Edukhabar
बुधबार, ०५ मंसिर २०८१
गतिविधि

बालमैत्री सञ्चार निर्देशिका जारी, सकेसम्म बालबालिकाको अन्तर्वार्ता लिन नहुने

बुधबार, १८ फागुन २०७३

काठमाडौं - सकेसम्म बालबालिकाको अन्तर्वार्ता लिन नहुने ब्यवस्था सहित प्रेस काउन्सिल नेपालले बालमैत्री सञ्चार निर्देशिका–२०७३ जारी गरेको छ । अन्र्तवार्त लिनै पर्ने भए अभिभावक, शिक्षक वा संरक्षकको पूर्व स्वीकृति लिएर मात्र अन्तर्वार्ता वा समाचार सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा ब्यवस्था छ ।

बालबालिकाको हित र सुरक्षामा प्रतिकूल असर नपर्ने गरी विज्ञापन सम्प्रेषण गर्नुपर्ने, बालबालिकाको अभिरुचि, विचार र भावनाका लागि उपयोगी हुने समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, बाल–बिज्याइँमा बालन्यायको सिद्धान्तलाई सधैं आत्मसात् गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।  बालबालिकामाथि उनीहरूका नातेदारबाट यौनहिंसा वा दुव्र्यवहार भएको अवस्थामा बालबालिकाको गोपनीयताको संरक्षण गर्न पत्रकार र सञ्चारमाध्यमले अभियुक्तको समेत परिचय गोप्य राखी समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । बालबालिकासँग सम्बन्धित समाचार सामग्रीलाई सनसनी वा अतिरञ्जित बनाउन नहुने यौनहिंसा वा दुव्र्यवहारमा परेका बालबालिकाको परिचय खुलाएर समाचार सामग्री सम्प्रेषण गर्नु नहुने ब्यवस्था पनि समेटिएको छ ।  

काउन्सिलले जारी गरेको निर्देशिकामा ‘पत्रकार आचारसंहिता–२०७३ को दफा ४ को उपदफा ४ मा पत्रकार र सञ्चारमाध्यमले बालबालिकाको उत्थान र विकासमा विशेष सहयोग पु¥याउने गरी सूचना सम्प्रेषण गर्नुपर्दछ भन्ने सामाजिक दायित्व तोकिएको हुँदा सो दायित्वको विषयमा विशिष्टीकृत व्यवस्था हुन वाञ्छनीय भएकोले पत्रकार आचारसंहिता–२०७३ को दफा (१२) का आधारमा प्रेस काउन्सिल नेपालद्वारा बालमैत्री सञ्चार निर्देशिका–२०७३ जारी गरिएको छ ।’ उल्लेख छ ।

निर्देशिकाको वुंदा नं. ३ को ‘पत्रकार र सञ्चारमाध्यमको कर्तव्य’ अन्तर्गत ८ वटा वुंदाहरु समावेश गरिएका छन् । वुंदाहरुअन्तर्गत पत्रकार र सञ्चारमाध्यमले बालबालिकामा सकारात्मक प्रभाव पार्ने सामग्रीलाई विशेष प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपर्ने, बालबालिकाको अधिकारको संरक्षण र हित हुने गरी समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, हिंसा, हत्या, आगजनी, प्राकृतिक विपत् जस्ता घटना वा दुर्घटनासम्बन्धी तस्वीर वा दृश्य विशेष सजगता र सावधानीका साथ समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा ब्यवस्था छ ।

त्यस्तै पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने शिर्षकमा बालमनोविज्ञानमा नकारात्मक असर पार्ने समाचार सामग्री सम्प्रेषण गनर्न नहुने, बाल संवेदनशीलतामा प्रतिकूल असर पर्ने र बालबालिकाको आत्मसम्मानमा ठेस पुग्ने समाचार सामग्री सम्प्रेषण गर्न नहुने, सार्वजनिक हित हुने बाहेक अन्य अवस्थामा बालबालिकालाई हानि पुग्ने, जोखिम हुने वा तत्कालीन र दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने गरी उनीहरूको पहिचान सार्वजनिक गर्न नहुने निर्देशिकामा ब्यवस्था छ । बालबालिकालाई घटनाका साक्षी वा अभियुक्तका रूपमा चिनाउन वा स्रोतका रूपमा प्रयोग गरी उनीहरूको परिचय खुलाउन नुहुने, बालबालिकालाई प्रयोग गरी तयार गरिएको अश्लील सामग्री सम्प्रेषण गर्न नहुने, बालबालिकाको हित र सुरक्षामा जोखिम हुने र उनीहरूलाई निहित राजनीतिक वा व्यापारिक उद्देश्यले प्रयोग गरिएको विज्ञापन सम्प्रेषण गर्न नहुने पनि निर्देशिकाले ब्यवस्था गरेको छ ।

यो संगै काउन्सिलले अपाङ्गतामैत्री सञ्चार निर्देशिका र विज्ञापनसम्वन्धी सञ्चार निर्देशिका पनि जारी गरेको छ । बिशेषज्ञसम्मिलित कार्यदलले बृहत छलफलपछि तयार गरेको उक्त निर्देशिकाको मसौदाउपर काउन्सिलको शुक्रबार बसेको बैठकले पारित गरेपछि उक्त निर्देशिकाहरु जारी भएको जनाईएको छ ।

प्रतिक्रिया