Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

सभापतिका उम्मेदवार कक्षामै हारेपछि....

शनिबार, ०९ पुस २०७३

काठमाडौं ९ पुस / सभापतिको सम्भावित उम्मेदवार कक्षामै हारेपछि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौं विश्वविद्यालयमा तोडफोड गरेका छन् ।

काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्को निर्वाचन दुई चरणमा हुने गर्दछ । पहिलो चरणमा प्रत्येक संकायको हरेक कक्षाबाट एकजना सीआर अर्थात् क्लास रिप्रिजेन्टिभको रूपमा प्रतिनिधि छानिन्छन् । त्यसपछि एक वर्षे कार्यकालका लागि सभापतिसँगै पदाधिकारीको चयन हुनेछ । क्रान्तिकारीले सभापतिको उम्मेदवार बनाउने भनेको व्यक्ति सीआरमै  आक्रोसित विद्यार्थीले विश्वविद्यालयमा तोडफोड गरेका छन् । अखिल क्रान्तिकारीबाट विद्यार्थी परिषद्मा सभापतिको उम्मेदवारको चर्चामा रहेका गोविन्द बाँनिया नै पराजित भएपछि तोडफोडगरिएको हो ।

विद्यार्थी कल्याण परिषद्को निर्वाचनमा प्रमुख तीन दल  नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत प्रतिष्ठाको विषय गुमाएपछि स्थिति दिनभर असामान्य बनेको थियो । विद्यार्थी मात्रै नभएर केयू परिसरमा वाईसीएल, युथफोर्स र तरुण दलका कार्यकर्ताहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । हरेक विद्यार्थी संगठनले केन्द्रबाट विशेष अधिकारसहित पदाधिकारी नै केयूमा खटाएको छ । सिभिल तेस्रो वर्षको सीआरको निर्वाचनको परिणाम आउने क्रममै क्रान्तिकारिक विद्यार्थीले एक्कासी तोडफोड गरेका थिए । विद्यार्थीले विश्वविद्यालय परिसरमा रहेका भवनहरूको सिसा, गमला तथा ढोकाहरूमा तोडफोड गरेका छन् ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया