Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

प्याब्सनको महाधिवेशन फागुन ९ र १० मा

शनिबार, ०७ फागुन २०७३

काठमाडौं ७ फागुन/ संस्थागत विद्यालयका सञ्चालकको छाता सङ्गठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३औँ राष्ट्रिय महाधिवेशन फागुन ९ र १० गते राजधानीमा आयोजना हुने भएको छ ।
महाधिवेशनले ६८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।  विगतमा तीन वर्षको कार्यकाल हुने गरेकामा अब दुई वर्षको बनाइएको छ ।  यस पटकबाट प्रादेशिक कमिटीसमेत गठन गरिएको छ ।  काठमाडौँ उपत्यका तथा काभ्रे गरी आठ प्रादेशिक संरचनाअनुरूप निर्वाचन हुने भएको छ ।
महाधिवेशनका लागि ७३ जिल्लाबाट एक हजार ८५० प्रतिनिधि तथा १८० पर्यवेक्षक सम्मिलित हुनेभएका छन् ।  २८ जना महाधिवेशन प्रतिनिधि प्याब्सनको पूर्ण बैठकले चयन गर्नेछ ।  
गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया