Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

थेसिस लेख्ने तरिका १८ : नयाँ सिद्धान्त प्रतिपादन

शुक्रबार, ०४ भदौ २०७२

- डा. मनप्रसाद वाग्ले / थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् ।  नियमित कक्षा लिएका हुदैंनन्  । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा बर्षौदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन्  । यस अघिका सम्पूर्ण भाग सहित यसपटक १८ औं भाग :

Lesson 18: Grounded Theory

कुनै अनुसन्धानकर्ताले बजारमा उपलब्ध सिद्धान्त लाई आफ्नो अध्ययनको आधार बनाउँदैन र आफुले संकलन गरेका सूचनाहरुका आधारमा नयाँ सिद्धान्त प्रतिपादन गर्छ भने त्यसलाई Grounded Theory भनिन्छ/ यसको अर्थ हुन्छ Theory तपाईंको अध्ययनको तथ्यहरुमा Grounded अर्थात् अन्तर्निहित हुन्छ/ थेसिस लेख्ने काम भनेकै तपाईंको अध्ययनलाई कुनै न कुनै Theory को आँखाले हेर्नु हो जुन तपाईंको अनुसन्धान प्रश्नहरु (Research questions) संग प्रत्यक्ष सम्बन्धित हुन्छन/

यसो भन्दा के कुरा पनि बुझ्नु पर्छ भने शैक्षिक अनुसन्धानको काम भनेको बजारमा भएका ज्ञानमा नयाँ ज्ञान थप गर्नु हो जुन तपाईं आफ्नो अध्ययनको आधारमा र तपाइंले छनौट गर्नु भएको Theory का आधारमा भन्न सक्नु हुन्छ/ यस अगि प्रतिपादन गरिएका Theory मा तपाईंको अनुसन्धान ले के कुरा थप गर्न सक्यो, के कुरा ठिक छ वा छैन भन्ने भन्न सक्यो वा पूर्णत: त्यो Theory लाइ नकार्दै नयाँ Theory दिन सफल भयो? भन्ने कुरानै थेसिसका मूल मर्म हुन्/ हामीले लेख्ने थेसिस पनि यही मर्ममा आधारित हुनु पर्छ/ अरुको Theory लाइ आधार बनाएर गरिने अनुसन्धान र त्यसबाट प्राप्त नतिजाको आधारमा केही नयाँ ज्ञान वा Theory प्रतिपादन गर्नु Deductive approach हो भने अरुको Theory को सहायता बिनानै आफ्नै data को आधारमा नयाँ Theory प्रतिपादन गर्नु Grounded Theory अर्थात् Inductive approach हो/

कुन अवस्थामा Grounded Theory अनुसन्धान गर्ने त? भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ/ तपाइंले छनौट गर्नु भएको बिषयमा यस भन्दा अगि निकै कम अनुसन्धान भएका छन् वा त्यस सम्बन्धी ज्ञान अत्यन्तै न्यून छ भने त्यस्तो अवस्थामा Grounded Theory उपयोग गर्न सकिन्छ/ अर्को अर्थमा तपाइंले छान्नु भएको Topic मा Literature review गर्न पर्याप्त अनुसन्धानहरु छैनन् भने तपाईं आफैंले Grounded Theory उपयोग गरी योगदान दिन सक्नु हुन्छ/

त्यस्तै तपाइंले छनौट गरेका जस्तै बिषय बस्तुमा यस भन्दा अगि गरिएका अनुसन्धानहरुले कुनै खास Variables वा Constructs पत्ता लगाइसकेका छन् तर तिनको आपसी सम्बन्धको ब्याख्या गरेर Theory निर्माण गरेका छैनन् भने पनि तपाईं Grounded Theory को सहायता लिन सक्नु हुन्छ र एउटा गतिलो Theory निर्माण गर्न सक्नु हुन्छ/ यसबाट के कुरा बुझ्नु जरुरी छ भने तपाइंले छनौट गर्नु भएको बिषयमा कम Knowledge बजारमा उपलब्ध छ या एउटा तह सम्म Advance knowledge बजारमा छ तर Theory बन्न बाकी छ भने त्यस्तो अवस्थामा Grounded Theory बढी उपयोगी हुनेछ/

यसो भनिरहँदा अर्को कुरा के पनि ख्याल राख्नु पर्छ भने Grounded Theory अनुसन्धान विधि अरु भन्दा केही फरक देखिन्छ/ अरु प्रकारको अनुसन्धान मा तपाईं पहिला सूचना संकलन गर्नु हुन्छ अनि त्यसको विश्लेषण गर्नु हुन्छ तर Grounded Theory मा सुचना संकलन र विश्लेषण प्रक्रिया साथसाथै गरिएको हुन्छ/ तपाईं Data collection को दौरान त्यसैमा आधारित Hypothesis को निर्माण गर्नु हुन्छ त्यो Hypothesis को परिक्षण गर्न फेरी थप Data संकलन गर्नुहुन्छ/ यसलाई अनुसन्धानमा Abduction भनिन्छ/ जसमा Data collection र Data Analysis संग संगै अगि बढाईनु पर्ने हुन्छ/ Grounded Theory संख्यात्मक वा गुणात्मक दुवै थरी अनुसन्धानमा प्रयोग गर्न सकिन्छ/

प्रतिक्रिया