Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

सामाजिक बाहेक निमाविका सबै बिषयको नतिजा सार्वजनिक

सोमबार, ०४ असोज २०७२

भक्तपुर ४ असोज / शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तहमा शिक्षक हुन लिखित परीक्षा दिएका मध्ये नेपालीका बाँकी क्षेत्रको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्

बाँकी क्षेत्रको नेपालीको नतिजा यस अघिनै सार्वजनिक भईसकेको छ । यो सँगै सामाजिक बाहेक निमाविका सबै बिषयको नतिजा सार्वजनिक भएको छ । बाँकी सामाजिकको नतिजा एकै पटक सार्वजनिक गर्ने गरी काम भएको आयोग श्रोतले जनाएको छ । 'सामाजिकको नतिजा कहिले सार्वजनिक हुन्छ भनेर यकिन गर्न त सकिएन तर विदालाई समेत वास्ता नगरेर काम गरेका छौं चाँडै नै सार्वजनिक गर्छौ' प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

निमाविको नतिजा सार्वजनिक गर्ने क्रम गत भदौ ३० गते देखि शुरु भएको हो ।

अव सामाजिकको एकै दिनमा नतिजा सार्वजनिक गर्ने गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा  मध्ये माविको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको  थियो । माविको नतिजा गत भदौ १६ गते बाट प्रकाशन शुरु भएको थियो ।

प्रतिक्रिया