भक्तपुर– एसओएस वालग्राम नेपालले ४४ वर्षको अवधिमा गरेका कार्यबारे सामाजिक परीक्षण (सोसल अडिट) गरिएको छ । कार्यक्रममा वालग्रामका राष्ट्रिय अध्यक्ष प्रा.डा.विश्वकेशर मास्केले सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्था पारदर्शी र जनउत्तरदायी हुनुपर्ने भएकोले नेपाल सरकारले सोसल अडिटको अवधारणा अघि सारेको उल्लेख गर्दै एसओएस वालग्राम नेपाल सँधै पारदर्शी र जनउत्तरदायी भएर काम गर्दै आएको उल्लेख गरे ।
वालग्रामका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्गले एसओएस वालग्रामले ४४ वर्षको अवधिमा वाबुआमा नभएका वालवालिकाको लागि संरक्षण, स्याहार र शिक्षादिक्षा दिँदै १ हजार ३१५ जनालाई सक्षम बनाएर समाजमा पुर्नस्थापना गरिएको उल्लेख गर्दै भूकम्प लगायत बाढीपहिरोका पीडित परिवारका वालवालिका, परिवार र एकल महिलालाई आत्मनिर्भर र स्वावलम्वी बनाउने कार्य गरेको बताए ।
उनले वालग्राममा हुर्केका छोराछोरीका लाग सरकारले उच्च शिक्षाका लागि आरक्षण सीट छुट्टयाउनुपर्ने माग गर्दै भविष्यमा एसओएस वालग्रामलाई आत्मनिर्भर बनाउन सरकार र स्थानीय दाताहरु अघि सर्नुपर्ने बताए ।
कार्यक्रममा गृहमन्त्रालयका सहसचिव देवेन्द्र पौडेल, महिला वालवालिका तथा समाजकल्याण विभागका महानिर्देशक नरेशकुमार चापागाई, महिला वालवालिका तथा समाजकल्याण मन्त्रीका सल्लाहकार डा.प्रदीप ढकाल, प्रिहरी नायव उपरिक्षक कृष्ण प्रसाई, केन्द्रीय वालकल्याण समितिकी कार्यक्रम व्यवस्थापक नमुना भुषाल, जिल्ला वालकल्याण समिति भक्तपुरकी कृष्णेश्वरी हाडा तथा अन्य पदाधिकारीहरु, जिल्ला वालक्लव सञ्जाल भक्तपुरका अध्यक्ष श्रीकृष्ण थापा, ललितपुरकी रोशना श्रेष्ठ लगायतले आआफ्ना भनाई राखेका थिए ।
प्रतिक्रिया