Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

कसरी गर्ने शिक्षक अन्तर्वार्ताको तयारी ?

मंगलबार, ०५ असोज २०७२

- चन्द्रबहादुर कार्की / शिक्षक सेवा आयोगले स्थायी शिक्षकको लागि अन्तर्वार्ताको मिति तय गरिसकेको छ । माध्यमिकको अन्तर्वार्ता असोज ८ गतेबाट तथा निम्न माध्यमिकको अन्तर्वार्ता कात्तिक २० गतेबाट शुरु हुँदै छ । अन्तर्वार्तामा जानु अघि उम्मेद्वारहरुले के कस्ता तयारी गर्न आवश्यक छ त ? आयोगले लिएको पछिल्लो परीक्षामा सामेल भई मावि नेपालीमा सफल भएर अहिले सप्तरीको हनुमान नगर स्थित महाविर उच्च माविमा अध्यापन गर्दै आएका शिक्षक कार्कीले आफ्नो अनुभवका आधारमा केही टिप्स दिएका छन् । – स.

स्थायी शिक्षकका लागि हुने अन्तर्वार्तामा सामेल हुने सबैलाई शुभकामना ब्यक्त गर्दछु । म आफ्नो अनुभवको आधारमा अन्तर्वार्तामा सामेल हुनेलाइ केही सल्लाह दिन चाहन्छु :

१. परिचय दिदाँ नाम, ठेगाना र योग्यता भन्नुहोला

२. योग्यता भन्दा डिग्री पढेको छु भन्नुहुन्छ भने तपाईंलाई त्यहिबाट प्रश्न सोध्ने सम्भावना बढी हुन्छ

३. ३ जनाले पालौ पालो प्रश्न सोध्छन्

४. बिषय नेपाली हो भने सम्बन्धित क्लासको कबिता कम्तिमा ४ लाइन याद गरेर जानु होला

५. सम्बन्धित बिषयको क्षेत्र, क्रम पढेर जानुहोला

६. नेपालीले ब्याकरण, रस, छन्द पढेर जानुहोला

७. पाठ योजना, एकाई योजना, बिशिष्टिकरण तालिका, मुल्याङ्कनका प्रकार र CAS पढेर जानुहोला

८. कानुन, नियम र नियमावली पनि पढ्नुहोला

९. अन्तर्वार्तामा सामेल हुदाँ आफुलाई सुहाउँदो साधारण पहिरन लगाउनुहोला

१०. अन्तर्वार्ता दिदाँ जति धेरै समय भित्र बिताउनु हुन्छ त्यति राम्रो भएको मानिन्छ

११. अन्तर्वार्तामा कुटनैतिक पाराले जवाफ नदिने, आउँछ भने जवाफ दिने आउँदैन भने नढाँटि आउँदैन भन्ने

१२. हँसिलो अनुहार बनाएर प्रश्नको जवाफ दिने, नआएको खण्डमा परीक्षकले आँफै भन्दिने वा हिन्स दिने गर्छन्

१३. अन्तर्वार्तालाई परीक्षक स्वयमले सरल वातावरण बनाई दिन्छन् त्यसैले नआत्ति दिनुहोला

१४. प्रश्नको उतर दिदाँ हात हल्याएर वा उठाएर र खुटटा चलाएर नदिनुहोला, शान्त स्वभावसंग अन्तर्वार्ता लिनेको अनुहारमा सिधा हेरेर हास्दै भन्नुहोला

१५. समसामायिक कुरा नि पढेर जानुहोला

१६. अन्तर्वार्तामा सामेल हुन जाँदा तपाईलाई विभिन्न कुराहरू सुनाएर मन बिगार्न खोज्छन् त्यस्ता कुराहरूलाई ध्यान नदिनुहोला

१७. अन्तर्वार्ता दिन जान भन्दा अगाडि रात भरि नपढ्नुहोला जसले मुख अनिन्द्रो नदेखियोस्

१८. र, आफ्नो शैक्षिक प्रमाणपत्रहरु मिलाएर लानुहोला

यी माथिका कुराहरूलाई ख्याल गर्नुहोला र यस अघि नै आयोगको परीक्षा दिएर सम्बन्धित बिषयमा पास गरेकाहरुसंग पनि सल्लाह लिनुहोला ।
फेरि एकपटक अन्तर्वार्तामा सामेल हुने तपाई सबैलाई शुभकामना !

प्रतिक्रिया