Edukhabar
बुधबार, ०५ मंसिर २०८१
गतिविधि

दुई कक्षाका लामिछानेले भने, ‘हाम्रो स्कुल राम्रो स्कुल’

बुधबार, २५ फागुन २०७३

भक्तपुर– विद्यार्थी, शिक्षक, अभिभावक, अतिथिलगायतले भरिएको हल । त्यही हलको एक कुनामा बनाइएको छ, स्टेज । उद्घोषिका करुणा कार्कीले पोडियममा उभिएर बोलाइन् कक्षा दुईका विद्यार्थी स्वरुप लामिछानेलाई ।
दर्शकदीर्घामा बसिरहेका ७ वर्षका लामिछाने सुरुसुरु स्टेजमा उक्लिए, माइक समाए र कार्यक्रमका प्रमुअ अतिथि भक्तपुरका जिशिअ अर्जुनबहादुर रायमाझी, विद्यालय निरीक्षक रुद्र शर्मा, विद्यालयका प्रिन्सिपल जिबी खड्का, कार्यक्रमका सभापति एवं विव्यस अध्यक्ष हरिबोधन लामिछाने लगायतका अतिथिहरुलाई पछाडि पार्दै स्वागत गरे, क्वालिटी सेकेन्डरी स्कुल भक्तपुरको उत्तरपूर्वी भेगको नमूना विद्यालय हो, पहिचान हो, यसैले यो हाम्रो स्कुल हो, राम्रो स्कुल हो ।’
उनले गरेको स्वागतपछि हलमा थपडीमय भयो । स्वागत मन्तव्य सकिने बित्तिक्कै जिशिअ रायमाझी उठेर लामिछानेसँग हात मिलाए, विद्यार्थी स्वरुपलाई अझ प्रेरणा दिन प्रिन्सिपल खड्काले पनि हात मिलाए । स्वरुप तरर तालीका बीच स्टेजबाट ओर्लिए ।
प्रिन्सिपल खड्काका अनुसार सो विद्यार्थी क्वालिटी स्कुलको नर्सरीदेखि नै अध्ययन गरिरहेका विद्यार्थी हुन् । उनले विद्यालयले आयोजना गरेको १८ औं अभिभावक दिवस, पुरस्कार वितरण समारोह र साँस्कृतिक कार्यक्रममा सहभागी सबैलाई विद्यार्थीमार्फतै स्वागत गराएर विद्यार्थीको प्रतिभा पहिचानमा सहयोग पुु¥याइरहेको बताउँदै विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुग्ने जनाए ।
कार्यक्रममा प्रिन्सिपल खड्काले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रवान, चरित्रवान् र नैतिकवान् जनशक्ति सिर्जना गर्नृे उद्देश्यले विद्यालयको स्थापना गरेको बताउँदै अनुशासित विद्यार्थी तयार गराउन विद्यालय लागिरहेको बताए ।
कार्यक्रममा ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिक एवं विद्यालयमा अध्ययनरत विद्यार्थीका १० जना उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको थियो । सम्मानित हनेमा नारायण गिरी, चन्द्रशेखर अधिकारी, कुलप्रसाद लामिछाने, कृष्णप्रसाद बास्तोला, मिठुदेवी लामिछाने, रामचन्द्र लामिछाने, मथुरा कार्की, क्षेत्र बहादुर केसी, भीमबहादुर गिरी र भैरवप्रसाद लामिछाने रहेका छन् ।
सोही अवसरमा विद्यालयमा नियमित रुपमा आउने ११ जना विद्याथीलाई पनि सम्मान गरिएको थियो । विद्यालयका कूल ४ सय विद्यार्थीमध्ये नियमित आउने विद्यार्थीहरुमा कक्षा २ का आर्जन ढुंगाना, कक्षा ३ का सन्ध्या लामिछाने, कक्षा४ अमिट भट्टराई, कक्षा ८ का सुस्मिता लामिछाने, सुमन लामिछाने, मन्दिप बन र पुर्णिमा कार्की, तथा कक्षा ९ का विपना दाहाल, कक्षा १० का मञ्जिला कार्की, प्रकृति बास्तोला र दीपा गिरी रहेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।

 

प्रतिक्रिया