Edukhabar
बुधबार, ०५ मंसिर २०८१
गतिविधि

मातृभाषा दिवसका अवसरमा विविध कार्यक्रम हुँदै

आइतबार, ०८ फागुन २०७३

काठमाडौं - मातृभाषाको महत्व र आवश्यकताका बारेमा विचार गोष्ठि सहित विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाईने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र यूनेस्को काठमाडौंले संयुक्त रुपमा मातृभाषा विचार गोष्ठि, मातृभाषा कविता महोत्सव तथा विभिन्न झाँकी सहित दिवस मनाउने तयारी गरिएको छ ।

सोमबार मातृभाषाका बारेमा फरक फरक तीनवटा कार्यपत्र सहित विचार गोष्ठि गरिने प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले जानकारी दिए । मंगलबार मातृभाषा कविता महोत्सव तथा झाँकि सहितको प्रभातफेरी गर्ने कार्यक्रम तय भएको उनले बताए ।

भाषा आयोगले गरेको कार्यक्रममा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले  विगतमा भाषालाई गर्नुपर्ने जति सम्मान नगरिएको भन्दै दिवसलाई विगतमा गरिएको गल्तिलाई प्रायश्चित गर्ने अवसरका रुपमा मनाउन लागिएको बताए ।

आयोगका विज्ञ सल्लाहकार प्रा. षेगेन्द्र यादव र डा. रुद्रलक्ष्मि श्रेष्ठले मातृभाषाको महत्व र आवश्यकताका बारेमा चर्चा गरेका थिए । आयोगका प्रशासकीय अधिकृत गणेश भट्टराईले आयोगको अहिले सम्मको काम र चुनौतीका कारेमा प्रकाश पारेका थिए ।

संविधानको धारा २८७ अनुसार गत भदौ २३ गते सरकारले आयोग गठन गरेको हो ।

सरकारी कामकाजको भाषा सिफारिस गर्ने, भाषा संरक्षण विकास र उन्नयनका लागि आवश्यक पक्षको सिफारिस गर्ने तथा मातृभाषाको विकास र विस्तारका लागि आवश्यक काम गर्ने गरी आयोगलाई संबैधानिक ब्यवस्था गरिएको छ ।

आयोग गठन भएको ६ महिनासम्म पनि सरकारले अन्य सदस्यहरुको टुङ्गो नलगाउँदा आयोगको काम भने प्रभावित भएको छ ।

प्रतिक्रिया