खोजेर ल्याएको वस्तु फेरि त्यही विभिन्न समूहको थुप्रोबाट झिकेर लान लगाउने ।
झ. यसरी खेल खेल्दा बालबालिका धेरै रमाइलो मान्छन् र थुप्रै कुराहरू सिक्दछन् ।
६. मूल्याङ्कन
क. तिमीहरूले के के जम्मा ग¥यौ भनी पालैपालो सोध्ने ?
ख. तिमीहरूले के के छुट्यौँ भनी पालैपालो सोध्ने ?
आ.सामुहिक खेल (वस्तु टिप्ने)
१परिचय
यो खेल बालबालिकालाई विभिन्न ३÷४ समूहमा विभाजन गरी खेलाउन सकिन्छ । एउटा समूहले खेल्दा अर्को समूहलाई हेर्न दिने अथवा दुई समूहलाई खेल्न दिएर बाँकी समूहलाई हेर्न दिने गर्न सकिन्छ । यसलाई निश्चित समय तोकेर प्रतिस्पर्धा पनि गराउन सकिन्छ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.सूक्ष्म अङ्ग (औँला सञ्चालन) को विकास गर्न,
ख.हात र आँखाको समन्वय गरी एकाग्र भई सामान टिप्न ।
३.पाठ्यव्रmमसँग सम्बन्ध
शारीरिक सूक्ष्म अङ्ग सञ्चालनमा अभ्यास
४.शैक्षिक सामग्री
मुख सानो भएको प्लास्टिक वा अन्य कुनै ३÷४ ओटा भाँडो, ५०–६० दाना गहुँ, मकै वा बोडी
५.शिक्षण प्रव्रिmयाः
क. सबै बालबालिकालाई गोलो घेरामा बसाउने ।
ख. दुई÷दुई जनाको तिन समूह बनाई बिचमा बस्न लगाउने ।
ग. २०÷२० गेडा मकै÷बोडी÷गहुँ र खाली बट्टा अघिल्तिर राखिदिने ।
घ. अरू बाँकी बालबालिकालाई साथीहरू (दुई÷दुई जनाको समूह) ले खेलेको हेर्न लगाउने ।
ङ. तिन समूहका बालबालिकालाई ती पोखिएका २०÷२० गेडा मकै÷बोडी÷गहुँहरू छिटो बट्टामा भर्न लगाउने ।
च. जसले छिटोभन्दा छिटो भर्छ त्यो समूह पहिलो हुन्छ भनी प्रतिस्पर्धा गराउने ।
छ. यही व्रmममा सबै बालबालिकालाई गराउने । अन्तिममा पहिलो हुने समूहलाई प्रतिस्पर्धा गर्न लगाउने र प्रथम, द्वितीय र तृतीय घोषणा गर्ने र सबैलाई ताली बजाउन लगाउने ।
६. मूल्याङ्कन
क. खेल कस्तो लाग्यो भनी सोध्ने ।
ख. यस खेलबाट बालबालिकाको आँखा, हात तथा शरीरको समन्वय कस्तो रह्यो ? अवलोकन गर्ने ।
इ. पजल
१. परिचय
यो एक किसिमको रमाइलो खेल हो । चार÷पाँच प्रकारका चिरपरिचित वस्तुका चित्र÷शब्द (पूर्णचित्र÷शब्द) लाई विभिन्न टुव्रmा (४÷५ सम्म) पारिएको हुन्छ । ती टुव्रmाहरूलाई जोडेर पूर्णचित्र÷शब्द बनाउन सकिन्छ । जस्तै बाघ, कुकुर, घर, चरा, बसको पूर्णचित्रका विभिन्न टुव्रmाहरू जोडेर फेरि पूर्णचित्र बनाउने ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू खेलको माध्यमबाट अपूर्ण वस्तुहरू जोडी पूर्णवस्तु÷शब्द बनाउन सक्षम हुनेछन्।
३. पाठ्यक्रमसँग सम्बन्ध
बालबालिकामा विचार गर्ने, सोच्ने क्षमताको विकास
४. शैक्षिक सामग्री
कम्तीमा पनि ३÷४ किसिमका पूर्णचित्रहरू (बाघ, चरा, घर, मानिस), पूर्णचित्रका ३–५ सम्मका टुव्रmयाइएका भागहरू, कम्तीमा ३÷४ किसिमका वाक्यका टुव्रmाहरू÷शब्दका टुव्रmाहरू
५. शिक्षण प्रक्रिया :
क. सबै बालबालिकालाई चार ओटा समूहमा बसाउने । एउटा समूहमा तिन÷चार जना मात्र राख्ने ।
ख. पूर्णचित्रका टुव्रmाहरू प्रत्येक समूहको अगाडि राखिदिने तर पूर्णचित्र भने नदेखाउने ।
ग. टुव्रmाहरू जोडी आपूmलाई मन पर्ने चित्र बनाउन लगाउने । कसरी बनाउँदा रहेछन् भनी अवलोकन गर्ने, अरू समूहमा नबसेका बालबालिकालाई पनि हेर्न लगाउने ।
घ. टुव्रmा जोडेर जस्तो चित्र बन्छ, उनीहरूलाई सोध्ने के बन्यो त ?
ङ. जसले आपूmसँग भएको जस्तो पूर्णचित्र बनाउन सकेन उसलाई त्यो चित्र देखाइदिने र फेरि कोसिस गर्न लगाउने ।
च. सबैलाई यस्तो पजल खेलमा भाग लिन अवसर दिने ।
छ. शब्द बनाउन र वाक्य बनाउने पजलमा पनि चित्र भैm व्रिmयाकलाप गर्ने ।
६. मूल्याङ्कन
क. बालबालिकाले ३, ४, ५ टुव्रmासम्म जोडेर कति छिटो पूर्णचित्र÷शब्द बनाउन सक्छन्, मूल्याङ्कन गर्ने ।
ई. डोमिनो
१. परिचय
डोमिनो विभिन्न किसिमको हुन्छ, जस्तै अक्षर डोमिनो, अङ्क डोमिनो, शब्द डोमिनो, शब्द चित्र डोमिनो, आकार डोमिनो आदि । यस खेलमा अक्षरसँग अक्षरको आकार, अङ्कसँग अङ्कको आकार र विभिन्न चित्रसँग चित्रको आकार जोड्ने हुन्छ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू डोमिनो खेलको माध्यमबाट अक्षर, अङ्क र विभिन्न वस्तुहरूको आकार चिन्न र बताउन सक्षम हुनेछन् ।
३. पाठ्यव्रmमसँग सम्बन्ध
ध्वनी र अक्षरको मिलन गराई अक्षर र अङ्क सम्बन्धी प्रारम्भिक सिकाइ ।
४. शैक्षिक सामग्री
तिन ओटा अलग अलग डोमिनोको फ्रेमहरू, अङ्क र अक्षरका टुव्रmाहरू
५. शिक्षण प्रव्रिmयाः
क. सबै बालबालिकालाई गोलो घेरामा बसाउने ।
ख. तिन ओटा अलग अलग डोमिनोको ँचबmभ लाई आप्mनो (सहजकर्ता) अगाडि राख्ने, जुन सबै बालबालिकाले देख्न सकून् ।
ग. डोमिनोमा फिट हुने टुव्रmाहरू तिन ओटा अलग अलग (डोमिनोअनुसार) बट्टामा राखी बालबालिकालाई पनि देखाउने । जस्तै अङ्क ०–९ सम्म, अक्षर क–ज्ञ, ब्(श् टुव्रmाहरू ।
घ. तिन ओटै डोमिनोका खाली ाचबmभ मा पालैपालो त्यो टुव्रmा भर्दै जाने र हरेक टुव्रmा राख्दा त्यसको व्याख्या (म्भअयमभ) गर्ने । बालबालिकालाई पनि व्याख्या (म्भअयमभ) गर्न लगाउने ।
ङ. एक पटक आपूmले गरेर देखाएपछि फेरि बालबालिकालाई पनि डोमिनोको सङ्ख्याको आधारमा समूह बनाई ती टुव्रmाहरू सम्बन्धित डोमिनोको ाचबmभ मा भर्न लगाउने । ३÷४ जनाको समूहमा अभ्यास गराई सबैलाई पालो पु¥याउने ।
६. मूल्याङ्कन
क. डोमिनो खेलको माध्यमबाट कति अङ्क, अक्षरहरू भन्न र मिलाउन ९ाचबmभ० सके अवलोकन गर्ने ।
उ. डोरीमा घुमाउरो हिँडाइ खेल
१. परिचय
डोरी प्रयोग गरी खेलिने यो सामुहिक खेल बालबालिकाका लागि निकै रमाइलो हुन्छ । यस खेललाई विभिन्न रूपमा गर्न सकिन्छ । यसबाट बालबालिकामा सामुहिक भावनाको विकास हुने, शरीरका अङ्गहरूलाई सन्तुलनमा राख्न सहयोग पुग्दछ ।
२. उद्देश्य
यस पाठको अन्त्यमा ३–४ वर्षका बालबालिकालाई डोरी खेलको माध्यमबाट पालो पर्खने, समूहमा मिलेर खेल्ने र निर्देशनको पालना गर्ने बानीको अभ्यास गर्न सक्षम हुनेछन् ।
३. पाठ्यव्रmमसँग सम्बन्ध
खेल व्रिmयाकलापमार्पmत बालबालिकालाई शारीरिक तथा सामाजिक क्षमताको विकास ।
४. शैक्षिक सामग्री
३ देखि ४ ओटा सम्म ७–८ मीटर लामा डोरीहरू (बाबियो वा नाइलनका डोरी प्रयोग गर्न सकिने), सिट्टी आदि ।
५. शिक्षण प्रव्रिmयाः
क.सबै बालबालिकालाई खुला सम्म परेको चौर÷खेल मैदानमा भेला गराउने ।
ख. सबै बालबालिकालाई अब हामी डोरी खेल खेल्दै छौँ भन्ने जानकारी गराउने ।
ग. सबै बालबालिकालाई ३÷४ समूहमा बाँड्ने ( डोरीको सङ्ख्याको आधारमा) ।
घ. ४ ओटा डोरीलाई बाङ्गो टिङ्गो बनाई (सर्प हिँडे जस्तो) अलग अलग ठाउँ (खेल मैदान) मा विछ्याउने ।
ङ. बालबालिकालाई विछ्याइएको डोरीमा टेक्दै बिस्तारै डोरीको एउटा छेउ (पुच्छर) देखि अर्को छेउ (मुख) सम्म पार गर्न लगाउने ।
च. एउटा समूहमा चार जना बालबालिका मात्र राख्ने । सिट्ठी बजाएर डोरीमाथि टेक्दै अघि बढ्न लगाउने ।
छ. चार ओटै समूहले डोरी कुल्चदै अघि बढी डोरी पार गरेपछि कुन समूह पहिलो भयो, सबैलाई भनी दिने र त्यो समूहलाई बधाई दिने ।
ज. पहिलो हुने समूहका सदस्य (चार जना) लाई एक्ला एक्लै फेरि चार ओटा डोरीमा अघि जस्तै हिँड्न लगाउने । जसले छिटो डोरीमाथि हिँडी सक्छ, उसलाई प्रथम घोषणा गरी केही पुरस्कार दिने । पुरस्कार सबै साथीलाई बाँडेर खान हौँसला प्रदान गर्ने ।
झ. डोरी खेल साना साना बालबालिकालाई रमाइलो हुने गरी खेलाउन सकिन्छ । १५ मिनेटमा यो खेल सम्पन्न गर्न सकिन्छ ।
६. मूल्याङ्कन
क. बालबालिकाको हिँडाइ चाल र गतिको अवलोकन गर्ने ।
ऊ. रङ् चिन्ने खेल
१.परिचय
यस खेलबाट रमाइलो तरिकाले बालबालिकाले रङ्हरूका बारेमा जानकारी लिन सक्छन् । रङ् बारे जानकारीका साथै व्रmमबद्धता र फरकपन सम्बन्धी पनि ज्ञान लिन सक्छन् । यस खेलका लागि वरपर पाइने विभिन्न रङ्का वस्तुहरू प्रयोगमा ल्याउन सकिन्छ । साथै पाँच रङ्का काठका÷प्लास्टिकका बट्टाहरू पनि प्रयोग गर्न सकिन्छ ।
२. उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क. खेलको माध्यमबाट विभिन्न रङ्हरू चिन्न,
ख. रङ्हरूको नाम भन्न ।
३. पाठ्यव्रmमसँग सम्बन्ध
विभिन्न रङ्हरूका बारेमा जानकारी भई बालबालिकाले विभिन्न रङ्हरूको नाम भन्न
४. शैक्षिक सामग्री
हरियो पातहरू, पहेंलो पात्र÷फुलहरू, सेतो÷कालो ढुङ्गाहरू (साना साना), रातो फुलहरू÷कपडाको टुव्रmा, निलो÷सेतो कपडाको टुव्रmाहरू
५. शिक्षण प्रव्रिmयाः
क. सबै बालबालिकालाई खुला÷खेल्ने ठाउँमा गोलो घेरामा जम्मा हुन लगाउने । सबै गोलो घेरामा उभिएपछि ‘अब हामी रङ् चिन्ने खेल खेल्ने है’ भन्ने ।
ख. सबै जनालाई हरियो पात देखाएर हरियो रङ् चिनाउने, पहेंलो पात देखाएर पहेंलो रङ् चिनाउने, कालो÷निलो÷सेतो कपडाको टुव्रmा देखाएर कालो, निलो र सेतो रङ् चिनाउने । रातो फुल देखाएर रातो रङ् चिनाउने ।
ग. सबै बालबालिकालाई आपूmलाई मनपर्ने कुनै तिन रङ्का वस्तुहरू खोजेर ल्याउन लगाउने (दुई मिनेट समय दिने) ।
घ. दुई मिनेटपछि सबैलाई आपूmले ल्याएका वस्तुहरू हातमा राखी गोलो घेरामा उभिन लगाउने । सबैलाई एक एक गरी हातमा भएको वस्तुको नाम र कुन रङ् हो भन्न लगाउने ।
ङ. सबै वस्तुलाई एक ठाउँमा थुपार्न लगाउने । थुपारेका वस्तुहरूलाई उस्तै उस्तै रङ्को समूहमा राख्न लगाउने र अन्तमा हरेक समूहमा रहेका वस्तुलाई कालो वस्तु, हरियो वस्तु, सेतो वस्तु, रातो वस्तु, पहेंलो वस्तु, निलो वस्तुहरू भनी निचोड दिने । खेल सकियो भन्ने ।
६. मूल्याङ्कन
क. रङ्को नामहरू भन्न लगाउने ।
ख. रङ् चिन्न लगाउने ।
ए. विल्डिङ ब्लक, काठका टुव्रmाहरूको घर बनाउने खेल
१. परिचय
एकै साइजका वा अलग अलग दुई तिन साइजका साना साना काठका (आयताकार तथा वर्गाकार) टुव्रmाहरूलाई जोडेर विभिन्न आकार प्रकारका घर बनाउने, ती काठका टुव्रmाहरूलाई विभिन्न लाइनमा मिलाएर राख्ने, विभिन्न आकारहरू बनाउने खेल नै विल्डिङ ब्लकसँग खेल्ने खेल भनिन्छ ।
२. उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क. बालबालिकाले विभिन्न आकृति बनाउन,
ख. सामग्रीहरू मिलाएर आपूmलाई मनपर्ने संरचनाहरू के हुन् भनी बताउन ।
३. पाठ्यव्रmमसँग सम्बन्ध
खेलका माध्यमबाट निर्माण सम्बन्धी अवधारणा र सोचाइ विकास
४. शैक्षिक सामग्री
विल्डिङ ब्लक, यदि तयारी विल्डिङ ब्लक नपाएमा आयताकार, चतुर्भुज तथा त्रिभुज आकारका काठका साना साना टुव्रmाहरू (६०–७० ओटा) भए पनि हुन्छ । काठको काम गर्ने सिकर्मीसँग सम्पर्क गरी यो सामग्री÷काठका टुव्रmाहरू जम्मा गर्न सकिन्छ ।
५. शिक्षण प्रव्रिmयाः
क. सबै बालबालिकालाई अस्थायी सिकाइ केन्द्र वा कक्षाकोठामा गोलो घेरामा बस्न लगाउने ।
ख. विल्डिङ ब्लकलाई बिचमा राख्ने । सहयोगी कार्यकर्ताले विल्डिङ ब्लकलाई कसरी खेल्ने सोध्ने र विभिन्न आकारका संरचना बनाएर देखाउने ।
ग. दुई जनाको दरले सबैलाई पालैपालो आपूmलाई मनपर्ने संरचना बनाउन लगाउने ।
घ. दुई मिनेटभन्दा बढी समय नदिने । सबैको पालो सकिएपछि आजको खेल कस्तो लाग्यो भनी छलफल गराउने ।
ङ. अर्को दिन सबै काठको टुव्रmा प्रयोग गरी सबै जना मिलेर ठुलो घर बनाउने है भनी खेल अन्त्य गर्ने । विल्डिङ ब्लकलाई मिलाएर ठिक ठाउँमा राख्न लगाउने ।
च. आपूmलाई मन लागेको वस्तुको आकार बनाउन लगाउने ।
६. मूल्याङ्कन
क. साना साना काठका टुव्रmाहरू वा अन्य वस्तुहरू प्रयोग गरी ठुला ठुला संरचना बन्दो रहेछ भन्ने अवधारणा बस्यो कि बसेन अवलोकन गर्ने ।
ऐ. तातो आलु (बल पास गरी खेलिने खेल)
१. परिचय
यो खेल गोलो घेरामा बसेर वा उभिएर खेल्न सकिन्छ । घण्टी बजाउँदै एकबाट अर्कोमा पास गर्दै जाने अनि घण्टी बजाउन रोकिएपछि जसको हातमा बल छ ऊ बाहिर हुने खेल निकै रमाइलोसँग खेल्न सकिन्छ । साना साना बालबालिकाका लागि यो खेल सजिलो र बढी सुरक्षित पनि हुन्छ । यसलाई ‘तातो आलु’ खेल पनि भनिन्छ ।
२. उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू छिटो छरितो तरिकाले बल पास गर्न सक्षम हुनेछन् ।
३. पाठ्यक्रमसँग सम्बन्ध
बालमैत्री वातावरण सिर्जना गरी सबै बालबालिकालाई खेलद्वारा सिकाइ बढाउन सकिन्छ । यस खेलबाट चतु¥याई, मानसिक एकाग्रता क्षमता विकास हुन्छ ।
४. शैक्षिक सामग्री
दुई ओटा बल, घण्टी, कागज, पुरानो कपडा
५.शिक्षण प्रक्रिया :
क. सबै बालबालिकालाई गोलो घेरामा बस्न लगाउने ।‘बल पास’‘तातो आलु’ खेल्न लागेको कुरा सबै बाल बालिाकाहरूलाई भन्ने । खेल्ने होइन त ? भनी सोध्ने । ‘हो’ भनेपछि खेल बारे बताउने ।
ख. बल एक जनाको हातमा राखिदिने । घण्टी बज्न÷सिट्ठी बज्न थालेपछि बल दायाँतिरको साथीलाई पास गर्न लगाउने ।
ग. घण्टी बजिरहँदा बल पनि पास हुँदै जान्छ । जब घण्टी बज्न बन्द हुन्छ अनि बल पनि पास गर्न नपाइने हुन्छ । अब बल कुनै एक जनाको हातमा हुन्छ, जसले उसलाई पोल्छ, त्यसैले यसलाई ‘तातो आलु’ भनेको हो ।
घ. ‘तातो आलु’ वा बल जसको हातमा रह्यो ऊ गोलो घेराबाट बाहिर भई बिचमा बस्नुपर्ने हुन्छ ।
ङ. फेरि घण्टी बजेपछि अघि जस्तै बल एकबाट अर्कोमा पास हुँदै जान्छ, घण्टी रोकिएपछि जसको हातमा बल हुन्छ, त्यो ‘तातो आलु’ बन्छ । अनि उसलाई पनि समूहबाट हटी बिचमा गई बस्नुपर्ने हुन्छ ।
च. यसरी खेल्दै जाँदा अन्त्यमा दुई जनाको बिचमा मात्र बल पास भइरहन्छ, घण्टी बज्न बन्द भएपछि एउटाको हात ‘तातो आलु’ हुन्छ, अर्काका हातमा भने हुँदैन । अन्तिम समयसम्म ‘तातो आलु’ वा ‘बल’ हातमा नपरेको बालक वा बालिका यस खेलको प्रथम घोषित हुन्छ । ताली बजाएर पुरस्कार दिन सकिन्छ । अन्य पुरस्कार पनि दिन सकिन्छ ।
६. मूल्याङ्कन
क. बालबालिकाले कति रमाइलो महसुस गरे ? एक्लो महसुस गर्ने बालबालिका समेतको सहभागिता कति रह्यो ? साथीहरू बिचमा स्वस्थ प्रतिस्पर्धा कति रह्यो ? र अन्त्यमा खेल जित्नेले कति आत्मसम्मानको अनुभव ग¥यो ? अवलोकन तथा प्रश्नोत्तरबाट मूल्याङ्कन गर्ने ।
ओ. साथी चिन्ने खेल
१. परिचय
‘साथी चिन्ने खेल’ खेल्ने र हेर्ने दुवै बालबालिकाका लागि निकै रमाइलो हुन्छ । यो खेल खेल्दा बालबालिकाको शारीरिक अङ्गको विकास हुनुको साथै दिमाग र शरीरलाई उपयुक्त ढङ्गले प्रयोग गर्न सहयोगी हुन्छ ।
२ उद्देश्य
खेलको माध्यमबाट बालबालिकाको शारीरिक र बौद्धिक क्षमताको उपयोग गरी साथी चिन्न सक्षम हुनेछन् ।
३. पाठ्यव्रmमसँग सम्बन्ध
बालबालिकाको चौतर्फी विकास (शारीरिक, संवेगात्मक र बौद्धिक विकास)
४. शैक्षिक सामग्री
आँखा छोप्ने सफा रुमाल÷कपडा÷गम्छा अथवा सफा हातको पनि प्रयोग गर्न सकिन्छ । हात हातको पञ्जा
५. शिक्षण प्रव्रिmयाः
क. सबै बालबालिकालाई गोलो घेरामा वा सामान्य अवस्थामा आरामसँग बस्न लगाउने ।
ख. एउटा सफा रुमाल अथवा सफा हातको पञ्जाले कुनै एकको आँखा छोप्ने ।
ग. कुनै तिन जना साथीहरूलाई कुकुर, बिरालो र कागको आवाज निकालेर दुई पटक पालैपालो बोल्न लगाउने ।
घ. त्यसपछि छोपेको आँखा खोलिदिने र सबै साथीहरूलाई हेरिसकेपछि अब उसलाई अघि कुकुर, बिरालो र कागको आवाजको नक्कल गर्ने साथी चिन्न लगाउने ।
ङ. उसले साथी चिन्ने प्रयास गरिरहँदा अरू साथीहरूलाई बिस्तारै ताली बजाइरहन लगाउने ।
च. जब उसले ठिक साथी आवाजको आधारमा चिन्न सक्छ धन्यवाद र बधाइ दिने । चिन्न नसके धन्यवाद मात्र दिने । यही खेल प्रव्रिmया अरू बालबालिकालाई पनि पालैपालो खेलाउने ।
६. मूल्याङ्कन
क. आवाजको आधारमा साथी चिन्न सक्छ कि सक्दैन अवलोकन गर्ने ।
औ. लामो छोटो, सानो ठुलो मिलाउने खेल
१.परिचय
यस खेलको माध्यमबाट बालबालिकाले सानोदेखि ठुलो ठुलोदेखि सानो, लामो, छोटो, होचो, अग्लो बारे प्रारम्भिक अवधारणा बनाउन सक्छन् । यस्तो खेलले बालबालिकामा सिकाइ व्रिmयाकलापमा सव्रिmय रूपमा भाग लिने बानीको विकास हुन्छ ।
२. उद्देश्य
यस पाठको अन्त्यमा बालबालिकाले खेल विधिबाट लामो छोटो, सानो ठुलो बताउन सक्नेछन् ।
३. पाठ्यव्रmमसँग सम्बन्ध
व्रmमबद्धता सम्बन्धी अवधारणाको विकास गर्ने सानो ठुलो, लामो छोटो, अग्लो होचो बारे अवधारणा विकास हुने
४. शैक्षिक सामग्री
विभिन्न आकारका ४–५ ओटा ढुङ्गा, विभिन्न लम्बाइका साना साना काडका टुव्रmाहरू, बाँसका ४–५ ओटा काटेका टुव्रmाहरू (अग्लो र होचो देखाउन मिल्ने टुव्रmाहरू ४–५ ओटा)
५. शिक्षण प्रव्रिmयाः
क. सबै बालबालिकालाई गोलो घेरामा बस्न लगाउने र सहयोगी कार्यकर्ता पनि उनीहरूसँगै घेरामा बस्ने ।
ख. खेल सामग्री आप्mनो अगाडि राखी खेल्ने कुरा भन्ने । अरू बालबालिकालाई आप्mनो अगाडि बस्न लगाउने ।
ग. सबै खेल सामग्रीहरूलाई एक ठाउँमा मिसाउने । मिल्ने (उस्तै) सामग्रीहरूलाई अलग अलग समूहमा राख्ने । ती सामानहरूलाई सानोदेखि ठुलोसम्म, छोटोदेखि लामोसम्म, होचोदेखि अग्लोसम्म मिलाएर राख्न लगाउने ।
घ. तिन प्रकारका सामग्रीहरूलाई सबभन्दा छोटो, होचो र सानो एक ठाउँमा, अलि छोटो, होचो र सानो अर्को ठाउँमा, लामो, अग्लो र ठुलो अर्कै ठाउँमा र सबभन्दा लामो, सबभन्दा अग्लो र ठुलो एक ठाउँमा राखी अलग अलग ठाउँमा राख्न लगाउने ।
ङ. सबै काम वा खेल सम्पन्न भएपछि खेलमा भाग लिएकोमा सबैलाई धन्यवाद दिने ।
६. मूल्याङ्कन
क. अग्लो, होचो, ठुलो, सानो, लामो, छोटो बारे बताउन सक्ने भए नभएको अवलोकन गर्ने ।
ख. कुन लामो छोटो हो र कुन ठुलो सानो हो सोध्ने ।
सिर्जनात्मक व्रिmयाकलाप
क) चित्र लेखन
१.परिचय
सिर्जनात्मक व्रिmयाकलापबाट बालबालिकाको अन्तरनिहित क्षमता प्रष्फुटन हुन मदत गर्दछ । बालबालिकाले विभिन्न कलात्मक अभिव्यक्तिमार्पmत आप्mनो मनमा लागेका कुराहरूलाई प्रकट र प्रस्तुत गर्दछन् । सिर्जनात्मक व्रिmयाकलापबाट मनमा भएको भावना, हर्ष, पीडा, डर त्रास अभिव्यक्ति हुन्छ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.विभिन्न आकार र चित्रहरू कोर्न,
ख.स्वतन्त्र रूपले रङ्को प्रयोग गर्न ।
३.पाठ्यव्रmमसँग सम्बन्ध
आप्mनो अभिव्यक्ति व्यक्त गर्न ।
४.शिक्षण सामग्री
पेन्सिल, मैनकलर, सादा सेतो कागज, इरेजर, रङ्गीन पेन्सिल
५.शिक्षण प्रव्रिmयाः
क.बालबालिकालाई ४ देखि ५ जनाको सानो सानो समूह बनाउने । अथवा एक एक जनालाई छुट्टा छुट्टै पनि राख्न सकिन्छ ।
ख.सादा कागज र पेन्सिल दिने अनि स्वतन्त्र रूपमा चित्र कोर्न लगाउने ।
ग.बालबालिकालाई उनीहरूले के बनाएको र किन बनाएको पनि सोध्ने ।
घ.मैनकलरको प्रयोग गरी आप्mनो इच्छा अनुसारको रङ् लगाउन भन्ने ।
६.मूल्याङ्कन
क.चित्र अवलोकन
ख) माटोको काम
१.परिचय
यस व्रिmयाकलापबाट माटोबाट बालबालिकाको अन्तरनिहित क्षमता कलात्मक रूपले प्रस्तुत गर्न सहयोग पुग्दछ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.विभिन्न आकारका वस्तु बनाउन,
ख.नयाँ आकृति वा वस्तुको सिर्जना गर्न ।
३.पाठ्यव्रmमसँग सम्बन्ध
सिर्जनात्मक पक्ष विकास ।
४.शिक्षण सामग्री
मुछेको माटो, पिठो, मैनको डल्लो
५.शिक्षण प्रव्रिmयाः
क.बालबालिकालाई ४ देखि ५ जनाको सानो–सानो समूह बनाउने ।
ख.प्रत्येक समूहलाई मुछेको माटो, पिठो, वा मैनको डल्लो के छ दिने ।
ग.स्वतन्त्ररूपमा आकारहरू बनाउन लगाउने ।
घ.बालबालिकालाई उनीहरूले के बनाएको र किन बनाएको पनि सोध्ने ।
ङ.बनाउँदै पुनः बिगार्दै फरक फरक आकृति बनाउँन पनि सक्छन् अथवा उनीहरूले बनाएको आकृतिहरूलाई मिलाएर सजाउँन सकिन्छ ।
६.मूल्याङ्कन
क.अवलोकन
ग) रङ् भर्ने
१.परिचय
विभिन्न रङ् चिन्ने, वस्तु अनुसार रङ् लगाउन, आपूmलाई मन परेको रङ् लगाउने क्षमता विकास गर्न यस व्रिmयाकलापबाट सहयोग पुग्दछ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.विभिन्न आकारका रङ् भर्न,
ख.रङ्को उचित प्रयोग गर्न ।
३.पाठ्यव्रmमसँग सम्बन्ध
सिर्जनात्मक चिन्तन विकास र मनोरञ्जन
४.शिक्षण सामग्री
चित्र किताबहरू, रङ् भर्ने किताब, पेन्सिल, मैनकलर, रङ्गीन पेन्सिल
५.शिक्षण प्रव्रिmयाः
क.बालबालिकालाई चित्र किताबहरू अथवा रङ् भर्ने किताबहरू÷खाली कागज दिने ।
ख.पेन्सिल, मैनकलर वा रङ्गीन पेन्सिल दिएर किताबमा भएका चित्रहरूमा रङ् लगाउन भन्ने ।
ग.चित्रमा मिल्ने गरी रङ्को प्रयोग भए नभएको विचार गर्ने । किन त्यो रङ् नै लगाएको भनेर प्रश्न गर्ने ।
६.मूल्याङ्कन
क.अवलोकन
कथा
१.परिचय
कथाले बालबालिकाको मनोभावना बुभ्mन तथा मनमा रहेका डर, त्रासलाई हटाउन र जिज्ञासा मेटाउन सहयोग गर्दछ । साथै बालबालिकालाई कुनै कुराको जानकारी दिन पनि कथा उपयुक्त माध्यम मानिन्छ । बालबालिकाको लागि कथा एक सिकाइको महत्त्वपूर्ण माध्यम हो । कथाबाट भाषा सिकाइ हुन्छ । कथा सुन्ने बालबालिकामा ध्यान दिने बानीको विकास हुन्छ, एकाग्रता बढ्छ, सुन्ने सिपको विकास हुन्छ । कथाले बालबालिकालाई आप्mनो भावनाहरूमा नियन्त्रण गर्न मदत गर्दछ । बालबालिकाले कथाबाट नैतिक सिप सिक्ने र उनीहरूमा आत्मविश्वास बढाउँन मदत गर्दछ ।
कथा प्रस्तुत गर्दा ध्यान दिनुपर्ने कुराहरू
क.कथा अन्तरव्रिmयात्मक हुनुपर्दछ,
ख.हाउभाउको प्रयोग गरी स्वरलाई चर्को मधुरो बनाउदै भन्नुपर्दछ,
ग.छोटो वाक्य र सरल शब्दको प्रयोग गर्ने,
घ.सामग्रीको प्रयोग गरेर मात्र कथा भन्ने,
ङ.कथा भनिसकेपछि हाउभाउ र सिर्जनात्मक व्रिmयाकलाप गर्न लगाउने,
च.कथा जहिले पनि सकारात्मक बनाएर टुङ्गयाउने ।
कथा १. भूकम्प
१. परिचय
यस कथाबाट बालबालिकाले भूकम्पको बेलामा सुरक्षित रहने तरिकाको बारे ज्ञान पाउँदछन् ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.भूकम्पको बारेमा सामान्य कुराहरू बताउन,
ख.भूकम्पबाट सुरक्षित रहने उपायको अभ्यास गर्न
३.पाठ्यव्रmमसँग सम्बन्ध
सुरक्षाको भावना र तरिका, समस्या समाधान, सुनाइ एकाग्रता
४.शिक्षण सामग्री
औँले पपेट, चित्र तथा पोस्टर
५.शिक्षण प्रक्रिया
क.बालबालिकालाई अर्धगोलाकार बनाई राख्नुहोस् । आपूm सबैले देखिने गरी बिचमा बस्नुहोस् ।
ख.केटा र केटीको औँले पपेट लगाउनुहोस् ।
ग.पपेटको माध्यमबाट बालबालिकाको ध्यानाकर्षण गर्दै कथा भन्नुहोस् । बिच बिचमा प्रश्न पनि गर्नुहोस् । (चित्र वा पोस्टरको माध्यमबाट पनि यो कथा भन्न सकिन्छ ।)
राम र सीता एकदम मिल्ने साथी हुन् । उनीहरूको घर पनि नजिकै छ । शनिवार दिउँसो भूकम्प जाँदा दुवै जना आ आप्mनो घरभित्र थिए ।
रामः सीता ए सीता, तिमीले थाहा पायौ अस्ति कस्तो भूकम्प आएको ?
सीताः मलाई त कस्तो डर लागिरहेको छ । अस्ति म त कस्तो हल्लिएको । तिमी कहाँ थियौ राम ?
रामः मलाई पनि हो । म त बाबालाई समातेर बसे नि, तर बाबाले भन्नु भाको अब डराउन पर्दैन रे । तर सुरक्षित भएर बस्न पर्छ रे ।
सीताः हो नी हामी पनि सबैजना टाउको बचाएर बसेको नि त ।
रामः अनि बाबाले भन्नुभाको भूकम्प आउँदा दौडिनु, भाग्नु हुन्न रे । झन त्यसो गर्दा त चोटपटक लाग्न सक्छ रे । अब घर बस्दा, बाटोमा हिड्दा फेरि पनि भूकम्प आयो भने चोटपटक नलागोस् भनेर सुरक्षित बस्ने रे । यस्तो बेलामा आत्तिएर कुद्नु हुन्न रे ।
सीताः हो हाम्रो आमाले पनि तेस्तै भन्नु भएको छ ।
अनि त्यसो भए बाल विकास केन्द्र नजाने हो त ? हाम्रो केन्द्रको त ढोका नै छैन रे ।
रामः जाने नी । हाम्रो लागि सर मिसले सुरक्षित ठाउँ बनाइदिनु भएको छ रे । त्यहाँ त झन खेल्न पाइन्छ, साथीहरू पनि हुन्छन् अनि डर नै लाग्दैन ।
सीताः त्यसो भए हामीसँगै जाऊँ है राम ।
६.मूल्याङ्कन
क.भूकम्प जाँदा कस्तो हुन्छ ?
ख.भूकम्प आयो भने हामीले के गर्नुपर्दछ ?
ग.भूकम्प आउँदा कस्तो ठाउँमा बस्नुपर्दछ ?
कथा २. मेलमिलाप
१.परिचय
यस कथाबाट आपसी मेलमिलाप, सुरक्षाका उपायको उपयोग, आदर सत्कार, सम्मान गर्ने बानीको विकास हुन्छ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.सहयोगी भावनाको प्रदर्शन गर्न,
ख.जनावरका नामहरू बताउन,
ग.चराका नामहरू बताउन ।
३.पाठ्यव्रmमसँग सम्बन्ध
भाषिक विकास, बौद्धिक अवधारणा, सुनाइ एकाग्रता
४.शिक्षण सामग्री
फलाटीन बोर्ड र जनावर तथा चराका चित्रहरू
५.शिक्षण प्रविmया
क.बालबालिकालाई अर्धगोलाकार बनाई राख्नुहोस् । आपूm सबैले देखिने गरी बिचमा बस्नुहोस् ।
ख.जनावरका चित्रहरूका टुव्रmा लिनुहोस् ।
ग.फलाटीन बोर्डमा एक एक गर्दै चित्रहरू टाँस्दै बालबालिकाको ध्यानाकर्षण गर्दै कथा भन्नुहोस् । बिच बिचमा प्रश्न पनि गर्नुहोस् ।
कुनै गाउँको छेउमा ठुलो जङ्गल थियो । त्यस जङ्गलमा विभिन्न थरीका जनावरहरू बस्दथे । त्यहाँ बाघ, भालु, हात्ती, स्याल, हरिण, चितुवा, गैंडा र अरू थुप्रै जनावर थिए । यसैगरी त्यो जङ्गलमा चराहरू पनि थिए । काग, सुगा, रूपी, ढुकुर, चिल, लाटोकोसेरो र अरू थुप्रै चराहरू बस्दथे । एक दिनको कुरा हो, जङ्गलमा एकाएक रुखहरू हल्लीन थालेछन् । चराहरूले सबैभन्दा पहिले यो कुरा थाहा पाएछन् र छक्क पर्दै यता उता उड्न थालेछन् । रुखका पातहरू पनि भुईंतिर झर्न थालेछन् । अनि त चराहरू डराउँदै जनावरहरूलाई बाहिर निस्कन भनेछन् । अनि सबै जनावरहरू पनि कराउदै हतार हतार खुला चौर तिर निस्केछन् । एकछिनपछि सबै शान्त भएछ, रुखहरू हल्लिन छोडेछन् ।
समयमा नै आपूmहरूलाई खबर गरिदिएकोमा जनावरहरूले चराहरूलाई धन्यवाद दिएछन् । सबैजना खुला ठाउँमा आएकोले कसैलाई पनि चोटपटक नलागेको र सबै सुरक्षित रहेकोमा खुशीयाली मनाएछन् । नाँचगान गरेछन् । अबदेखि यस्तो विपद् पर्दा सबैजना मिलेर बस्ने र सहयोग गर्ने सल्लाह गरेछन् । साँझ परेपछि सबैजना आप्mनो घर फर्किएछन् ।
६.मूल्याङ्कन
क.जङ्गलमा कुन कुन जनावर थिए ?
ख.जङ्गलमा कुन कुन चराहरू थिए ?
ग.किन सबै जनावर र चराहरू खुला चउरमा निस्किए ?
घ.रुख किन हल्लियो होला ?
ङ.तिमी चरा भएको भए के गर्दथ्यौ ?
कथा ३. टोपी
१.परिचय
यस कथाबाट मनोरञ्जन, चिन्तन, विभिन्न प्राणीका गतिविधि अवलोकन गर्ने क्षमताको विकास गर्न सहयोग पुग्दछ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू नयाँ शब्द प्रयोग गर्न सक्षम हुनेछन् ।
३.पाठ्यक्रमसँग सम्बद्धता
भाषिक सिप विकास, सिर्जनात्मक उत्सुकता, गन्ती, सुनाइ एकाग्रता
४.शिक्षण सामग्री
चित्र कथा, टोपीहरू
५.शिक्षण प्रक्रिया :
क.बालबालिकालाई अर्धगोलाकार बनाई राख्नुहोस् । आपूm सबैले देखिनेगरी बिचमा बस्नुहोस् ।
ख.चित्र कथा वा हाउभाउको माध्यमबाट बालबालिकाको ध्यानाकर्षण गर्दै कथा भन्नुहोस् ।
ग.बिच बिचमा प्रश्न पनि गर्नुहोस् ।
एक दिन रमेशले टोपी बेच्न जाने बिचार गरेछन् । उनले थुप्रै टोपीहरू जम्मा गरेछन् र ठुलो पोको बनाएछन् । अनि त्यो पोको बोकेर बजारतिर लागेछन् । केही बेर हिँडेपछि रमेशलाई थकाइ लागेछ । उनी जङ्गलको छेउमा रुखमुनि शीतल ठाउँ खोजेर पल्टिएछन् । थाकेका रमेश एकैछिन्मा भुसुक्क निदाएछन् । केही बेरपछि निन्द्रा खुलेछ र झसङ्ग हुँदै यताउता हेरेछन् । उनले छेउमा राखेको टोपीको पोको त छैनन् । नजिकै कोही मान्छे पनि छैन । अब के गर्ने होला, कसले लग्यो होला यति धेरै टोपी ? उनी दुःखी भएछन् । यत्तिकैमा रुखबाट खस्याक खुसुक गरेको आवाज आएछ । रमेशले टाउको उठाएरमाथि आवाज आएतिर हेरेछन् । त्यहाँ त रुख भरी बादरहरूले टोपी लगाइ रहेका रहेछन् । यो रुखमा हेर्दा नि टोपी लगाएका बादर, उता हेर्दा नि टोपी लगाएका बादर ।
अब के गर्ने होला ? कसरी टोपी फिर्ता माग्ने होला रमेश सोच्न थाले । उनले आपूmले लगाएको टोपी सम्झे । अनि आप्mनो टोपी खोलेर भुईंमा फाली दिए । त्यसपछि त बादरले पनि एक एक गर्दै टोपी फाल्न थालेछन् । १, २, ३, ४, ५ ंं...........गर्दै सबै टोपी फाली दिएछन् । अनि सबै टोपी पोको पारेर रमेश पनि बजार तिर लागेछन् ।
६.मूल्याङ्कन
क.रमेशको टोपी कसले लगेछ ?
ख.रमेशले टोपी कसरी जम्मा गरे ?
कथा ४. चराको चारो
१.परिचय
यस कथाबाट सदाचार, सहयोग, माया, मित्रता आदि पक्षको जानकारी प्राप्त हुन्छ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.नयाँ शब्द बताउन,
ख.मेलमिलाप र बाँडेर खानुपर्दछ भन्न विचार व्यक्त गर्न ।
३.पाठ्यक्रमसँग सम्बन्ध
मेलमिलापको भावना, सुनाइ एकाग्रता, बाँडेर खाने बानीको विकास
४.शिक्षण सामग्री
हाउभाउ सहित कथा, चित्र वा चराको पपेट
५.शिक्षण प्रक्रिया :
क.बालबालिकालाई अर्धगोलाकार बनाई राख्नुहोस् । आपूm सबैले देखिनेगरी बिचमा बस्नुहोस् ।
ख.चित्र कथा वा हाउभाउको माध्यमबाट बालबालिकाको ध्यानाकर्षण गर्दै कथा भन्नुहोस् ।
ग.बिच बिचमा प्रश्न पनि गर्नुहोस् ।
कुनै गाउँको एउटा घरमा परेवा बस्दथ्यो । त्यस घरको नजिकै एउटा ठुलो रुख थियो । त्यस रुखमा कागको गुँड थियो । परेवा र काग दुवैका गुँडमा बच्चा थिए । सधैं परेवा र काग मिलेर बच्चाहरूको लागि चारो खोज्न जाने गर्दथे र चारो लिएरसँगै फर्कन्थे । एकदिन काग र परेवाले धेरै टाढासम्म जाँदा पनि केही चारो भेटेनन् । उड्दा उड्दा थाके तर केही खानेकुरा भएन । अनि दुःखी भएर फर्कन थाले । अब आज हाम्रा बच्चाहरू भोकै हुने भए, के गर्ने होला भनेर कुरा गर्दै थिए त्यत्तिकैमा गुँड नजिकै एउटा लामो गड्यौला देखे । दुवै काग र परेवा पखेटा प्mयाट प्mयाट गर्दै गड्यौला भएको ठाउँमा पुगे । परेवाले कागतिर हेरेर भन्यो हेर काग दाजु मेरा बच्चा साना छन् र धेरै भोकाएका पनि छन् । यो गड्यौला म लिएर जान्छु । तर कागले मानेन । उसले भन्यो मेरा पनि त बच्चा साना छन् र तिम्रो जत्तिकै भोकाएका पनि छन् । दुवै जना झगडा गर्न थाले । त्यत्तिकैमा माथिबाट एउटा ढुकुर उडेर आयो र गड्यौला टिपेर गयो । काग र परेवा त हेरेको हेरेकै भए र केही नबोली बसिरहे । एकछिनमा ढुकुर फेरि आयो र भन्यो, अब तिमीहरू आप्mनो आप्mनो गुँडमा जाऊ । तिमीहरूको बच्चाले चारो खाइसके । काग र परेवाले छक्क पर्दै सोधे कसरी नि ? ढुकुरले भन्यो तिमीहरूको बच्चा भोकले धेरै कराइरहेका थिए तर तिमीहरू चैँ झगडा गरिरहेका थियौ । त्यसैले मैले यो गड्यौला आधा आधा बनाएर तिमीहरू दुवैका बच्चालाई खुवाएर आएको हो । झगडा नगरेको भए बच्चाले अझ छिटो खान पाउथे । काग र परेवालाई लाज लाग्यो । उनीहरू ढुकुरलाई धन्यवाद दिदैं गुँडतिर लागे ।
६.मूल्याङ्कन
क.चारो खोज्न को को जान्थे ?
ख.परेवा र कागको बच्चा कहाँ बस्थे?
ग.परेवा र काग किन झगडा गरे ?
घ.परेवा र कागको झगडा कसले मिलाई दियो ?
अभिनय/नाटकीकरण
बालबालिकाको सामाजिक परिवेश बमोजिम विविध शैक्षणिक व्रिmयाकलापमार्पmत प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सिकाइ व्रिmयाकलाप सञ्चालन गर्नु नै प्रारम्भिक बालविकास पाठ्यव्रmमको लक्ष्य हो । यसका लागि सहजकर्ताहरूले अभिनय वा नाटकीकरण विधिबाट बालबालिकाको सर्वाङ्गीण विकास गर्न सकिन्छ । आपत्कालमा मनमा विचलन भएका बालबालिकालाई पुनः शैक्षणिक गतिविधिमा सरिक गराउन र पुराना पीडा कम गर्न पनि विभिन्न विषय वस्तुमा आधारित अभिनय उपयुक्त हुन्छन् । प्रारम्भिक बाल्य अवस्था विकासको आधारशीला भएकाले उनीहरूको विकासमा साथी सङ्गती, भेटघाट, वार्तालाप, मनोरञ्जन जस्ता गतिविधिमा अवरोध आउन नदिन पनि अभिनय विधिले ठुलो सहयोग पु¥याउँदछ । उमेरले साना भएपनि यस तहका बालबालिकालाई उनीहरू कै अनुभव तथा दैनिक जीवनसँग मेल खाने कुनै पनि अभिनय गराउन सकिन्छ ।
अ.प्राणीको आवाज तथा चालको अनुकरण गरौँ
१.परिचय
यस अभिनयले बालबालिकामा चाल तथा आवाज अनुकरण गर्ने ज्ञानात्मक पक्ष साथै शारीरिक, मानसिक, सामाजिक पक्ष विकास गर्न सहयोग पुग्दछ । अनुकरण गर्दा शारीरिक अङ्ग प्रत्याङ्ग सञ्चालन, पैmलावट, सङ्कुचन हुन गई सूक्ष्म तथा स्थुल मांसपेशीको विकास हुन्छ । तनाव झञ्झट आदि पक्षमा संवेगात्मक सन्तुन कायम गर्न पनि अनुकरण अभिनयले सहयोग गर्दछ । बालबालिकाले गाई, घोडा, कुकुर र बिरालो जस्ता जनावरहरूको आवाज तथा चालको अनुकरण यस पाठमा गर्नेछन् ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.गाई, घोडा, कुकुर र बिरालोले निकाल्ने आवाजको अनुकरण गर्न,
ख.गाई, घोडा, कुकुर र बिरालोको हिँडाइको नक्कल गर्न ।
३.पाठ्यक्रमसँग सम्बन्ध
सिर्जनात्मक क्षमता विकास गर्ने अवसर प्रदान
४.शिक्षण सामग्री
चित्र, शब्द कार्ड, मोवाइल, रुमाल, विभिन्न किसिमका कगजका टोपी
५.शिक्षण प्रक्रिया :
क.बालबालिकासँग उद्देश्यमा उल्लिखित प्राणीका बारे छलफल गर्ने ।
ख.उनीहरूलाई गाई, घोडा, कुकुर र बिरालो गरी चार समूहमा वर्गीकरण गर्ने ।
ग.हरेक समूहलाई आप्mनो समूहको नामअनुसारको प्राणीको आवाज तथा हिँडाइ कसरी प्रदर्शन गर्ने नमुना देखाउने ।
घ.समूह समूहलाई आ–आप्mनो भागमा परेको आवाज तथा हिँडाइ नक्कल गर्न लगाउने ।
ङ.समूहको नाम परिवर्तन गरी सबैले सबै प्राणीको नक्कल अभ्यास तथा प्रदर्शन गर्ने अवसर दिने ।
६.मूल्याङ्कन
क.तिमीहरूले आज कुन कुन जनावरको नक्कल ग¥यौँ?
ख.घोडा कसरी हिँड्छ ?
ग.गाई कसरी कराउँछ ?
घ.बिरालो कसरी कराउँछ ?
आ.कागज टाँसेर मान्छे बनाऔँ
१.परिचय
यस खेलपरक अभिनयबाट बालबालिकामा विभिन्न आकारका कागज च्यात्ने, काट्ने, कल्पना गर्ने, टाँस्ने, जोड्ने, शरीरका अङ्गको नाम बताउने जस्ता सिर्जनात्मक व्रिmयाकलाप गराउन सकिन्छ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरूले निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.कागजका टुव्रmाहरू काटी÷च्याती बाक्लो कागजमा टाँसेर मानिसको आकृति बनाई रङ् लगाउन,
ख.मानिसका शरीरका अङ्गहरूको नाम बताउन ।
३.पाठ्यव्रmमसँग सम्बन्ध
च्यात्ने काम, टँसाइ, कटाइ
४.शिक्षण सामग्री
पुराना पत्रपत्रिका, कैँची, कार्डवोर्ड, ग्लुस्टिक, गम, रङग
५.शिक्षण प्रव्रिmयाः
क. सहयोगी कार्यकर्ताले बालबालिकालाई कागज टाँसेर बनाएका आकृतिहरू (कोलाज) प्रदर्शन गर्ने ।
ख. उनीहरूलाई टाउको, घाँटी, हात, पेट, खुट्टा गरी चार समूहमा वर्गीकरण गर्ने ।
ग. हरेक समूहले आप्mनो नामअनुसार हामी ........ बताउछौँ भनेर भन्न लगाउने । जस्तै –
ड्डहामी टाउको हौँ । टाउको आ–आप्mना ।
ड्डहामी घाँटी हौँ । घाँटी बनाउछौँ ।
ड्डहामी पेट हौँ । पेट बनाउछौँ
ड्डहामी हात हौँ । हात बनाउछौँ ।
ड्डहामी खुट्टा हौँ । खुट्टा बनाउछौँ ।
घ.उनीहरूलाई आ–आप्mना अङ्गअनुसारको आकृति बनाउन लगाउने ।
ङ.तयार गरेका आकृति टाउको, घाँटी, पेट, हात, खुट्टा व्रmमशः बाक्लो कागजमा टाँस्न लगाउने ।
च.कस्तो आकृति तयार भयो ? छलफल गराउने ।
छ.सबै समूहलाई आपूmलाई दिइएको भागको नाम आकृति छोएर भन्न लगाउने । जस्तै– आकृति देखाउँदै
ड्डहामी टाउको हौँ ।
ड्डहामी घाँटी हौँ ।
ड्डहामी पेट हौँ ।
ड्डहामी हात हौँ ।
ड्डहामी खुट्टा हौँ ।
५.मूल्याङ्कन
क.मानिसको आकृति कसरी बनायौँ ?
ख.शरीरका विभिन्न अङ्ग देखाउँदै तिनीहरूको नाम सोध्ने ।
इ.नाम भन्ने र सोध्ने खेल
१.परिचय
यस व्रिmयाकलापबाट बालबालिकामा आप्mनो नाम अरूलाई भन्ने र अरूको नाम चिन्ने क्षमताको विकास हुन्छ । यसबाट उनीहरूमा साथीहरूको विभिन्न नाम रहेछ, कसको नाम के रहेछ जानकारी हुन्छ । बोल्ने बानीको विकास हुन्छ । नमस्कार, अभिवादन गर्ने अभ्यासको अवसर मिल्दछ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.आप्mनो नाम अरूलाई भन्न,
ख.साथीहरूको नाम बताउन ।
३.पाठ्यव्रmमसँग सम्बन्ध
भाषिक अन्तरव्रिmया, सुनाइ एकाग्रता, परिचय आदान प्रदान
४.शिक्षण सामग्री
नाम लेख्ने कागज, साइनपेन, नामकार्ड
५.शिक्षण प्रव्रिmयाः
क.बालबालिकालाई कक्षा कोठाभित्र वा बाहिर सबैलाई उभिएर गोलो घेरा बनाउन लगाउने र सहजकर्ताले घेराको बिचमा गई सबैलाई नमस्कार गर्ने र गर्न लगाउने ।
ख.सहयोगी कार्यकर्ताले मेरो नाम ...... हो । तिम्रो नाम के हो ? एक छेउको बालबालिकालाई सोध्ने । पटक पटक नमुना अभ्यास प्रदर्शन गर्ने ।
ग.उनीहरूलाई पालैपालो नमस्कार गरेर आप्mनो नाम भन्ने र नजिकको साथीलाई यसरी भन्न लगाउने ।
नमस्कार मेरो नाम ....... हो । तिम्रो नाम के हो ?
घ.सहजकर्ताले पटक पटक नाम सम्झन निर्देशन दिने ।
ङ.सबैको आ–आप्mनो नाम भन्ने पालो पु¥याउँने ।
च.सहजकर्ताले बालबालिकाको नाम लेखेर बालबालिकालाई आ–आप्mना।े नाम भएको पत्ती टिप्न लगाउने ।
६.मूल्याङ्कन
क. बालबालिकालाई पालैपालो (साथीहरू) कसको नाम के हो सोध्ने ।
ई.बिरामी र डाक्टरको काम
१.परिचय
यस अभिनयबाट बालबालिकाले मानिसका पीडा भएका अवस्था, पेट दुखेको, टाउको दुखेको, आँखा दुखेको, खुट्टामा घाउ भएको जस्ता अवस्थाको बारेमा बोध गर्न सहयोग पुग्दछ । सिर्जनात्मक चिन्तन, मानवीय विभिन्न पीडा भएका अवस्था अनुकरणबाट उनीहरूको शारीरिक अङ्गको सञ्चालन क्षमता बढ्दछ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क. डाक्टर र बिरामीको भूमिका अभिनय गर्न,
ख. पीडा तथा दुखाइका अवस्था बोध गरी प्रकट गर्न ।
३.पाठ्यक्रमसँग सम्बन्ध
शरीर तन्काउने, खुम्च्याउने, हिँडाइ, चाल, अभिव्यक्ति, सहयोगी भाव
४.शिक्षण सामग्री
डाक्टर तथा बिरामीका चित्रहरू, लठ्ठी, फेटा, टेवल, कुर्सी, डाक्टरका सेटहरू
५.शिक्षण प्रक्रिया :
क.सहजकर्ताले विद्यार्थीहरूलाई गोलो घेरामा बसाई निम्न प्रश्नमार्पmत छलफल गर्ने ः
ड्डडाक्टरले के गर्दछ ?
ड्डटाउको दुखेको बिरामीले के गर्दछ ?
ड्डपेट दुखेको बिरामीले के गर्दछ ?
ड्डआँखा दुखेको बिरामीले के गर्दछ ?
ख.कसले कस्तो गर्दछ भनी सहजकर्ताले अभिनयात्मक प्रदर्शन गर्ने ।
ग.एकजना डाक्टर र अरू बालबालिकालाई टाउको दुखेको, आँखा दुखेको, पेट दुखेको, खुट्टा दुखेको बिरामी समूह बनाउने ।
घ.खुट्टा दुखेको, ऐया ऐया भन्दै गरेको पालैपालो डाक्टरकोमा पठाउने ।
ङ.आप्mनो दुखेको भागको अभिनय गर्दै डाक्टरकोमा जाने ।
च.डाक्टरले के भयो ? भन्दै उपचार गरेको अभिनय गर्ने ।
छ.पालैपालो डाक्टर पनि अर्को समूहबाट फेर्ने ।
६.मूल्याङ्कन
क.डाक्टरले के गर्दछ ?
ख.टाउको दुखेको मानिसले कसो गर्दछ ?
ग.पेट, खुट्टा दुखेको मानिसले के गर्दछ ?
उ.कक्षाकोठा सरसफाइ गरौँ
१.परिचय
यस अभिनयबाट बालबालिकामा सरसफाइ किन गर्ने, सरसफाइका साधन (झाडु, डस्टविन, फाहोर उठाउने साधन) आदि विषयमा जानकारी हुने र ती साधन कसरी प्रयोग गर्ने भन्ने बारे अभ्यास हुन पुग्दछ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा कक्षाको फाहोर मैला कहाँ व्यवस्थापन गर्ने भन्ने सोचको विकास हुन्छ ।
२.उद्देश्य
यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ः
क.कक्षा कोठामा भएका फाहोर पहिचान गर्न,
ख.कक्षा कोठामा भएका सफाइका सामग्रीको नाम बताउन,
ग.कक्षा सफा गर्ने तरिकाहरूको अभिनय गर्न,
घ.फाहोर खेलाइपछि सावुन पानीले हात खुट्टा सफा गर्न ।
३.पाठ्यव्रmमसँग सम्बन्ध
वरपरको वातावरणको सफाइ सम्बन्धी सचेत रहने, फोहोर प्mयाल्ने बानी बसाल्न, सहयोग गर्न ।
४.शिक्षण सामग्री
कुचाहरू, डस्टविन, डालो, फाहोर उठाउने साधन, सरसफाइका चित्रहरू, साबुन पानी ।
५.शिक्षण प्रव्रिmयाः
क.सहजकर्ताले सामग्री खण्डमा उल्लेख भएका सामग्री पूर्व व्यवस्थापन गर्ने ।
ख.बालबालिकालाई गोलो घेरामा उभिन लगाई ती सामग्रीको नाम के हो भन्न लगाउने र भन्न नसके सहयोग गर्ने ।
ग.कुन सामग्री के कामका लागि भनी प्रयोग गरेर देखाउने आपूm भन्ने उनीहरूलाई भन्न लगाउने
ड्डयो झाडु÷कुचो हो, यसले बढार्छ ।
ड्डयो डालो÷डस्टविन हो, यसमा फोहोर हाल्नुपर्छ ।
ड्डयो फोहोर उठाउने साधन हो, यसले फोहोर उठाउनुपर्छ ।
ड्डयो फोहोर हो, यसलाई डस्टविनमा हाल्नुपर्छ ।
घ.उनीहरूलाई फोहोर, कुचो, फोहोर उठाउने साधन गरी तिन समूहमा वर्गीकरण गर्ने ।
ङ.फोहोर समूहले कक्षालाई कागज च्याती छरेर फोहोर बनाउन लगाउने ।
च.कुचो समूहलाई बढार्न लगाउने । छरिएको कागजहरू टिप्न लगाउने ।
छ.फोहोर उठाउने समूहलाई उठाउन र डस्टविनमा लगेर हाल्न लगाउने ।
ज.फोहोर उठाइसकेपछि सबै समूहलाई साबुन पानी÷खरानीले राम्ररी हात धुन लगाउने ।
६.मूल्याङ्कन
क.कक्षा कोठा किन सफा गर्नुपर्दछ ?
ख.कक्षामा के के वस्तु फोहोर हुन् ?
ग.फोहोर व्यवस्थापन गर्न के के गर्नुपर्दछ ?
घ.कुचोले के गर्दछ ?
ङ.डस्टविनमा के राखिन्छ ?
साभार : शैक्षिक जनशक्ति विकास केन्द्रले प्रकाशन गरेको विपद् पश्चातका लागि शिक्षण सहयोगी सामग्री भाग २, शिक्षण सिकाइ क्रियाकलापहरू (बालविकास देखि कक्षा १० सम्म) खण्ड १ : प्रारम्भिक बालविकास केन्द्र बाट
प्रतिक्रिया