शिक्षक मित्रहरूले दुख नमान्नु होला । शिक्षामा गुणस्तर चाहिने कुरामा मेरो विमति होइन । मलाई जवाफ दिनुहोस् कि तपाईं लाइसेन्सधारी शिक्षकले पढाएको विद्यार्थी कि लाइसेन्स बिनाको शिक्षकले सिकाएको विद्यार्थी? बिना लाइसेन्सका शिक्षकले सिकाएका कयौं विद्यार्थीहरूलेविश्वमा नाम चलेका विश्वविद्यालयमासिकाउने तथा पढाउने काम गरिरहनु भएको कुरामा यहाँहरु पक्कै पनि अनबिज्ञ त हुनुहुन्न होला ?
अब तपाईंहरू नै भन्नुहोस् ; लाइसेन्स अति आवश्यक कि अनावश्यक? यो लाइसेन्स प्रथा त ०५९/६० तिरबाट मात्र आएको हो । त्यो पनि शिक्षा क्षेत्रमा वैदेशिक अनुदान प्राप्त गर्न वैदेशिक दातृ संस्थाले राखेको शर्तका रुपमा मात्र ! तपाईंहरू कुशल शिक्षक हुनुहुन्छ भने आफूमा अझ कौशलता थप्नेतिर लाग्नुहोस् । लाइसेन्स चाहिने वा नचाहिने बहसमा नअल्मिनुहोस् । मलाई लाग्छ यो विषय श्राद्धको दिनमा थाममा बिरालो बाँध्नगाउँतिर बिरालो खोज्न गए जस्तै हो । लाइसेन्स प्रथाले त्यही रुपले जरा गाडि सके जस्तो छ । र अर्को कुरा शिक्षाशास्त्र अध्ययन गरेको जनशक्तिलाई न त लोकसेवा आयोगले नै रोकेको छ ; न त अन्य निकायले नै !
यहाँहरु सक्षम हुनुहुन्छ भने त्यतातिरको प्रवेशद्वार छान्न सक्नुहुन्छ । शिक्षा क्षेत्र कमाउँदैराजनिती गर्नेहरुका लागि बढी आकर्षक बन्दै छ । यदि होइन भने यहि क्षेत्र मात्र किन तारो बन्दै छ? सबैका लागि आँखामा छारो हाल्ने गन्तव्य किन हुँदै छ?
प्रतिक्रिया