काठमाडौं / भोजपुर बोया–७ पातल गाउँका बालबालिकाको विद्यालय भर्नादर बढाउन स्टेशनरी र लत्ताकपडा वितरण गरिएको छ । विद्यालय आउने विद्यार्थीको संख्या कमी भएपछि सरस्वती आधारभूत विद्यालयका अभिभावक लाक्पा शेर्पाले विद्यार्थीको प्रोत्साहन स्वरुप ५० हजारभन्दा बढीको लत्ताकपडा बितरण गरेको हो ।
गत बर्ष १५ जना विद्यार्थी मात्र भएको विद्यालयमा कपी, कलम र पोशाक निशुल्क वितरण गरेपछि अहिले ३४ जना भर्ना भएका छन् । अभिभावकको चासोसँगै विद्यार्थीको संख्या बढे पछि शिक्षकसमेत सचेत भएको शेर्पाले बताए । राम्रो जिम्मेवारी सम्हाल्लने शिक्षक मध्ये एक जनालाई पुरस्कृत गरी प्रोत्साहन गर्ने गरेको शेर्पाले बताए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुने र जाडोमा कठ्याग्रीदै विद्यालयमा पढ्न वाध्य देख्नुले पनि गरिब विद्यार्थीका लागि ट्रेकसुट, झोला, ज्याकेट र स्टेशनरी सहयोग गरेको उनको भनाई छ । स्वर्गीय आमाबाबुको नाममा उनले वार्षिक ५० हजार रुपैयाँ बराबरको सामान बाँड्ने गरेका छन् ।
विद्यालय भर्ना नभएका र भर्ना भएकालाई पनि सहज वातवरणमा अध्यन गर्न प्रोत्साहनका लागि सहयोग पुगेको विद्यालयका प्रधानध्यापक विनोद दाहालले बताए । अक्षयकोषको व्याज रकमले पाँच बिधामा विद्यार्थीलाई पुरस्कार प्रदान गरिने छ ।
अन्नपूर्ण पोष्टबाट
प्रतिक्रिया