काठमाडौं ६ फागुन / मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) करार तथा ज्यालादारी जनशक्तिका भरमा सञ्चालन भइरहेको छ । विश्वविद्यालय सेवा आयोग लामो समयदेखि निष्क्रिय हुँदा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारी मर्कामा छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष तेजविक्रम बस्नेतले प्राध्यापक/कर्मचारीहरू लामो समयदेखि अस्थायी करार एवं आंशिक रूपमा कार्यरत रहेकाले प्राज्ञिक उन्नयन, पेसागत सुनिश्चितता र व्यवस्थापकीय दुरुस्तताका लागि सेवा आयोग सक्रिय हुनुपर्ने माग गरे । ‘विज्ञापनसमेत रोकिएको छ,’ उनले भने, ‘सेवा आयोग निष्क्रिय भयो । १० महिनाअघि दरखास्त बुझेर पनि पदपूर्ति गरिएन ।’ विश्वविद्यालय सेवा आयोगकी अध्यक्ष राधा शाहले बजेट र जनशक्ति अभावमा आयोगले काम गर्न नसकेको बताइन् ।
कान्तिपुरबाट
प्रतिक्रिया