काठमाडौं २३ फागुन/ओखलढुंगामा भूकम्पले क्षति पुगेका विद्यालयको पुनः निर्माणमा ढिलाई हुँदा पठनपाठन प्रभावित हुँदै आएको छ । जाडो महिनाभर ठिहीमा कठ्याग्रिंदै पढ्ने गरेका विद्यार्थीमा अब गर्मी महिनाले पिरोल्न थालेको हो । गर्मीमा चर्को घाम लाग्ने भएकाले जस्ताको टहरोमा सञ्चालन हुँदै आएका विद्यालयहरुमा पठनपाठन प्रभावित हुने देखिएको छ ।
२०७२ सालको भूकम्पले क्षति पुगेका विद्यालयहरुमा कक्षा कोठाको अभावमा विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता बनेको छ । अस्थायी शिक्षण सिकाइ केन्द्रमा पठनपाठन गराउँदा जाडोमा शीत चुहिने तथा गर्मीमा कक्षाकोठाभित्र बस्नै नसकिने अवस्था हुँदा पिके निमावि भुसिंगाका शिक्षक सुशान्ति गुरुङले बताइन् ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया