- जीवन शर्मा पौडेल / सन्दर्भ :
“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी”,जन्मभूमि र आमालाइ स्वर्गको रुपमा बर्णन गरिएको पाइन्छ । आफनो देश,क्षेञ,जिल्ला, हुँदै गा.वि.स वडा,गाँउ र टोल सम्मका भूभागहरु प्रतिको माया झन भन्दा झन घनिष्ट हँदै गएको पाहिन्छ । यसको महसुस बिदेशमा केही दिन बसेर आफनो देशमा फर्केको वेलामा गर्न सकिन्छ । त्यसरिनै जन्म दिने आमाको अपार माया ममता र प्रेरणको साथ शिक्षाको सुरुवातकर्ता हुनु हुन्छ जसको वर्णन कसैले गरे र पनि सकदैन र सकने बिषय पनि हैन । देशको शिक्षाको कुरा गर्दा झण्डै ३४,००० विद्यालयहरु मध्य २४००० को हाराहारीमा रहेका सामुदायिक विद्यालयहरुमा सरकारको तर्फवाट तथा समुदायवाट भएको ठुलो सहयोगको वावजुत पहँचको अवस्थामा उल्लेखनिय उपलव्धी रँहदा रहदै पनि समता (Equity) गुणस्तर (Quality) र सान्दर्भिकता (Relevancy) तर्फको स्थिति तेति सन्तोषजनक नभएको कुरालाइ नकार्न सकिदैन ।
अर्को तर्फ आजको परिस्थितिमा हाम्रो समाजमा हामीले भोग्दै र देख्दै आएका द्दश्यहरु ः वाल वालिकाहरु र प्रिवार बीचको सम्वन्घका झलक हरु,वोलि चालिका पाराहरु,देशको सम्विधान निर्माणको क्रममा उठाइएका पार नलाग्ने खाल्का आवाजहरु र देखिएका झाँकि हरु,औसत दिनमा १५०० युवा युवतिहरु विदेश तर्फ रोजगारिको निमित्त पलायन भैरहेको अवस्था लाइ हृदयाङ्घम गरि, यसको सेरो फेरो फेरो भित्र रही,यस्तो अवस्थाको सुरुवातको जग के हुन सक्छ ? सुधार गर्न कसरि सकिएला ? सराकारवालाहरुको भूमिका, अभिभावक तथा खास गरेर आमाको माया र प्रेरणाले पार्न सकने असरहरु यो लेखमा समावेस गर्ने प्रयास गरिएकाृे छ ।
बाल्य अवस्था :
बाल्य अवस्थामा बालकलाई स्वास्थ्यको ख्याल गर्नुको साथ साथै माया ममता र पारिवारिक सुमधुरता, सहिष्णुता,अनुशासन, प्यार, सदभाव, मिठासपूर्ण बोलि चालिको प्रत्याभूति सहित ममतामयी आमाको कोमल स्पर्स ले अपूर्व वातावरण सहित उचित किसिमले भौतिक, सामाजिक, सँवेगात्मक र मानसिक वृिद्ध प्राप्त गर्न सक्दछ । जन्मे देखि ८ वर्ष सम्मको (युनिसेफ) यो अवधिमा प्राप्त गर्ने वातावरणले उसको भविष्यको निमित्त महत्वपूर्ण भूमिका खेल्ने हुन्छ । हरेक वच्चाको आमाले उसको लागि खाध्य पदार्थ जुटाउन देखि प्यार एवं सम्पूर्णरुपले प्रयत्न गर्ने गरेको हुन्छ । अत यो अवस्थामा आमाको स्वास्थ्यको स्थिति पनि त्यतिनै राम्रो हुनुपर्ने देखिन्छ । बच्चाका वाल्यावस्थामा परिवारले उस्ले देख्ने र महसुस गर्ने गरि गरएका अनुशाशन विपरितका क्रियाकलापले अवस्य पनि प्रतिकुल असर पार्ने हुँदा वच्चाको भविष्यको लागि पनि परिवारको व्यवहार भद्र र उच्च स्तरको हुनु अत्यावस्यक हुन्छ ।
पछिल्लो वाल्यावस्थाः
यो अवस्थामा वच्चा (९—११) वर्षको उमेरको हुन्छ । यो अवस्थामा वच्चा घर परिवारको साथै वाहिरी संसार सँग समेत घुलमिल हुनी र साथिहरुको पनि सँगत हुने गर्दछ, जाँहा कहिले प्रतिसप्रधा त कहिले झगडाको पनि सामना गर्नु पर्छ । हाम्रो परिवेसका वच्चाहरुमा हालको चलनलाइ हेर्दा,गरुंगो झोला वोक्दै अंग्रेजी माध्यमका नाममा घोकन्ते विद्यालाइ बढी जोड दिँदै विदेश अध्यायन मोह तर्फ प्रवेश गर्नु । या पछि परेका धेरै जसो सामुदायिक विदयालयहरुमा कतै धेरै विदयार्थि भएर (जस्तै तराइ), कतै थोरै विद्यार्थि भएर (जस्तै मनाङ ) राम्रो वातावरण पाउन नसकेको अवस्था व्यहोर्न वाध्य छन् ।
समाजमा हुने घुलमिल पनि छिटो छिटो परिवर्तन हुने गरेको देखिन्छ । जस्तैः गाउँमा अध्यायनरत वच्चाको वावा विदेश जागिरको निमित्त जाने वित्तिकै श्रीमति वच्चा पडाउन भनि बजारमा डेरा गरेर वस्न जाने चलनले गर्दा पनि वच्चालाइ पुन नयाँ समाज र नयाँ साथिहरु सँग घुलमिल हुनुपर्ने अवस्थाको श्रृजना हुन्छ । यदि घरको वातावरण धुम्रपान,मध्यपान गर्ने,अपशव्दहरु प्रयोग गर्ने,तथा अन्य नराम्रा कामहरु वच्चाहरुको उपस्थितिमा पनि गर्ने गरिन्छ र अरुलाइ यस्तो गर्न हँुदैन भनेर निर्देशन दिनेकाम गरिन्छ भने त्यसले राम्रो प्रभाव पार्न सक्दैन । यदि कक्षा कोठामा अध्यापन गराउने गुरुले पनि आँफु धुम्रपान, मध्यपान वच्चाहरुले देख्ने गरि गर्ने र विद्यार्थिहरु लाइ गर्न हँुदैन भनेर सिकाइन्छ भने त्यसको कुनै महत्व हुँदैन ।
वाल वालिकाहरुले यो अवस्थामा विद्यालयमा सिक्न पर्ने आधारभूत कुराहरु सिक्न सफल भयोकी भएन त्यो महत्पपूर्ण कुरा हुन्छ ,यदि सिक्न सकेन र विद्यालयहरुले परीक्षामा कृपाङ्घको भरमा कक्षा उत्तीर्ण गर्न थालियो र उनिहरुको कम्जोरीको उपचार वेलैमा गर्न सकिएन भने, अभिभावक सचेत हुन सकेनन भने, हाल देखा परेका् समस्याको थालनि त्यहीँवाट सुरु हुन्छ । त्यो अवस्थाको पहिचान उनि हरुको व्यवहारको सुक्ष्म अध्यायन गरि कलिलो मस्तिस्कमा पर्न सक्ने यस्ता असरहरुको समयमै निराकरण गर्न अभिभावक तथा आमाको प्रेरणा अर्थपूर्ण रहेको हुन्छ ।
युवा अवस्थाः
यो अवस्थाका वच्चाहरु (१२—२०) वर्षका उमेर समुहमा राखि चर्चा गरिएको छ । आधारभुत तहको शिक्षा,घर परिवार,समाज सँगत, आदि सँगको अन्तर सम्वन्धको आधार सहितका वाल वालिकाहरुको जमातको केहि प्रतिविम्वहरु यो अवस्थामा देखिन थाल्दछ । उनिहरुले यो भन्दा अगाडिको अवस्था सम्ममा जिन्दगिको लागि कस्तो जग वसाल्ने, त्यसको असर यो अवस्थामा देखा पर्दछ । यदि आधारभूत तहमा सिक्नुपर्ने कुराहरु नसिकिकन माथि आएको अवस्था भएमा उस्ले केहि वुझ्न सक्दैन र झन् कठिन परिस्थितिको श्रृजना हुन्छ । पठन पाठनमा लगनशिल र व्यवहार राम्रो हुँदै गएको पाइएमा सन्तोष गर्न सकिन्छ तर, फरक हुँदै गएको पाइएमा वेलैमा सोच्नु पर्ने हुन्छ । यसरि सोच्नु पर्ने अवस्ता देखिएमा, विद्यालयमा कक्षा शिक्षक,विद्यालय÷कलेज प्रशासन, सँगी साथिहरु र छर छिमेकको सहयोग लिइ वेलैमा उपचार गर्नु पर्छ, अन्यथा जग विग्री सकयो भन पछि पछुताउनु वाहेक केही रहँदैन ।
अभिभावकले सुधारको वाटो अपनाउँदा शिक्षालयमा के के आधारभूत कुराहरुमा कमजोर हो,ती कुराहरुमा सहयोग शिक्षणको व्यवस्था मिलाउनु पर्यो,र अन्य खरावि जस्तैः धुम्रपान,मध्यपान,आदि जस्ता लतमा पर्न सुरुगरेको पाइएमा त्यहि किसिमको सल्लाह सेवाको व्यवस्था तुरुन्तै सुरुगर्न पर्ने हुन्छ । यो अवस्थामा आमाको सुक्ष्म अवलोकन र हरेक भेटमा शिर देखि पाउ सम्म हेरि दिने काम वाट उनिहरु प्रति सकारात्मक मनोवैज्ञानिक असर हुन जान्छ ।
वयस्क अवस्थाः
साधारणतय (२०—३५) वर्षका उमेर समुहहरु लाइ यो अवस्थामा समावेस गरिएको छ । माथि उल्लेखित तीनवटै उमेर समुहको लगानिको प्रतिफल व्यहोर्ने वेला हो यो । किन भने राम्रो वातावरण प्राप्त वालिकाहरु राम्रो पथमा र आधार कम्जोड भइ सल्लाह नपाएर अलमलिन वाध्य भएका वाल वालिकाहरु जति मेहनत गर्न खोज्दा पनि केहि नलागेर अलपत्र परि विदेश जानको लागि वैदेशिक रोजगार कार्यालय धाउने गरेको पाइन्छ ।
वेलैमा सानो सहयोगले राम्रो हुन सकनेमा विदेशमा गएर कति दुःख व्यहोर्ने तथा कमाएर वाँचेर आँउन सक्ने हो की होइन, आदि समस्याहरु झन् झन प्रति दिन वडदै गइरहेका छन । यदि कम्जोड शैक्षिक स्थिति हुदा हुदै पनि प्रमाणपत्र लिन सफल भएको भए उस्ले कुनै पनि प्रतिस्प्रदामा आउन नसकेर धेरैशक्ति केन्द्रहरु समेत चाहारेर,राजनैतिक दलहरुका झण्डा वोक्दै अझै दिग्दार व्यहोरेर खाडि क्षेत्रको पहल गर्नु पर्ने अवस्ताको श्रृजना हुन जान्छ । किन भने आँफै सरहको साथिको प्रगति परिवार र समाजको आफुप्रतिको द्दस्टिकोण क्रमस नकारात्मक तर्फ बडदै गएको भान हुँदै गएको हुन्छ ।
मन भित्रको पिडालाइ लुकाउँदै धेरै विकल्पहरु पहल्दै आफ्ना उमेरका साथिहरु सँग तुलना गर्न थाल्दछ । जता नाप्दा पनि आफु सँगिहरुको हारा हारिमा पुग्न सक्ने अवस्था नदेखे पछि अन्तिम सहाराको रुपमा विदेश जाने कुरा सुरु हुन्छ,दलाल सँग ठगिन्छ पनि,अनि वेहाल अवस्थामा घरमा फर्कने पनि हुन्छ ।
अव के गर्न सकिन्छ ?
यो मार्मिक अवस्थालाई हृदयाङ्घम गरि,तत्काल मुख्य दुइवटा विकल्पहरुमा सोच्नु पर्ने देखिन्छ । एउटा हाल कमजोर शैक्षिक आधार भएर पनि जवरजस्ति अध्यायनरत विद्यार्थिहरुलाइ सीपमूलक तालिम तर्फ लगाइ राम्रो कालिगड तैयार गर्ने,जस्ले देशलाई आवश्यक पर्ने तथा देश वाहिर गए पनि काम पाउँन सक्ने दक्ष जनशक्ति उत्पादन भइ वेराजगारी समस्याको हल गर्न मद्धत पुग्ने छ । यस्को लागि राज्यको तर्फवाट प्रसस्त अवसरहरु उपलव्द गराउनु पर्ने हुन्छ । खास गरेर हाल सुरुगरिएको प्राविधिक शिक्षा विभिन्न विषयहरुमा यस्ता विद्यार्थिहरुको लागि उपउक्त हुन्छ । जति मेहनत गरेपनि प्रगति गर्न नसके पछि सीप सिकाएर काम दिनु राम्रो हुन्छ । यसको निमित्त राज्य र सम्वन्धित अभिभावकहरुको वेलैमा ध्यान पुर्याउनु पर्ने देखिन्छ ।
दोस्रो विकल्प भनेको हाम्रा सामुदायिक विद्यालयहरुको पठनपाठनको स्थिति सुधार गरेर गर्न सकिन्छ भन्ने हो । निजि विद्यालयमा विद्यार्थि पठाउनु अभिभावकको रहर होइन वाध्यता हो भन्ने भनाइ समेत समाजमा सुनिने गरेको छ । व्यवस्थापन राम्रो छैन,पडाइ हुँदैन,आदि जस्ता थुप्रै दोषहरु प्नि नसुनेका होइन । जजस्को जे जे कमि कमजोरीहरु भए पनि भए अव दोष दिने काम छाडौँ र एक जुट भइ प्रतिवद्धताका साथ निम्न कामहरु गरौँ । किन भने आखिरी यो काम हामिले गनैँ पर्छ ।
- विद्यालय व्यवस्थापन समिति, अभिभावक,गन्यमान्य व्यक्तिहरु,राजनैतिक दलका व्यक्तिहरु, शिक्षक विद्यार्थि र अन्य सरेकारवालाहरुको भेला गरौँ र शैक्षिक गुणस्तर वृद्धि तर्फको पहल वारेमा छलफल गरी पुराना कटुताहरु भए पनि छाडेर ऐक्यवद्धताका साथ अमृतवाणि तय गरौँ ।
- “विद्यालय हाम्रो हो,गुणस्तर सुधारौँ भावि सन्ततिको भविष्य सुनिश्चितता गरौँ” भन्ने नारा तय गरौँ अर्थात यस्तै अन्य कुनै तय गरौँ ।
- सजिलोको निमित्त सहजिकरणको लागि निल्ला शिक्षा कार्यालयका १÷२ जना प्राविधिकको सहयोग लिन सकिनेछ ।
- अव विद्यार्थिहरुका कक्षागत ४,५ जना प्रतिनिधिहरुको छलफलवाट विद्यालय र उनिहरु आँफुको लागि कम्तिमा के के गर्न सक्छन – जस्तैःविद्यालयमा नियमित उपस्थित हुने,गृहकार्य गर्ने,अनुशासनमा रहने आदि । छलफलवाट गरुन तर पक्का उनिहरुले गर्न सक्ने कुराहरुमा मात्र प्रतिवद्धता जनाउने सुचि तयार गरुन, जुन सुचि सवै कक्षामा सुनाउदा सवैले समर्थन गरे भने स्वीकृत हुन्छ, अव त्यो उनिहरुको प्रतिवद्धता भयो ।
- यसरीनै शिक्षकहरुको प्रतिवद्धता उनिहरुको बैठको निर्णयअनुसार तैयार हुनेछ, जस्तैःविदा स्वीकृत गराएर मात्र विदामा वस्ने, ४५ मीनटको समय पुरै कक्षा कोठामा विताउने, अध्यपन गर्ने विषय प्रति पूर्ण जिम्मेवार हुने,अनुशासन पालन गर्ने गराउने,हरेक पल गुरुको भूमिकामा रहने आदि ।
- यसरीनै व्यवस्थापन समिति र अभिभावकहरुको समेत प्रतिवद्धता तैयार भेसके पछि कुनै एक पक्षले अर्को पक्षको अनुगमन गर्ने व्गवस्था हुन्छ । आपसमा नियमित अनुगमनको चक्र तयार गरेर यसलाइ सहजरुपमा ल्याउनेर देखिएका समस्याहरु समाधान गर्दै जादा अवस्य पनि राम्रो थालनिका साथ उपलव्धी हाँसिल गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।
निष्कर्षः
वाल वालिका देशमा कर्णधार हुन । परिवारका आसाका केन्द्र हुन,उनिहरुको प्रारम्भिक शिक्षा परिवारवाट र खास गरेर आमावाट वडी सिकिरहेका हुन्छन । एकातिर उनिहरले आधारभूत शिक्षा लिने क्रममा हतार गरेर अभिभावकको दृस्टि नपुगेर,तल्लो तह देखिनै गणित अँग्रेजि र विज्ञान जस्ता विषयहरुमा कृपाङ्क थप्दै उत्तीर्ण गर्दै या निरन्तर मूल्याङ्कन प्रणालि लाइ राम्रो सँग नवुझिकन प्रयोग गरेको अवस्थाको समेत ख्याल गर्न नसक्दा,अथवा हरेक जिम्मेवार व्यक्ति र निकायहरुले गम्भिरतापूर्वक लिन नसकदा, निस्कदै गरेको दुष्परिणाम मुकदर्शक भएर हेर्न परिरहेको छ ।
अर्को तर्फ आफ्नै छिमेकमा भएका सामुदायिक विद्यालयहरु उजाड हुँदै गइरहेका छन, निजि विद्यालयमा स्तरिय शिक्षा दिलाउन भनि गाँउ गाँउ वाट वाल वालिका वोकी थुप्रै रकम खर्चे र शहर तर्फ धाउने क्रम पनि बडदै गइरहेको छ । यस्तो अवस्था लाइ सिँहावलोकन गरी अभिभावक, समवन्धित सरोकारवाला र निकायहरले ध्यान पुर्याइ वाल वालिकाहरको आधारभूत तहको ज्ञान मज्वूत वनाउन,कम्जोड आधार भइसकेकाह्रुलाइ प्रावधिक धार तर्फ जान प्रेरित गर्ने, तल्लो तहको सिकाइ प्रभावकारी वनाउन र सामुदायिक विद्यालयहरुमा प्रतिवद्धताका साथ सुधार तर्फ अघि बडनु पर्ने देखिन्छ ।
सन्दर्भ सामाग्रीहरु :
www.unicef.org/earlychildhood/
http://www.institute4learning.com/stages_of_life.php
- शर्मा शिक्षा मन्त्रालयका पूर्व सहसचिव हुन् ।
प्रतिक्रिया